Thursday, January 5, 2017

गफाडी साला !

नेपालमा कति धेरै सम्भावना छ । तर पनि हाम्रो मुलुकलाई धनी बन्नको लागि के ले रोकेको होला ? मुलुकदेखि निराश भएका युवाहरुलाई उर्जा भर्न म भन्दै थिएँ -
• नेपाल “वर्ड वाचर्स प्याराडाईज” को सूचीमा परेको,
• ८ हजार मि. माथिका १७ वटा, ७५०० माथिका थप ४० वटा, ६ हजार मि. माथिका १२५३ वटा, ५५०० माथिका ६०३ गरी १९१३ उच्च चुचुराहरु रहेको,
• सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका उच्च शिखरहरु रहेको,
• विश्वकै उच्चस्थानमा रहेको तिलिचो ताल,
• नेपालकै गहिरो सेफोक्सुण्डो,
• नेपालको सबैभन्दा ठूलो ताल रारा ,
• संसारमै सबैभन्दा फराकिलो उच्च स्थानमा रहेको भञ्ज्याङ “थोराङला पास” (५४१६ मि.)अन्नपूर्ण पदमार्ग,
• विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी ,
• साना ठूला गरि करिब 6000 वटा नदिहरु,
• एभरेष्ट–गोक्यो ट्रेकिङ रुट,
• 4500 कि मि लम्बाइ रहेको विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल ‘ ,
गोसाईकुण्ड रहेको लाङटाङ–हेलम्बू ट्रेकिङ रुट,
• दुईवटा आठ हजार मिटरभन्दा माथिका शिखरहरु धवलागिरी र अन्नपूर्ण प्रथम विचमा रहेको विश्वकै गहिरो खोंच “कालिगण्डकी गर्ज” ,
• संसारकै दुर्लभ र नेपालमा मात्र पाईने एकसिङ्गे गैंडा ,
• संसारकै दुर्लभ र नेपालमा मात्र पाईने काँडे भ्याकुर,
• नेपाल र भारतमा मात्र पाईने १ सय २४ घडीयाल गोही नेपालका विभिन्न नदीमा रहेको,
• छ हजार पाँच सय भन्दा बढि प्रजातिका वनस्पतिहरु रहेकामा ७ सय प्रकारका वनस्पति जडीबुटीजन्य,
• थरिथरिका सुनाखरी तथा विभिन्न प्रजातिका गुराँस लगायतका अन्य पुष्प,
• आठ सय पचास भन्दा बढि प्रजातिका पुतलीहरु,
• ८७१ प्रजातीका चराचुरुङ्गि प्रजाति,
• २१ प्रजाती लाटोकोसेराहरु,
• विश्वका लगभग ५००० प्रजातिका स्तनधारी प्रजातिहरुमध्ये नेपालमा २०८ किसिमका प्रजातिहरु,
• कृष्णसारका लागि प्रख्यात बर्दिया रा . नि . ,
• बाह्रसिंगेका लागि प्रख्यात शुक्लाफाँटा रा . नि .,
अर्नाका लागि प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्ष ,
• एकसिंगे गैडा र घडियालका लागि प्रख्यात चितवन रा नि ,
• करिब ७ हजार प्रकारका वनस्पति रहेकामा ७ सय प्रकारका वनस्पति जडीबुटीजन्य,
• सिमेण्टको लागि आवश्यक खनिज पदार्थ एशिया कै सबै भन्दा बढी,

आमाले भन्नु भयो “सिन्को भाँच्नु छैन, यस्तै कुरा बटुलेर बस्दा भरे मुखमा माड लाग्छ नि ? खेतमा निस्कदा चैं इज्जतै जाने जस्तो गर्छ, कुरा चैं खुब सन्सार कै जान्ने । गफाडी साला !”

करियर !

समुद्रको यात्रा थियो । छोराले अनायस सोध्यो- ' बाबा! करियर भन्या के हो?'
उत्तर प्रदेशकि एक बृद्धा जहाजमा सगै थिइन । उनले छोरालाई सोधिन् - बाबू ! समुद्रको पानी किन न खान हुन्छ न त सिन्चाई गर्न नै हुन्छ ? तर नदीको पानी सबै थोक गर्न मिल्ने हुन्छ ? छोरोले पनि केही त तर्क दियो । उनले चित्त बुझाइनन् ।
'त्यसो भये हजुरले नै बताई दिनुस्न ।' उसले आग्रह गर्यो ।
उनले भनिन - "सनसार भरिको पानी अन्तिममा कस्ले लिन्छ ? समुद्रले । कस्ले दिन्छ ? नदीले । नदी दाता हो । उस्को पुजा हुन्छ, सबैलाइ काम लाग्छ, त्यसैले उ मीठो छ । समुद्र सधै भिख मात्र मग्छ, सबैको थाप्छ, आश गरेर बस्छ, मेहनत गर्दैन, बरु सुनामी बन्छ र लुटेर लिन्छ तर कसैलाइ केही दिदैन । त्यसैले उस्को पानी पनि कतै चल्दैन, कुनै काम लाग्दैन ।
अब तिमी बिचार गर दाता बन्नेकी भिखारी ? भिखारी बन्न सजिलो छ , एक्ठाउ जमेर थाप्न बस । तर नदि बन्ने हो भने हिमालको टुप्पामा हिउँ भयेर जम्नु पर्छ, चट्टानहरुसँग जुध्दै बग्नु पर्छ, दिन सक्नु पर्छ । त्यो दिने कुरा भनेको ग्यान होला, सीप होला, श्रम होला, सहयोग होला । अहिले तिमीसँग ती दिने कुराहरु छैनन्  भने बटुल्न थाल । हो त्यही बटुल्ने कामलाई 'करियर' भन्या हो ।

जनमतसङ्रह देखि डराएको हो ?

फिजीमा महेन्द्र चौधरीलाई वैधानिक 'दुहाई' बाट प्रधानमन्त्रीमा गरिएको प्रत्यार्पणलाई त्यहाका जनताले १ वर्ष पनि टिक्न दिएनन । सबै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको प्रधानमन्त्री बन्न खुट्टा उचालिसकेकी सोनिया गान्धीलाई अङिकृत प्रकरणले अघिबढ्न दिएन ।
सन्सदबाट सिक्किम बिसर्जनको निर्णय बहुमतमा गराउन सफल नेता लेन्डुप दोर्जेलाई दिल्ली एयर्पोर्ट्मा जवाहरलाल नेहेरुले रातो कार्पेट्मा स्वागत गरेका थिए । तिनै दोर्जेको सिलिगुडीको सामान्य अस्पतालमा मृत्यु हुँदा न उल्लेख्य भारतीय मलामी थिए, न सिक्किमे जनताले चासो देखाए ।
के जन आन्दोलन-२ मा "धर्म" मुद्दा थियो ? के लाखौ मानिस हिन्दु धर्म फाल्न सडकमा ज्यान अर्पेर निस्केका हुन? के सम्बिधान सन्सोधनले समेट्ने बिषय नाकाबन्दीको त्रासले मात्र निर्धारण गर्ने हो ? बेलायतले युरोपियन युनियनबाट अलग्गिने निर्णयकोलागी जनमत संग्रह गरायो । सन्सोधनका विषयमा जनमत संग्रह गर्दा लोकतन्त्र कम्जोर हुन्छ र ?
धर्म निरपेक्षताको कुरासग डराएर जनमतमा नगएको हो भने र यसरी नै लोकतन्त्रको आधारभुत मूल्यलाई लत्याउदै जाने हो भने अहिलेको नेतृत्वलेअकल्पनीय दुर्घटनामा मुलुकलाई पुर्‍याएको कलन्क भिर्नै पर्छ ।
क्षणिक तुच्छ स्वार्थ वा वहकावमा यस्ता गम्भीर राष्ट्रिय विषयलाई कोठे सहमती, शक्ति र भक्तिको भरमा जवर्जस्ती लादेर आफ्नो राजनीतिक भविष्य धरापमा नपार्न हाम्रो नेतृत्ववर्गको परिक्षाको घडी आएको छ ।

थक गया हूँ ।

यूँ समँझ लो,
प्यास लगी थी गजब की
मगर पानी मे जहर था...
पीते तो मर जाते और ना पीते तो भी मर जाते ।
बस यही दो मसले, जिंदगीभर ना हल हुए
ना नींद पूरी हुई, ना ख्वाब मुकम्मल हुए ।

बचपन में सब पुछा करते थे कि
"बङे हो कर क्या बनना है ?"
जवाब अब मिला, - फिर से बच्चा बनना है ।
अजीब सौदागर है ये वक़्त भी -
जवानी का लालच दे के बचपन छिन ली,
अब अमीरी का लालच दे के जवानी ले जाएगा ।

शिकायते तो बहुत है तुझसे ऐ जिन्दगी,
पर चुप इसलिये हु कि, जो दिया तूने,
वो भी बहुतो को नसीब नहीं होता ।

सुबह सुबह उठना पड़ता है कमाने के लिए साहेब !
आराम कमाने निकलता हूँ आराम छोड़कर ।
जब लगे कमाने तो समझ आया,
शौक तो बाप के कमाई से पुरे होते थे,
अपने से तो सिर्फ - जरूरत ।

लौट आता हूँ वापस घर की तरफ हर रोज़ थका-हारा,
आज तक समझ नहीं आया की
जीने के लिए काम करता हूँ
या काम करने के लिए जीता हूँ ।

थक गया हूँ तेरी नौकरी से ऐ जिन्दगी
मुनासिब होगा मेरा हिसाब कर दे ।

#बटुल्बाटुल
२०७३/०७/२५

अड्सठ्ठी वर्षपछि नजिकबाट देखिएको चन्द्रमाले उब्जाएको प्रश्न............

उर्जा संकटले छटपटिएको मुलुकका लागि बिजमाण्डुमा आएको कुलमान घिसिङ्गको अन्तरवार्ताले आशा पलाएको छ । उर्जा उत्पादनको रडाकोमा रुमल्लिएर र हाउगुजी तेर्साएर यसको वचत एवं उचित उपयोग तर्फ त हाम्रो ध्यानै नगएको रहेछ ।
नागपुर (भारत) का मेयरले सन् २०१४ को १५ जनवरी पूर्णीमाको साँझ देखि हरेक पुर्णिमामा एक घण्टा सबै घर, अफिस, कारखाना, स्ट्रिटलाईट आदिमा १ घण्टा बिजुली बन्द गरेर सडकमा टहल्दै प्राकृतिक आनन्द लिन सबै जनतालाई आव्हान गरे । १ घण्टामा १,४५७ युनिट वचत भएको देखेर ज्यादै उत्साहित भए । यसको प्रभाव कहाँसम्म परोभने विजुली वचत र उर्जा प्रदुषणमा केही भए पनि राहत मात्र होईन, वालवच्चा र बृद्धहरु समेत अर्को पूर्णीमा कहिले आउँछ र चन्द्र प्रकाशको आनन्द लिँदै सडकमा एक अर्कासँग भलाकुसरी गर्न पाईन्छ भनी पर्खनथाले । सडक उत्सव पो हुन थाल्यो । लाखौं युनिट विजुली वचतका साथै जनजीवनमा नयाँ सामाजिकता र पुनरताजगीको माहौल बन्यो ।
म कल्पना गर्छुु – हामीले पनि ६८ वर्ष पछि आज २०७३ कार्तिक २९ गते चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक आउने कुरालाई अवसर बनाएर “फुलमुन डे फर नेचुरल लाईट” अभियान चलाएको भए के हुन्थ्यो होला ?
के हुन्थ्यो भने – सामाजिक भित्ता र सञ्चारमा “हरुवा गोरुको छेरुवा दाउ” भनेर नेताहरुले नाना भाति गाली खाने थिए । कुलमान घिसिङ्गलाई “कुलेखानी दोहन छोप्न चालिएको चाल” भनि आरोप आउने थियो । ईन्भर्टर र अन्य पावरव्याकअपवालाहरुले विद्यार्थीहरुलाई उकास्ने थिए – तिम्रो पढाई बिगार्ने षडयन्त्र भनेर । सामाजिक अभियन्ताहरुले सरकारलाई चोरी बढाउने र छाडापन बढाउने कुकृत्य गरेको आरोप लगाई अनवरत धर्ना दिने थिए । यसको विरोधमा नयाँ नयाँ एन्जीओ खुल्ने थिए र आईएन्जीओहरुबाट आन्दोलनरत संगठनहरुलाई ठूलो धनराशी सहयोग मिल्ने थियो । कर्मचारी संगठनहरु कोही ताल लगाउने र कोही खोल्नेमा व्यस्त हुने थिए ।
समर्थन गर्नेहरुले २ वर्ष पछिमात्र यसको प्रभाव हेरेर विस्तारै तारिफ गर्न थाल्ने थिए । २ वर्ष पछि त अर्कै सरकार हुने भै गयो । त्यतिखेरको सरकारले जस पाएको देखेर यो पद्धति सुरु गर्ने पार्टिहरुले नै यो व्यवस्था खारेज गर्न लाउने थिए ।
कहिले काहीँ त यस्तो पनि लाग्न थालेको छ कि कुनै नयाँ काममा हात हाल्नै नसक्ने गरी हामीले नेतृत्वको सातो त उडाएका छईनौं ?

निरिह बाबुको निर्दोष प्रश्न........


तीन दिन भएको थियो भेट नभएको । फोनबाट नै हालखबर बुझिरहेको थिएँ । एशियाली विकास बैंकको मिशनसँग जानै पर्ने भएकोले मात्र मैले काठमाडौं छोडेको थिएँ । नत्र किन हो किन अहिले बाहिर जान नपरे हुन्थ्यो भै रहेको छ । विशेष कामले गर्दा आज काठमाडौं आएको भएता पनि भोलि फेरि फस्र्ट प्लाईटबाटै बाहिर हानिनु छ । काम सक्दा साँझ चार बजिहाल्यो । हतार हतार गेष्ट हाउस तिर हानिएँ । बिहान देखि खाना खाएकै थिएन । साँझ एकै पटक खाँदा पनि हुन्छ तर उसलाई भेटिहाल्छु भन्ने भयो ।
आज त अनुहारै उज्यालो, रातो पिरो ..... कस्तो आनन्द लाग्यो । “कस्तो छ फुच्चिलाई ?”

एक छिन औपचारिक कुराकानी पछि उनको बाबुले आजका ल्याब र रेडियोलोजी रिपोर्टहरु देखाए ।  एच.बी. १३ पुगेछ, अस्ति ७ थियो, खुसी लाग्यो । स्वास्थ्य मान्छेमा कम्तिमा ४००० हुनु पर्ने डब्लु.बी.सी. १७०० पुगेछ, अस्ति ७०० थियो, धेरै सुधार भएछ । प्लेटिलेटस ० रहेछ, तुरुन्तै प्याकसेल चढाएकोले केही बढ्यो होला अहिले त । ४८ केजी थिईन् रे पहिला, अहिले वजन ३५ के.जी. मात्र रहेछ । सी.टी.स्कायन रिपोर्टमा पनि नर्मल ईम्प्रेसन देखाएको हुनाले धेरै आशा जगाएकोछ ।

“लौ सुजता तिमी त जाति भइ सकेछ्यौ ।”

मुसुक्क हाँसी । आनन्द लाग्यो । भोक थकाई त्यसै हरायो ।

“सर त्यसो भन्नु हुन्छ । अस्ति आउने मान्छेले के के भन्यो । कति बेर रुन मनलाग्यो ।”

“कसले के भन्यो र ?” कसैले सहानुभुति देखाउँदै “बिचरा यो उमेर मै जानु पर्ने ? कस्तो भाग्य लिएर आएछौ । भगवान पनि कस्तो ?” आदि ईत्यादि भन्दिएछ । आँशु झार्दै सुनाई । मलाई तत्काल के भनेर बुझाउनु भन्ने सुझ नै फुरेन, अवाक भएँ ।

बाबुले सम्झाउँदै भने, “नराम्रो नराम्रो मात्रै सुन्छे । अघि प्रमोद खरेल सरले केही हुँदैन जाति हुन्छेस भनेको होईन । ठुला मान्छेले नबुझि बोल्छन् ?”

मैले प्रमोद भाईलाई फोन गरेर धन्यवाद दिएँ । उनी सेलिब्रेटी गायक हुन् । उनको बोलीमा कत्रो शक्ति छ । त्यति भनाईले उसमा हजारौं न्युटनको आत्माबल बढाएछ ।

“सर ललितपुरमा बुढी बजु छिन् रे । फुकेरै पेटबाट गोमन साँप निकालिन रे ।” उसैले सन्नाटा तोडी । मन झन् भक्कानिएर आयो । अनुहारमा कुनै भाव नल्याई उसैलाई उल्याउँदै मैले भने – “खुब डाक्टर हुने सपना देख्ने मान्छे अब झारफुकको पछि लाग्छ्यौ । लौ तिमी डाक्टर भयौ भने म चैं कसैलाई पनि जँचाउन नजाउ भन्दिन्छु है ।”

डाक्टर बन्ने प्रशंग झिक्दा त उसका आँखा एक्कासी खुलेर आए । अनुहार नै धपक्कै बल्यो । क्यानुला लगाएको हात टेक्दै खाटमा टुक्रुक्क बसी । र जोश निकाल्दै भन्न थाली– “थाहा छ सर भरतपुरको स्कुल अफ हेल्थ साईन्सबाट हेल्थ असिस्टेन्ट पास गर्र्नेलाई पाटन अस्पतालमा एम.बी.बी.एस. पढ्न २ वटा सीट स्कोलारसीपमा हुन्छ नि । मैले एच.ए.मा त १० वटा कोटामा नाम निकालेको । पाटनमा पनि नाम निकालेरै छोड्छु । तीन जना धेरै जान्ने छन् । तर अब त म यस्तरी पढ्छु कि तिनलाई जित्नै दिन्न । साला थर्ड यियरको फाईनल टर्मकै बेला बिमारी परें । अलिक जाँच बिग्रियो र पो त ।” उसको मुख एक्कासी निराश जस्तो भयो । के भन्ने भन्ने म यसै अलमल परिरहेको थिएँ ।

“तर नि सर त्यो रिजल्टले धेरै त फरक पार्दैन । ईन्ट्रान्समा टप गर्दा  राम्रो ग¥यो भने स्कलरसीप पाई हालिन्छ नि । यस्तो पढ्छु नाम ननिकालि त कहाँ छाड्छु र ” उसको आँखामा सल्बलाएको खुसी..... मानौ उसले अहिले नै एम.बी.बी.एस.को छात्रावृत्ति जिती सकी । एक छिन के सोची कुन्नी ? फेरी लामो स्वास तानेर थपी “तर खै जाति हुने हो कि हैन ।”

मेरो छाति भरिएर आँखाबाट बग्नै लागि सकेको थियो । उसको आँट, उसको आकांक्षा । बाबुले १ करोड खर्च गरेर डाक्टर पढाउन् भन्ने त न उसको कल्पना थियो न आग्रह । तर दृढ निश्चय थियो बाँचे भने छात्रावृत्तिमा नाम निकाल्छु भन्ने । स्वास्थ्यको विद्यार्थी भएकोले उसलाई थाहा छ संसारकै खतरनाक मध्येको एक रोग बोनम्यारो फेलर हो र २२ वर्ष कै उमेरमा उसलाई यो रोग लाग्यो भन्ने । अनि थाहा छ पैसा भएको भए बाच्ने थिएँ भन्ने पनि ।

पुलुक्क उसको बाबु तिर हेरि । अनि मलाई हेरी । केही जवाफ खोजे जस्तो । उसका आँखाले सायद भनिरहेका थिए – सर मलाई बचाउनु प¥यो ।

ट्वाईलेट जाने बहानाले म बाहिर निश्किएँ । उसका बाबु पनि सँग सँगै बाहिर आए । मैले बाबुलाई निराश न हुन आग्रह गरेँ । हामी सबै भएर बचाउँछौं सुजतालाई भनी ढाढस दिएँ ।

बाबुले सोधे, “यो ईन्टरास कि के हो त्यो पास गर्छु भन्छे । त्यो भन्या के हो सर ? त्यो पढेर जागिर पाईन्छ ?”

अब भने मैले आँशु रोक्न सकिन ।

त्यो निरिह बाबुको निर्दोष प्रश्न, अनि त्यो मेधावी विद्यार्थी सुजता सुवेदीको अवस्था ।
“हे भगवान २५ लाख जुटाउन मद्दत गर । एक होनहार जीवनलाई रक्षा गर्न मद्दत गर । सबैको सहयोगी मनलाई एक पटक सुजताको मद्दतको लागि जुटाई देउ ।”

मिति २०७३/०८/१४, काठमाडौं ।

Please share it. Join the "Save Sujata Campaign"