२०७४ असार ११ गते ३ वटा कृषि फारम अवलोकन गरियो । पहिलो २ फारम साना किसान बैंकको पहलमा इजरायलमा कृषि तालिम लिएर फर्किएका २ युवाको र अर्को फारम चै १०औं वर्ष इजरायलमा श्रम बगाएर फर्किएका कृषि उद्यमी खोजराजजीको । कृषिमा युवाहरुको स्वस्फुर्त प्रयासहरु हेर्दा युवाहरु एकातर्फ र सरकार चै अर्कै तर्फ दौडिरहेको हो कि जस्तो पनि लाग्यो । मैले यसो भन्नुमा केही तथ्यहरु छन । पहिला म ती उत्साही कर्मशील युवाका पौरखलाई सम्मान गर्दै उनीहरुको परियोजनालाई संक्षिप्त प्रस्तुत गर्छु ।
१. श्रीकृष्ण सिलवाल, वर्ष २४, सलाङ्ग, धादिङ ।
साना किसान विकास बैंकको कार्यक्रम अन्तरगत ईजरायलको आराभा स्थित कृषि तालिम केन्द्रमा तालिम लिई फर्किएका श्री सिल्वालले सितापाइलामा २० रोपनी जग्गा ५ वर्षको लागि प्रतिरोपनी प्रतिवर्ष रु. २० हजारको दरमा लिजमा लिए । बाँस र प्लास्टिक प्रयोग गरी २० वटा टनेल तयार गरे । गोल्भेडा र अन्य तरकारी लगाई सक्दा रु. १५ लाख लगानी पुग्यो । तीन महिनामा नै करिब रु. ४ लाखको आम्दानी लिई सकेकाछन् । यो बर्ष रु. १६ लाख बढी कमाउने र सम्पूर्ण लगानी उठाउने उनको योजना छ । उनले आफुमात्र हैन, ५ जनालाई रोजगारी पनि दिएका छन । उनको परिश्रम, योजना र उनको दृढ निश्चय हेर्दा कुनै पनि नेपाली युवाले विदेस जान आवश्यक रहेनछ भन्ने नै देखिन्छ ।
बिहान ४ः३० बजे उनी फारममा पुगिसक्छन् । ९ः०० बजे सम्ममा सबै व्यवस्थापन र अति आवश्यक कार्य सकेर १०ः०० बजे शंकरदेव कलेज पुग्छन् । कमर्सबाट मास्टर्स गर्दैछन् । उनका ५ जना सहयोगी कामदार छन् । उनको अनुपस्थितिमा कामदारहरुले नै सबै काम गर्छन् । दिउँसो ३ः०० बजे श्रीकृष्ण फारममा आई पुग्छन् र कहिले काहीँत ९ः०० बजे रात सम्म त्यहीँ नै काम गरिरहेका हुन्छन् । उनका उत्पादन बिक्री गर्न कहीँ जानु परेको छैन व्यापारीहरु फारम मै आएर सबै लैजान्छन् । उधारो हुँदैन । अविवाहित श्रीकृष्णले घरबार परिवार छोडेर १०० किमि टाढा जीवनको नयाँ अध्याय शुरु गरेका छन्, दुःख गरेकाछन्, प्रफुल्ल रहेकाछन् ।
कृषि व्यापार जस्तो होईन, यो त शुद्ध विज्ञान हो । विज्ञानमा गहन अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । उनले कृषि पढेका छैनन् । साना किसान विकास बैंकले ईजरायलमा दिलाएको छोटो तालिमको भरमा कृषि गर्न ताम्सिएका छन् र आफ्नो सारा सम्पत्ति नै दाउमा लगाएर लगानी समेत गरेका छन् ।
२. लेखमान तामाङ्ग, २९ वर्ष, मैदी, धादिङ
आफ्नी श्रीमती र वच्चाहरु सहित सानो गोठ जस्तो छाप्रो बनाएर काठमाडौंको उत्तरी पाखा जितपुरफेदीमा ५ रोपनी जग्गा भाडामा लिई तरकारी खेति गर्दै आएका लेखमानले व्यावसायिक तरकारी खेति शुरु गरेको १ बर्ष नाघ्यो । साना किसान विकास बैंकको सहयोगमा ईजरायलमा कृषि तालिम लिई फर्किए पछि उनले यो पेशा अपनाएका छन् । रु. ४ लाख लगानी गरी तरकारी व्यवसाय गरेका तामाङले गत वर्ष टनेल बनाउँदाको लगानी उठाईसकेका छन् । वार्षिक रु. ५ लाखको कमाई हुने आशा राखेका लेखमानको सिङ्गो परिवार रातदिन यही खेतिमा लागेको छ र कहिले काहीँ कामदार पनि लगाउनु पर्ने कुरा उनी बताउँछन् ।
यहाँ टमाटर नै लाउनु पर्छ भनेर कसरी थाहापाउनु भयो भन्दा लेखमानले अरुले पनि त्यही गरेकोले हुन्छ होला भनेर आफुले पनि गरेको बताए । अथवा, फसल छनौटको वैज्ञानिक विधि माटो परीक्षण आदि केही भएको रहेनछ । माछापोखरीमा बीउ पाईने पसल रहेछ । उसले राम्रो बीउ हो भने पछि ल्याउने गरेको बताए लेखमानले । अनि कुनै बालीमा कुनै समस्या आयो भने त्यही पसलेले औषधी पनि दिने रहेछ । कृषि प्राविधिकहरुको बारेमा धेरै ज्ञान नभएको स्वकारे ।
“इजरायलमा तालिम लिन नपाएको भए म सायद अरबमा भेडा चराउँदै हुने थिएँ होला” भन्ने लेखमान अरु जग्गा लिजमा लिएर २० रोपनी पुर्याउने सोचमा छन् । तर, २० रोपनीलाई आवश्यक पर्ने लगानी गर्ने उनको सामर्थ्य छैन र बैंकबाट त्यो मात्रामा कर्जा पाउन उनको धितो छैन, भन्छन्– “गर्नु त कति हो कति आँट छ नि ! भगवानले पो गरीब बनाएर ल्यायो त । कुनै दिन त होला नि !” अहिले जति भएको छ त्यसैमा पनि उनी दंग छन् ।
३. खोजराज कटुवाल, हाल काठमाडौं ।
हामीले धेरै वर्ष अघि देखि “मह एग्रिकल्चर प्रा.लि.” को नाम सुनेका थियौं । नेपालका मुर्धन्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम जोडिएको उक्त आधुनिक कृषि फारम करिब २० रोपनी जग्गामा फैलिएको रहेछ । खोजराजजीसँग भेट हुन नसकेकोले त्यसको लगानी र प्रतिफल वा अन्य विस्तृत जानकारी पाउन सकिएन । तर उहाँले धेरै वर्ष ईजरायलको कृषिमा बगाएको परिश्रम र सिकेको प्राविधिक सीपलाई प्रयोग गरेको प्रष्ट देखिन्छ । पछिल्ला समयमा उहाँले कृषि सामाग्रीको व्यापारमा बढी समय दिनु परेकोले पनि हुन सक्छ, फारम व्यवस्थापनमा त्यति ध्यान पुगेको देखिएन । तर उहाँले जुन साहासका साथ लगानी गर्नु भयो, त्यो श्रद्धा योग्य छ ।
हामीले अवलोकनका क्रममा केही साझा समस्याहरु देख्यौं, थाहा छैन या हामीले देखेको समस्या मात्र हो कि सबैलाई यस्तै लाग्छ ।
१. श्रीकृष्णले सारा सम्पत्ति खन्याएर कृषि पेशा सुरु गरे,
तर समय निकालेर आफू भने कमर्समा मास्टर गर्दै छन । उनले अपनाएको पेशा कृषि, तर पढाइ कमर्स । कृषि किन पढेनन उनले ? आफ्नो कृषि पेशा सम्हाल्दै कृषि पढ्न पाउने भएको भए के उनले कमर्स पढ्ने थिए होला ? के सरकारलाई पनि कृषि पेशा विज्ञान नभएर अनपढले समेत सजिलै गर्न सक्ने कर्म हो भन्ने लाग्छ ? यदि कृषि विज्ञान हो भन्ने लाग्छ भने कृषि पढाईने शिक्षालय किन १ प्रतिसत भन्दा कम संख्यामा ? श्रीकृष्ण जस्ता युवाले खेति गर्दै कृषि कहिले पढ्न पाउने ?
२. लेखमानले सामान्य तालिम त लिएर आए । तर, यहाँ त्यसले निरन्तरता पाएन । पसलेले दिएको बीउ र प्राविधिक सल्लाह बाहेक उनले कृषि प्राविधिकको सहयोग सोचेका पनि छैनन् । सरकारले झण्डै रु. १० अर्ब कृषि क्षेत्रमा कर्मचारी र प्रशासनिक खर्च गर्छ । ती प्राविधिकले लेखमान जस्तालाई सहयोग कहिले पु-याउने?
३. भर्खरै काठमाडौंको एक गाई फारममा आगो लागेर सयौं गाई जलेर मरेको हृृदय विदारक घटना आलै छ । बाँस र सामान्य प्लाष्टिकको टनलेमा बीसौंलाखको लगानी गरेका छन् युवाले । प्राकृतिक प्रकोप र भवितव्य केही परेमा बीमाको व्यवस्था छैन । केही घटिहालेमा उनीहरुका ३ पुस्ताले यो पेशा अपनाउने छैनन् ।
४. खोजराजजीको थाहा हुन सकेन । अन्य दुईलाई सरकारबाट अहिलेसम्म कुनै किसिमको अनुदान प्राप्त भएको रहेनछ । रु. ३० अर्ब भन्दा बढीको बजेट सरकारले कृषिमा विनियोजन गरेको छ भन्ने कुरासँग उनीहरुलाई कुनै जानकारी र मतलब पनि रहेनछ । निव्र्याजी कृषि ऋण, निःशुल्क सिंचाई, सरकारको तर्फबाट कृषि बीमा र बजार सम्मको ढुवानी, तुरुन्त कृषि प्राविधिक सेवा र विभिन्न अनुदान पाएको भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न अघिबढेका यी बिचरा निरिह युवाहरुको उत्साह कायम राख्न कसले चासो देखाउला !
५. कृषिलाई प्रविधि युक्त बनाउन आफैं उदाहरणीय किसान भई अगुवाई गर्ने खोजराज कटुवाललाई म एक जुझारु व्यक्तित्व ठान्दछु । कृषिको रुपन्तरणमा उहाँको योगदान छ । तर, उहाँको फारम हेर्दा उति ध्यान दिएको जस्तो लागेन । बरु भरपर्दो कृषि सामाग्रीहरुको व्यापारमा उहाँ लागेको बताईयो । २० रोपनीमा आधुनिक टनेल निर्माण गरी ड्रिप ईरिगेशन र उन्नत प्रविधि सहितको कृषि कर्म गर्ने खोजराजजीलाई कुन तत्वले व्यापार तर्फ तान्यो वा उहाँलाई किन कृषिमा लगाव घट्न गयो ? के कृषि पेशा लामो समयसम्म टिक्न नसक्ने नै हो ? किन कृषिमा युवाहरु लामो समय अडिन सकेनन् ? अध्ययन हुन आवश्यक छ कि छैन ?
नेपाल कुखुराको मासुमा आत्मा निर्भरताको आवस्थमा आईपुगेको मानिन्छ । १५ अर्व रुपैयाँको वार्षिक रुपमा मासुजन्य पदार्थ आयात हुने मुलुकमा साना किसान विकास बैंकले विगत ५ वर्ष देखि मासुजन्य पदार्थको उत्पादन वृद्धिमा गरेको प्रयासले ठुलो सफलता दिलाएको छ । फलफुल त अहिले ९५ प्रतिसत नै आयात हुन्छ भने खाने तेलमात्र पनि २०औं अर्बको आयात हुन्छ । प्रत्येक सिजनमा आलु फलाउन सक्ने भुगोल भएको यो मुलुकमा आलु नै मात्र पनि अर्बौको आयात गरिन्छ । सरकारको कुनै लगानी नै नभई ईजरायलको सानो अवसर खोलेको भरमा हजारौं युवाहरु कृषिमा समर्पित भएर लागेका छन् । साना किसानका छोराछोरीका लागि सहज कृषि उच्चशिक्षा, कृषि अनुदान वितरण र पुँजीको व्यवस्था गरी सरकारले साना किसान विकास बैंकलाई परिचालन गर्ने हो भने निश्ति अवधिमा निश्चित कृषि उत्पादनमा आत्मानिर्भर बनाउन सकिने सम्भावना देखिन्छ ।
हिजोको सम्झन्छु, गफ गरुञ्जेल लेखमान तामाङ्गले सरकारलाई बारम्बार धन्यवाद दिई रहे । सरकारलाई यसरी किन धन्यवाद दिएको भनी मैले सोधेँ । सरकारबाट हालसम्म कुनै किसिमको सहयोग नपाएका उनको निश्चल जवाफले भावुक बनायो ।
“सरकारले त हो नि साना किसान सहकारी बनायो, साना किसान बैंक बनायो । अनि साना किसान बैंकले इजरायल पठायो । नसोचेको पैसा पनि कमाएँ । जिन्दगी भरलाई पुग्ने कृषिको ज्ञान र सीप पनि कमाएर ल्याएँ । सरकारले नगरेको भए कहाँ हुन्थ्यो ?” साँच्चै सरकारले यस्तो केही गरेको भए ?
१२ असार, २०७४
काठमाण्डू।
१. श्रीकृष्ण सिलवाल, वर्ष २४, सलाङ्ग, धादिङ ।
साना किसान विकास बैंकको कार्यक्रम अन्तरगत ईजरायलको आराभा स्थित कृषि तालिम केन्द्रमा तालिम लिई फर्किएका श्री सिल्वालले सितापाइलामा २० रोपनी जग्गा ५ वर्षको लागि प्रतिरोपनी प्रतिवर्ष रु. २० हजारको दरमा लिजमा लिए । बाँस र प्लास्टिक प्रयोग गरी २० वटा टनेल तयार गरे । गोल्भेडा र अन्य तरकारी लगाई सक्दा रु. १५ लाख लगानी पुग्यो । तीन महिनामा नै करिब रु. ४ लाखको आम्दानी लिई सकेकाछन् । यो बर्ष रु. १६ लाख बढी कमाउने र सम्पूर्ण लगानी उठाउने उनको योजना छ । उनले आफुमात्र हैन, ५ जनालाई रोजगारी पनि दिएका छन । उनको परिश्रम, योजना र उनको दृढ निश्चय हेर्दा कुनै पनि नेपाली युवाले विदेस जान आवश्यक रहेनछ भन्ने नै देखिन्छ ।
श्रीकृष्ण सिल्वाल |
कृषि व्यापार जस्तो होईन, यो त शुद्ध विज्ञान हो । विज्ञानमा गहन अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । उनले कृषि पढेका छैनन् । साना किसान विकास बैंकले ईजरायलमा दिलाएको छोटो तालिमको भरमा कृषि गर्न ताम्सिएका छन् र आफ्नो सारा सम्पत्ति नै दाउमा लगाएर लगानी समेत गरेका छन् ।
२. लेखमान तामाङ्ग, २९ वर्ष, मैदी, धादिङ
आफ्नी श्रीमती र वच्चाहरु सहित सानो गोठ जस्तो छाप्रो बनाएर काठमाडौंको उत्तरी पाखा जितपुरफेदीमा ५ रोपनी जग्गा भाडामा लिई तरकारी खेति गर्दै आएका लेखमानले व्यावसायिक तरकारी खेति शुरु गरेको १ बर्ष नाघ्यो । साना किसान विकास बैंकको सहयोगमा ईजरायलमा कृषि तालिम लिई फर्किए पछि उनले यो पेशा अपनाएका छन् । रु. ४ लाख लगानी गरी तरकारी व्यवसाय गरेका तामाङले गत वर्ष टनेल बनाउँदाको लगानी उठाईसकेका छन् । वार्षिक रु. ५ लाखको कमाई हुने आशा राखेका लेखमानको सिङ्गो परिवार रातदिन यही खेतिमा लागेको छ र कहिले काहीँ कामदार पनि लगाउनु पर्ने कुरा उनी बताउँछन् ।
लेखमान तामांग |
“इजरायलमा तालिम लिन नपाएको भए म सायद अरबमा भेडा चराउँदै हुने थिएँ होला” भन्ने लेखमान अरु जग्गा लिजमा लिएर २० रोपनी पुर्याउने सोचमा छन् । तर, २० रोपनीलाई आवश्यक पर्ने लगानी गर्ने उनको सामर्थ्य छैन र बैंकबाट त्यो मात्रामा कर्जा पाउन उनको धितो छैन, भन्छन्– “गर्नु त कति हो कति आँट छ नि ! भगवानले पो गरीब बनाएर ल्यायो त । कुनै दिन त होला नि !” अहिले जति भएको छ त्यसैमा पनि उनी दंग छन् ।
३. खोजराज कटुवाल, हाल काठमाडौं ।
खोजराज कटुवाल आवद्ध मह एग्रीकल्चर |