Tuesday, October 17, 2017

जाने बात नगर


यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो ? नछुट्टिने कुरा गर ।

मुहार गम्भिर कति ? त्यो भाव बुझ्न बाँकी छ
ती चल्मलाउने औंलाले कहानी लेख्न बाँकी छ
छिपाएका यी मनका कुराहरु कति हुनन्
अधुरा ती कतिकति कथाहरू पुरा गर ।।

नजानेर वा जानेर सर्वस्व तिमी ठानेर
कसम खान बाँकी छ देउराली साक्षी राखेर 
करार  गर्न बाँकी छ जनम् जनम्को साथको
नगाएका यी गीतका भाका बरू पुरा गर ।।

यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो ? नछुट्टिने कुरा गर ।

१ कार्तिक, २०७४
काठमाण्डु ।

No comments:

Post a Comment