विक्रम सम्वत १९७१ देखि ७५ सम्म भएको पहिलो विश्वयुद्धमा लाखौँ सङ्ख्यामा नेपाली गोर्खा सैनिकहरू ब्रिटिश भारतीय सेनामा भर्ती भएर फ्रान्स, बेल्जियम, इटाली, मेसोपोटामिया (हालको इराक), अफ्रिकाका आदि विभिन्न फ्रन्टहरूमा भाग लिए।
विक्रम सम्वत १९९६ देखि २००१ सम्म भएको दोस्रो विश्वयुद्धमा करिब दुई लाख नेपाली ब्रिटिस गोर्खा सैनिकहरूले लडे । फ्रान्स, इटाली , बेल्जियम ,ग्रीस, जर्मनी, इराक, इरान, सिरिया, लेबनान, इजिप्ट , Libya, Tunisia, ईथियोपिया, बर्मा, मलेशिया , सिङ्गापुर आदि मुलुकहरूका विरुद्ध ब्रिटिस सेना भएर नेपालीहरूले अग्रमोर्चामा उभिएर लडाई लडे । उनीहरू मरिसकेपछि मात्रै अरुको पालो आउँथ्यो। हाम्रा दुई लाखभन्दा बढी पूर्वजहरूले यो युद्धमा ज्यान गुमाएको बताइन्छ।
हाल हुँदै गरेको रूस-युक्रेन युद्धमा कति नेपाली फ्रन्ट लाइनमा रसियन र युक्रेनी सेना बनेर लडाई लडिरहेका छन्? भन्न गाह्रो छ ।
पहिलाको जमानामा श्रमिकहरू युद्धमा मर्न र मार्नलाई चाहिन्थ्यो। नेपाल त्यस्ता श्रमिक सप्लाई गर्ने एउटा प्रमुख राष्ट्र थियो। हामीलाई मर्न डर लाग्दैन थियो। हामीलाई मार्न डर लाग्दैन थियो।
लडाईँका क्रममा कतिपय ठाउँहरूमा नेपालीहरू छुट्दै गए, कतिपय ठाउँमा बसोबास पनि गराइयो। बेलायत, सिङ्गापुर, बर्मा, थाईलेण्ड, भारतका उत्तरपूर्वी राज्यहरू (मणिपुर, म्युजराम, मेघालय, नागाल्यान्ड, त्रिपुरा, आसाम, अरुणाचल) मा बसाई सर्ने क्रम अहिलेसम्म पनि रोकिएको छैन। यी विभिन्न ठाउँहरूमा नेपालीको बाक्लो बस्ती छ।
ब्रिटिसले आसाम, अरुणाचल, दार्जिलिङमा चिया खेती गर्न र मेघालयतिर कोइलाखानीमा काम गर्न इमान्दार गोर्खालीहरूलाई नै श्रमिकको रूपमा रुचाए । नेपालमा गल्लावाला पठाएर लाखौंको सङ्ख्यामा नेपाली श्रमिकहरूलाई भारतका ती विभिन्न ठाउँहरूमा ओसारियो। ती मध्येका कतिपय खेतीपाती गर्ने सुरले विभिन्न ठाउँहरूमा छरिए। भुटान, सिक्किममा नेपाली श्रमिकहरूले भरियो।
उत्तरपश्चिम भारतको उत्तराञ्चल लगायतका अधिकाधिक भाग त नेपाल नै थियो। नेपालीहरू जम्मु कश्मिरसम्म पनि आफ्नो श्रम बिक्री गर्न पुगेर उतै बस्न थाले। लद्दाखमा त नेपाली भाषाले नै काम चल्छ भनिन्छ । ती भौगोलिक रूपले अति विकट क्षेत्रहरूमा कठिन काम गर्न नेपाली श्रमिकहरू नै पुगेका छन् ।
कतारले सन् २०२२ को विश्वकप आयोजनाको प्रस्ताव राख्यो । फिफाले कतारमा थुप्रै पूर्वाधारहरू निर्माण गर्नुपर्ने र तत्कालीन कतारको ४ लाख जनसङ्ख्याले अत्याधुनिक रङ्गशालादेखि पूर्वाधार विकास गर्न नपुग्ने बताएको थियो। कतारको तत्कालीन खेलकुद मन्त्री शेख मोहम्मद बिन हमद अल थानीले फिफालाई दिएको जवाफ अत्यन्त गम्भीर छ। उनले भनेका थिए, "म ५ लाख नेपाली ल्याइदिन्छु।" याद गर्नुस् उनले म ५ लाख विदेशी श्रमिक ल्याइदिन्छु भनेनन् । अर्थात् लेबर भन्नु र नेपाली भन्नु उनको लागि एउटै हो। अहिले खाडीमा मात्रै नेपाली श्रमिकहरूको संख्या ५० लाख नाघेको बताइन्छ।
हामी नेपालीहरू संसारभरि छरिएका छौं । त्यहाँ साह्रै थोरैले वैज्ञानिक, शिक्षक, चिकित्सक, बैंकर, इन्जिनियर वा यस्तै उपल्लो दर्जाको काम पाएको होलाउँ, प्राय: सबै लेबर नै हुने हो। युरोप अमेरिका अस्ट्रेलिया क्यानाडा वा अन्य धेरै धनी देशहरूमा नेपालीहरूले सुरुवात गर्ने काम नै सरसफाई र भाँडा मोल्ने हुन्छ भन्छन्। अर्थात् अब कतारले मात्रै होइन, विश्वले नै नेपालीलाई भरपर्दो श्रमिक (लेबर)को रुपमा अंगीकार गरिसकेको छ।
एउटा गरिब भारतीय नेपाल आयो भने कुडा कवाडी बटुल्छ, साइकलमा तरकारी हालेर घरघर बेच्न जान्छ, समोसा र पानीपुरी बेच्छ, नेपालीलाई लेबर राखेर ऊ मिस्त्री बन्छ, कपाल काट्छ, बुट पोलिस गर्छ तर लेबर बस्दैन । हामी गरिब नेपालीहरू भारत जान्छौं र हाम्रो प्रमुख काम भाँडा मोल्ने, भान्छे, सुसारे, ढोके, हुक्के, पाले, सडक मजदुर, कमसल फ्याक्ट्रीका मजदुर हुन्छ । भारतमा नेपाली पुरुष "बहादुर" हुन्छ र महिला "कान्छी" हुन्छे। प्राय: गरेर खासै बुद्धि चलाउन आवश्यक नपर्ने र श्रम धेरै आवश्यक पर्ने कामहरू नेपालीको जिम्मामा हुन्छ। किनकि हामीलाई त्यहाँ श्रमिक (लेबर) को रुपमा चिनिन्छ।
एकपटक म पिथौरागढमा बास बस्न पुगेको थिएँ। मलाई भरिया आवश्यक पर्ने भयो । होटलवालाले आफ्नो सहयोगीलाई अह्रायो "जा सरहरूलाई डोट्याल लिएर आइज ।" डोटीबाट जाने मान्छे प्राय लेबर हुँदो रहेछ त्यहाँ। त्यसैले इन्डियन नै भएपनि लेबरलाई डोट्याल भनिँदो रहेछ। अर्थात् सबै लेबरहरू डोट्याल र सबै डोट्यालहरू नेपाली । यो कुरा मैले पहिला पनि लेखिसकेको छु।
नेपालीहरूका लागि एउटा सुन्दर गन्तव्य इजराइल पनि हो। त्यहाँ बुढापाकाहरूको दिशापिसाब र स्याहारसुसार गर्न सबैभन्दा बढी नेपाली मन पराइन्छ। कृषिका लेबरहरूमा पनि ठूलो संख्यामा नेपालीहरू काम गर्छन्।
अनि हामी विदेशमा गएर लेबर हुँदा गर्वले छाती ठूलो बनाउने । नेपाल आउँदा अत्तर छर्किएर मगमगाउँदै सुटकेस बोकेर आउने । नेपालभित्र चाहिँ श्रमको काम गर्नै नसक्ने ।
आफ्नो पेट र परिवारको लागि अर्काको देशको सेना भएर पहिलो, दोस्रो विश्वयुद्ध होस् वा रसिया युक्रेन युद्ध होस् वा अन्य कुनै युद्ध होस् मर्न मारिनलाई हामी बहादुरी मान्छौं।
हामीलाई राजनैतिक दलहरूले रेलिङ र बार्दलीहरू भत्काउन सिकाएका थिए। हाम्रा जेनजेड बच्चाहरूले त्यो शिक्षा बडो गम्भीरताका साथ लिए र पुर्खाहरूको पदचाप पछ्याउँदै अझ विध्वंस प्रति बढी इमान्दार भएर सिंहदरबार नै जलाइदिए ! यस्तै सिकाउँदै जाने हो भने अब अल्फाबेटा पुस्ता कस्तो आउला? हामीलाई लडाउन, भत्काउन, मार्न, जलाउन, तोड्न, फोर्न कसैले सिकाउनु पर्दैन आफै जान्दछौँ, जन्मजात गुण हो हाम्रो त्यो ।
तर हामीलाई बनाउन केही पनि आउँदैन। हाम्रा सबै ठूला परियोजनाहरू बनाउन विदेशीले आदेश दिन्छन्, विदेशीले डिजाइन गर्छन्, विदेशीले प्लान गर्छन् र विदेशीले नै ठेक्का लिएर बनाउँछन् । किनभने हामीलाई बनाउन आउँदैन । किनभने कुनै पनि पार्टीले हामीलाई बनाउन सिकाएनन् , श्रमको सकारात्मक पक्ष सिकाएनन्, राजनीति केवल राजनीतिको लागि हो भन्ने हामीले बुझ्यौँ। हामीलाई देशभित्र श्रमिकभन्दा लाज लाग्ने र त्यही तल्लो स्तरको श्रमिक बन्न संसारका जुनसुकै कठिनाइ भोग्न तयार हुने - हामीलाई कसले बनायो?
त्यही समाजबिचबाट हठात एउटा मान्छे आयो । मिठो मसिनो त पटक्कै बोल्नै जान्दैन, श्रमिककै भाषा बोल्छ, श्रमिककै जस्तो लाउँछ, श्रमिककै जस्तो आफ्नो बारेमा कुनै परवाह छैन । श्रमिककै जस्तो गिडगिडाउँछ, श्रमिककै जस्तो हाकाहाकी काम माग्छ, उस्तै गनगनाउँछ, दुरुस्तै ठुस्किन्छ । ऊ हिँड्ने बेलामा "शुभयात्रा" भनिदिएन भने पनि रिसाउँछ । शनिबार भन्दैन श्रमबार भन्छ । रातभरि फेसबुकमा स्टाटस लेख्छ, बिहान त्यही मोबाइल हराउँछ, अनि हराएको कुरा सार्वजनिक गर्न लजाउँदैन । मानिसहरू खिसी ट्युरी गर्छन्, उसलाई मतलब छैन। किनभने ऊ भित्रैबाट श्रमिक हो । तर ऊ त्यस्तो श्रमिक बनेर आएको छ, जो नेपालीको परम्परागत तोड्ने फोर्ने भत्काउने भन्दा फरक सोचको छ । बनाउने र पुनर्निर्माण गर्ने श्रमिक, सिर्जनात्मक श्रमिक ! विदेशका लागि श्रमिक बन्न रुचाउनेहरूलाई स्वदेशमै श्रमिक बन्न आह्वान गर्ने श्रमिक !
त्यसैले उसले श्रम संस्कृति भन्ने पार्टी खोलेछ । पार्टी चलाउन सक्छ सक्दैन थाहा छैन, तर सम्पूर्ण नेपालीहरूलाई स्पष्ट रूपले के बताउन सफल भएको छ भने, "हिजोकाले भत्काए हामी बनाउँ। हाम्रा बच्चाहरूलाई त झन् जलाउनै सिकाएछन् । हामी सिर्जना गर्न सिकाउँ । श्रम शाश्वत हो, लजाउनु पर्दैन। विदेश र विदेशीका लागि धेरै गर्यौ अब देशका लागि श्रमिक बनौँ।
हर्क साम्पाङ तिमीलाई म भोट हालौंला नहालौंला, तर श्रमप्रति तिमीले ल्याएको जागरणको लागि म सधैँ सम्मान गर्छु ।
त्यसैले साम्पाङ ! अब नसच्चिए अरुको खैरात छैन।
२०८२/६/१३
राधेराधे, भक्तपुर ।

No comments:
Post a Comment