
न देखेँ कहिल्यै फाटेको नाना, नदुखो तिम्रो चोट ।
न छामेँ भोकै चाउरेको पेट, न गरेँ कहिल्यै ओट ।।
सकेको लुछेँ– सुकेका लाम्टा, नपुगे चिथोरेँ ।
जे जति गरेँ, ज्यादति गरेँ, तिमीलाई निचोरेँ ।।
हुरीमा फस्याै, काेखीमा कस्याै, चल्ला झैँ छाेपेर ।
एकलै भिड्याै, दुनियामा लड्याै, बघिनी बनेर ।।
दुनियाँसँग दुश्मनी माेल्याै, जस् कहिल्यै दिइँन ।
मुफ्तमा पाएँ त्याे तिम्राे माया सिरियस् लिइँन ।।
जिन्दगी मेरो रेखायौ तिम्ले, थप्दैछु बलैले ।
के थियो तिम्ले बनाको मलाई, के बनेँ अहिले ।।
मसानसम्म पक्का छ यात्रा, कृपया पर्खी देउ ।
हिसाब लिई आउँदै छु आमा, सजाय तोकि देउ ।।
के थियो तिम्ले बनाको मलाई, के बनेँ अहिले ।।
मसानसम्म पक्का छ यात्रा, कृपया पर्खी देउ ।
हिसाब लिई आउँदै छु आमा, सजाय तोकि देउ ।।
No comments:
Post a Comment