Thursday, March 26, 2020

मेरो सुख
======
आफ्नै दुई आखाबाट त सन्सार फरक फरक देखिन्छ, सन्सारका ७ अर्ब मान्छेका १४ अर्ब आखाले एउटै दृश्य देख्नु पर्छ भनेर आग्रह राख्नु नै दु:ख हो । अर्थात; अपेक्षा दु:ख हो ।
शुन्यमा सुख हुन्छ । आफू मिटाउनु शून्य हो । मैले आफुलाई मिटाउन सकिन त्यसैले सुखी हुन सकिन । तर, दु:खी छैन, किन भने कसैसङ्ग कुनै अपेक्षा छैन ।
सम्झौता त सुख र दु:खबीचको सिमानामात्र हो ।
हरेक मान्छे बुद्ध वा गान्धी हुन सक्दैन । आम मानिससग २ वटा मात्र विकल्प छन: १. सुखी हुन नसक्नु वा २. दु:खी हुनु ।  तपाईं कहाँ पर्नु हुन्छ?  त्यो अरुले थाहा पाउने कुरा नै होइन ।
हरेक पल आफ्नो पोजिसन सोच्नु र  तेश्रो विकल्प खोज्नुलाई साधना भनिएको हो । ध्यान चै आत्मा निरीक्षण हो । साधना र ध्यान पनि सुख प्राप्त गर्ने साधन मात्र हुन । फेरि पनि साध्य त सुख हो । तर सुखको आग्रह झन ठूलो दु:ख हो । त्यसैले शुन्य बाहेक कतै सुख छैन ।
कुण्ठा दु:ख हो । कुण्ठा दबाउन मुस्कुराउनुले पनि सुख सिर्जना गर्दैन । त्यो मुस्कान अझ ठूलो दु:ख हो । बिजय झन बिकराल दु:ख हो, किनभने बिजय जहिले पनि सुरुवात मात्र हुन्छ । बिजयको अन्त्य खोज्दै जादा दु:खबाट कहिल्यै बाहिर आउन सकिदैन । त्यसैले हरेक आग्रह भन्दा टाढा.... शुन्य जस्तो सुख कतै छैन ।

बालविलाप


घ्वार्रर्घ्वार सुत्न छोडी एकाबिहान उठ्न
के पो ठान्यौ मलाई ! म अलार्म घडी हो र ?
स्विचसङ्गै चल्नु पर्ने, रिमोट बोक्ने अरु -
भित्ताभरी सजाईएको के म टिभी हो र ?

कुम्लो कसी, नाम्लो भिरी, कापी-किताब बोक्न
किन पेल्छौ यति सारो ! के म भरिया हो र ?
गिलीडण्डा, चट्टी, चङ्गा खेल्न भ्याई नभ्याई
पचास् थरी होम्वर्क गर्न के म नोकर हो र ?

पिरो नखा, अमिलो छ, खा खा लिटो धेरै
सधैँभरी कुडोखोले - के म पशु हो र ?
पौडी नखेल् ! साइकिल नचढ् ! बाहिर नजा, लड्न !
घरै भित्र कस्तो दण्ड ! के म कैदी हो र ?

स्कुल जाऊँ गुरू कडा, घरमा बाबू आमा !
छिमेकी झन् पोल्याहा परे, पोखुंँ ब्यथा कहाँ ?
चराभई जन्मेको भए उडि सक्थेंँ पर !
जाबो वच्चा परे हजुर ! मेरो के दम् छ र?
13 March, 2018
Bhaktapur

Tuesday, March 10, 2020

श्रीकृष्ण अनादि अक्षरातित प्रभु

हो.................
श्रीकृष्ण अनादि अक्षरातीत प्रभु ! 
चरणमा माँगु कसोरी म ठाऊँ ।
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................

मेरो मेरो भन्दै जीवन यो बित्यो !  
हित कसैको गर्दै गरिन ।
भोग, विलास र लोभले जित्यो; 
निर्धा भोकाको पेट भरिन ।
कुकर्मले पोतिएको कालो मन यो, 
लिएर म मन्दिर कसोरी धाऊँ ?
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................

अर्थ र अस्त्रले दुनियाँ जलाँए 
भगवत ज्ञान र शास्त्र पढिनँ,
छोडेर वेद म टुप्पोमा पलाँए !
सुमतिको बाटोमा कहिल्यै बढिनँ ।
भक्ति भजनमा फुरसत् नहुने म
तिम्रो समय कसोरी मिलाउँ ?
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो ..........…........


१४ फागुन, २०८१
राधेराधे, भक्तपुर ।

Saturday, March 7, 2020

म आवारा !

म  मर्दा  रूने  को छ र!
म हाँस्दा को रमाउँछ र?
पिएर  आँशुका  धारा,
हँसाई हिड्दछु सारा ...
म आवारा हुँ आवारा म आवारा ।

रोई  हिड्नेहरूको -
ताँती  भित्र  पस्दछु,
दु:ख खान्छु पीर् पीउँछु,
आकाश मुनि बस्दछु ।
साथी टिम्टिमे तारा....
म आवारा हुँ आवारा म आवारा ।

न फूल्न सक्यो सपनी,
ससग्लो उभ्भी हाँगोमा ।
न बग्न सक्यो जिन्दगी,
निर्बाध खस्ने छाँगोमा ।
काँ बन्न सक्छु साहारा !
म आवारा हुँ आवारा म आवारा ।

२४ फागुन, २०७६
ठिमी, भक्तपुर ।

#Jhalendra Bhattarai

Friday, March 6, 2020

सेयर बजार नलेज : यति बुझेपछि प्रसस्तै (२७ बुँदामा)


बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बैँकिङ खबर डट कमले धितोपत्र बजारसम्बन्धि केही महत्वपूर्ण शब्दावलीहरुबारे प्रकाश पार्ने जमर्को गरेको छ । प्रस्तुत छ, सहकर्मी रुपा कोइरालाद्धारा तयार पारिएको सामग्री :
लाभांश र बोनश शेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर ९बोनश शेयर० प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।
मर्चेण्ट बैंक
धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।
धितोपत्र दलाल
ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।
धितोपत्र ब्यापारी
प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।
बजार निर्माता
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।
शेयर रजिष्ट्रार
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।
डिवेञ्चर
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि। कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित ९कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने० वा असुरक्षित, विमोच्य ९निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने० वा अविमोच्य र परिवर्तनशिल ९निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने० वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।
वारेन्ट
कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।
ब्लू चिप शेयर
संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको शेयरलाई ब्लू चिप शेयर भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।
धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली
सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुयाउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली शेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।
प्रत्याभूति
प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ ।प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।
विवरणपत्र
सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।
धितोपत्रको अधिक र न्यून माग
सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।
थप मूल्य
धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई एचझष्गm भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई एचझष्गm मा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।
खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य
कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई इााभच एचष्अभ भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको द्यष्म एचष्अभर इााभच एचष्अभ मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।
सूचीकृत धितोपत्रको चुक्ता मूल्य
सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।
बजार पुँजीकरण
धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आ९आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।
बजार परीसूचक
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि। ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई ल्भ्एक्भ् क्ष्लमभह भनिन्छ ।
प्रतिशेयर बजार मूल्य
कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ ।
प्रतिशेयर आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।
नेट वर्थ
कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।
मूल्य सम्वेदनशील सूचना
कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश शेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।
भित्री कारोबार
नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भै नसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।
अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार
धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ । अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।
सञ्चालकहरु र सञ्चालक समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कम्पनीका सञ्चालकहरुको नियुक्ती प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ ।
वार्षिक साधारण सभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा शेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने शेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।
प्रतिनिधि
कम्पनीको वार्षिक साधारण सभामा कुनै शेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ । कुनै पनि कम्पनीको शेयरवालाले सोही कम्पनीको अर्को शेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।

Thursday, December 19, 2019

विश्वमा वलत्कार

डाटा प्राप्त 121 देशहरुको सन् 2010 को Rape Statistic अनुसार सन्सारको सबै भन्दा बढी बलत्कार घटना भएका देशहरू (बलत्कार दर प्रती 1 लाखमा):
1.अमेरिका  84767 जना (27.3, दसौं)
2.दक्षिण अफ्रिका 48259 जना (92.9, पहिलो)
3.मेक्सिको 14993 जना (13.2, बिसौं)
4.जर्मनि 7724 जना (9.4, छ्ब्बिसौं)
5. अस्ट्रेलिया 6378 जना (28.6, सातौं)
6. स्विडेन 5937 जना (63.5, तेस्रो)
7. रुस 5398 जना (3.4, चालिसौं)
8. थाइलेण्ड 4676 जना (6.7,एक्तिसौं)
9. कोलम्बिया 3540 जना (6.8, उन्तिसौं)
10. बेल्जियम 2991 जना (27.9, नवौं)
11. बोलिविया 2587 जना (261, एघारौं)
12. इण्डिया 2172 जना (1.8, पचासौं)

Sunday, October 13, 2019

झोर - एक स्वर्गीय अनुभव (Jhor waterfalls, jhor_waterfalls)

आफ्ना बालबालिका वा परिवारका अन्य सदस्य वा प्रेमिका वा साथिभाई वा पाहुनालाई काठमाडौ नजिकको कुनै आकर्षक गन्तव्य घुमाउन चहानुहुन्छ? त्यसो भए तपाइँले झोर जानै पर्छ जहाँ "बौडेश्वर झरना तथा गुफा" ले यी सबैका चाहना पुरा गर्न सक्छन् । 
स्थानीय निकायको पुनर्संरचना हुन अघि काठमाडौ जिल्लाको झोर गाविसमा पर्ने "बौडेश्वर झरना तथा गुफा" क्षेत्र हाल टोखा नगरपालिकामा पर्दछ । काठमाडौ चक्रपथको बसुन्धरा चोकबाट ग्राण्डी हस्पिटल हुँदै टोखा बजार कटेर झोर पुग्न १०.१ कि.मी. को यात्रा तय गर्नु पर्छ (सुबिधा अनुसार सामाखुशी वा नारायणगोपाल चोकबाट गए पनि हुन्छ) । 
मुल सडकबाट करिब ५०० मीटर तल सिंढी झरेपछी झरनाको मुख्य स्थलमा पुगिन्छ । बृद्ध तथा हिड्न समस्या हुनेहरूलाई त्यहाँ पुग्न अर्को कुनै सजिलो साधन नहुने भएकोले हाल नजाने सल्लाह दिन चहान्छु । तर हिड्न सक्नेहरूको लागि भने जङ्गल, पहाड सिंढीको झराई, थकाईअनि गर्मी पश्चातको चिसो झरना - आनन्द नै बेग्लै छ । 
सिंढी उत्रेर झरना पुग्दा काठमाण्डौको चिसोमा पनि पसिना नै पसिना हुने भएकोले जोसुकैलाई पनि चिसो पानीमा झ्वाम्म हामफाल्ने मन हुन्छ । ठ्याक्क त्यही समयमा तपाईं आनन्दको झरनाको फेदमा पुग्नु हुन्छ । अनि सक्किगो नि! 
पवित्र विष्णुमति नदीको मुहानको रूपमा रहेको यो झरना तीन खण्ड भएर झरेकोछ । करिब ३० फिटको उचाईबाट दुईठाउं ठोकिदै यात्रा गर्ने पहिलो खण्डको फेदको छांगो यहांको एक प्रमुख आकर्षण हो । कार्तिक देखि फागुनसम्म पानी धेरै चिसो हुने भएकोले र पानी समेत घट्ने भएकोले झोरको पूरा मजा लिन पाईन्न । ११:०० बजे पुग्नु भए उत्तम, त्यो बेला घाम तात्दै हुन्छ । त्यसैले समय र महिना मिलाएर जानु होला । 
पहिलो खण्डको फेदमा करिब १० फिट लामो गुफा रहेकोछ । गुफा त्यति सांघुरो छैन, मज्जाले पसे हुन्छ । गुफाको बिच भागमा बौडेश्वर थान रहेको छ । त्यो भन्दा माथी प्वाल छ जसबाट असाध्यै जोखिम मोलेर मात्र माथिल्लो भागमा निस्किन सकिन्छ । म चैं तपाईलाई गुफाको त्यो प्वालबाट बाहिर निस्कन सल्लाह दिन्न । गुफाबाट बाहिर निस्किए पछि देब्रेतर्फको ओडारमा कृष्णवरुणेश्वर (वनमहादेव) को थान अवस्थित छ भने दाहिने तर्फ झरनास्नानको महत्वपुर्ण स्थल छ । लगाएको लुगासङ्गै भिज्ने, खेल्ने, नुहाउने चलन छ यो छाङ्गोमा । म तपाईंलाई एक सेट भित्रिबाहिरी लुगा अतिरिक्त बोकेर जान सल्लाह दिन्छु । 
दोश्रो खण्डमा पहिलो खण्डबाट बगेर आएको पानी करिब २० फिट जति ढुङ्गाको कापबाट भित्र बाहिर हुँदै बग्छ । यहाँ पुग्न केही अप्ठेरो छ । तर पुग्न सकेमा पानीमा चोभिदै घाम ताप्दै बडेमानका ढुङ्गामा पल्टिन खुब आनन्द आउँछ । यसको अन्त भागबाट तेश्रो खण्ड सुरु हुन्छ । बेगले बगेको पानी भिरालोको ढुङामा जोडले ठोक्किदा आकाशतर्फ उडेको मनमोहक दृष्य बिर्सिनसक्नु छ । त्यो पानी झरनाको रूप लिएर ठूलो आधा चिरिएको ईनार जस्तो आकारको ओडारमा झर्छ । यहाँ भिजेर मज्जा लिन पहिलो खण्डभन्दा रमाईलो छ । त्यसैले पहिलो खण्डमा मज्जा लिई सकेपछी कपडा चेन्ज नगरी दोस्रो खण्ड र तेस्रो खण्ड पुग्नुपर्छ ।तेस्रो खण्ड अलि बढी चिसो हुने र सांघुरो पनि हुने भएकोले यहाँ धेर समय नबिताउन ठिक । यसका आसपासमा रेस्टुरेण्ट र पेयिङ्ग चेन्जिङ्ग रूम पनि छन् । कपडा चेन्ज गरेको १५/- रुपैयाँ अलि धेर हो कि ? यो प्रकृया सबै सेवा र वस्तुमा देखियो । 
चुनौती 
===== 
प्रसस्त पर्यटकीय सम्भावना रहेको यस क्षेत्रमा उत्ति नै चुनौतीहरू पनि देखिन्छन् । फोहोर नियन्त्रणका कुनै उपायहरू अपनाईएका छैनन् । वृक्षारोपण र जैविक विविधता संरक्षणमा ध्यान दिईएको छैन । दिगो वातावरणीय संरक्षणका भरपर्दो कार्य भएको देखिदैन । हरियाली क्षेत्र नै सांघुरिने गरि धमाधम घरहरू बन्न थलेका छन् । अधिकृत अनाधिकृत निर्माणले निरन्तरता पाएमा पछि फराकिलो ठाउँ नै नरहेर कुरूप स्थान बन्ने पक्का छ । व्यापकरूपमा जग्गा अधिग्रहण गर्न आवश्यक छ, तर स्थानीय निकायले मात्र त्यो गर्नसक्ला नसक्ला ! संघीय सरकारको प्राथमिकतामा यो पर्ने देखिदैन । अहिलेसम्म मास्टर प्लान छैन । के बनाउने, कस्तो बनाउने - भन्ने सोच्ने नै को हो थाहा छैन ।  
के गर्नु पर्ला? 
========
शीरमा रहेका घरहरूका फोहोर झरनामा मिसिन नदिन मुहान संरक्षण र ढलको व्यवस्था तुरून्त आवश्यक छ । नत्र निर्दोष पर्यटक महामारीको सिकार हुन सक्छन् । मुहानबाट नै पानी धमिलो आउदैछ । माथी तलाउ बनाएर फिसिङ पण्ड पनि हुने र पानी पनि सङ्ग्ल्याउने फिल्टरेसन गर्न सकिन्छ । वरिपरिका जग्गाहरु अधिग्रहण गरि फराकिलो क्षेत्र कायम गरि बारबन्देज समेत हुन जरुरी छ । वच्चाहरू नै आन्तरिक पर्यटनका ड्राइभिङ फोर्स हुन् । त्यसैले त्यहाँ बालउद्यान र एड्वेन्चर प्लेका स्पटहरू निर्माण गर्नु पर्छ । नुहाउने ठाउँलाई प्राकृतिक स्वादमा अलि फराकिलो बनाई छेउमा महिला पुरूषका अलग अलग चेन्जिङ्ग रूम बनाउन सकिन्छ । विशाल विशाल पत्थरहरूको लोभ्याउदो अवस्थितिलाई अविस्मरणीय बनाउन र अन्य ठाउहरूमा समेत कलात्मक सेल्फी स्पट बनाउन पर्छ । काठमाडौमा युवायुवतीका लागि डेटिङ्ग प्लेसहरूको अभाव कम गर्न माथिल्लो भाग र दक्षिणी पाटोमा डेटिङ्ग स्पट बनाउन सकिन्छ । तल्लो समतल क्षेत्रबाट मोनोरेल वा केवलकार चलाउन सकिन्छ । दुईचार वटा फरक फरक स्वादका झोलुङ्गे पुल निर्माण गरेर सानो ठाउँमा थुप्रने भिड बाड्न सकिन्छ । यस्ता स्पटहरूलाई आवश्यकता अनुसार सशुल्क बनाउन पनि सकिन्छ । सशुल्क सेवाले संरचनाको संरक्षणमात्र हैन रोजगारी सिर्जनामा र स्थान विशेषको महत्व बढाउन पनि भूमिका खेल्छ । एकाध हेण्डीक्राफ्ट र गिफ्ट पसल चलाउन सकिन्छ । व्यावसायिक बोटानिक गार्डेन र नर्सरी चलाउन सकिन्छ । छेउमा साउना बाथ र मसाज सेन्टर समेत चलाउन सकिन्छ । मुख्य सडकमा ठुलो पार्किङ क्षेत्रको अहिल्यै आवश्यकता देखिसकिएको छ । सिक्किमको राजधानी ग्यान्टोकको एउटा छाङ्गोलाई त्यहाँको सरकारले "झांक्री गुफा" बनाएर वार्षिक लाखौं पर्यटक तान्ने गरेको छ । म टोखा नगरप्रमुखलाई एकपटक सिक्किम जान पनि आग्रह गर्छु । लगानी त आवश्यक पर्छ, तर त्यो उठ्छ पनि, आंशिक ऋण लिएर पनि गर्न सकिन्छ । बकम्फुसे सर्वज्ञ ज्ञाता महङ्गा कन्सल्टेण्ट(?) सङ्ग होइन, पर्यटन व्यवसायीहरूसङ्ग अझ बढी आईडिया हुन्छन् । अन्तरकृयाबाट शुरू गरौं, यसमा खर्च लाग्दैन, तर अर्बौंको जुक्ती निस्कन्छ । 
नेपाल हाम्रै पालोमा बन्छ । 
२०७६/०६/२६
काठमाडौ ।
#jhor_waterfalls, #jhor, #waterfalls, #visit_nepal_2020, #travel_kathmandu, #hello_tokha, Tokha Nagarpalika Six, @Tokh municipality, टोखा उद्योग बाणिज्य संघ, टोखा नगर बिकाश अभियान, हेल्लो टोखा नगरपालिका






















Saturday, August 31, 2019

नेपाली भाषी हुनुको पीडा र भारतमा नागरिकता

भारतमा पहिलो पटक नागरिक दर्ता कार्य NRC (National Register of Citizens) आसाम राज्यबाट शुरुवात भएको छ भने सबै राज्यमा नागरिकता लागू गर्न माग हुन थालेको छ । । आज आएको उक्त NRC रेपोर्ट अनुसार १९ लाख भन्दा बढी आसमेहरु गैरभारतीय (विदेशी) ठहर भएका छन् । आसाममा ७ लाखभन्दा ठूलो सङ्ख्यामा रहेका नेपाली भाषीहरूको अवस्था प्रष्ट नभए पनि केही महिना अघि गृहमन्त्री राजनाथ सिङ्घले उनीहरू विदेशी नहुने आश्वासन दिएका थिए । सन् १९५० को नेपाल भारत सन्धिमा "दुबै देशका वासिन्दा एकार्को देशमा स्वतन्त्रतापूर्वक घुम्न, सम्पत्ती राख्न, रोजगारी र व्यवसाय गर्न पाउने" व्यवस्था रहेकोले "जति वर्ष बसे पनि नेपाली भाषीहरू भारतको नागरिक हुन नसक्ने" तर्क चलिरहेको समयमा राजनाथको भनाईले नेपाली भाषी समुदायमा पलाएको आशा वास्तविकतामा परिणत भए नभएको हेर्न भने बांकी छ । विश्व युद्ध लड्दालड्दै उतै बस्न पुगेका हुन् वा अंग्रेज़को राज्य विस्तारले एकै रातमा मुलुक खोसिएर विदेशी हुन पुगेका भारत, भुटान, बर्मा र सिक्किम (अहिले भारत) का आधा करोड बढी नेपाली भाषीहरू लामो अवधीदेखी पहिचानको संघर्षमा रहनु परेकोछ । अहिले "ग्रस ह्यापिनेस इन्डेक्स" र "शान्ती" को दुहाई दिने भुटानले सन १९९० मा १ लाख बढी नेपाली भाषीलाई बिचल्ली बनाई धपाएको थियो । आसाम, मेघालय, मणिपुर आदि भूमिबाट लखेटिएका लाखौ नेपाली भाषीहरू नेपाल लगायतका मुलुकहरूमा विस्थापित छन् । देश हडप्नेहरूले नै त्यहाँका बासिन्दाहरूलाई विदेशी भनेर धपाउने दुर्भाग्य विश्वमा नेपाली बाहेक कमै जातिले बेहोर्नु परेको छ । प्यालेस्टिनी, हुत्सी, यहुदी, रोह्ङिया, सिरियन, मेक्सिकन आदिका लागि आवाज उठाउने विश्व समुदाय नेपाली भाषीका पिडामा मौन बस्ने गरेको छ । अरु मुलुकहरू भने सजातीयको रक्षाको लागि कुट्नितिक प्रयासमा सदैव अगाडि देखिन्छन् । भारतको NRC ले नेपाली भाषीलाई पार्ने असरको सम्बन्धमा हाम्रो मुलुकले सचेत हुन जरुरी छ । यसपटक कुट्नितिक परिप्क्वता देखाउन नसके थामिनसक्नुको दुर्घटनाको बाटो खुल्ला रहनेछ । १४ भदौ, २०७६

Wednesday, August 7, 2019

मेरे रश्के क़मर

ऐसे लहरा के तू रूबरू आ गयी
ऐसे लहरा के तू रूबरू आ गयी
धड़कने बेतहाशा तड़पने लगीं

धड़कने बेतहाशा तड़पने लगीं
तीर ऐसा लगा दर्द ऐसा जगा
तीर ऐसा लगा दर्द ऐसा जगा
चोट दिल पे वो खायी मज़ा आ गया

मेरे रश्के क़मर
मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया
जोश ही जोश में मेरी आगोश में
आके तू जो समायी मज़ा आ गया

मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया
जब नज़र से मिलायी मज़ा आ गया

रेत ही रेत थी मेरे दिल में भरी
रेत ही रेत थी मेरे दिल में भरी
प्यास ही प्यास थी ज़िन्दगी ये मेरी
प्यास ही प्यास थी ज़िन्दगी ये मेरी

ऐसे लहरा के तू रूबरू आ गयी
ऐसे लहरा के तू रूबरू आ गयी
धड़कने बेतहाशा तड़पने लगीं

धड़कने बेतहाशा तड़पने लगीं
तीर ऐसा लगा दर्द ऐसा जगा
तीर ऐसा लगा दर्द ऐसा जगा
चोट दिल पे वो खायी मज़ा आ गया

मेरे रश्के क़मर
मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया
जोश ही जोश में मेरी आगोश में
आके तू जो समायी मज़ा आ गया

मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया
जब नज़र से मिलायी मज़ा आ गया

रेत ही रेत थी मेरे दिल में भरी
रेत ही रेत थी मेरे दिल में भरी
प्यास ही प्यास थी ज़िन्दगी ये मेरी
प्यास ही प्यास थी ज़िन्दगी ये मेरी

आज सेहराओं में इश्क के गाँव में
आज सेहराओं में इश्क के गाँव में
बारिशें घिर के आई मज़ा आ गया

मेरे रश्के क़मर
मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया

ना अनजान हो गया हम फ़ना हो गए
ऐसे तू मुस्कुरायी मज़ा आ गया

मेरे रश्के क़मर तूने पहली नज़र
जब नज़र से मिलायी मज़ा आ गया
जब नज़र से मिलायी मज़ा आ गया

बर्क सी गिर गयी काम ही कर गयी
बर्क सी गिर गयी काम ही कर गयी
आग ऐसी लगायी मज़ा आ गया

Tuesday, May 7, 2019

भगवान किन रोए?

भक्त:
मैले प्रभुलाई रोएको देखेँ 
कुन रापले हो, के पर्‍यो पीर !
भुल गरेँ कुनै पाप गरेँ कि
भनिदेउ प्रभु मेरो मन भो अधीर ।

भगवान:
दान दियौ बडो शान दिएर
मेरो बास् - 'दु:खीको आङ्ग' छ नाङ्गो
याचना गर्दैछन् 'भोका पेट'
होमहोमादिको स्वाङ्ग छ तिम्रो
बृद्ध पितामह आश्राम भित्र
महल ठड्यायौ झुक्यो शीर
यही रापले रोएँ यही हो पीर ।

जग चराचर बास थ्यो मेरो,
ठूला राम्रा मन्दिर बनायौ ।
भोग आरतीको फन्दा कसेर,
मन्दिर भित्र बन्दी बनायौ ।
बाहिर चलायौ पापको राज,
निर्धा ठगेर के बन्यौ वीर !
यही रापले रोएँ यही हो पीर ।

होली पूर्णीमा
६ चैत्र, २०७५
राधेराधे, ठिमी ।

Friday, March 22, 2019

भद्रपुर सरोकार समाज, काठमाडौंको विधान २०७५

भद्रपुर सरोकार समाज, काठमाडौंको
विधान २०७५
प्रस्तावनाः
झापा जिल्ला, भद्रपुर नगरपालिका स्थायी ठेगाना भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार, पेशा, व्यवसाय तथा नोकरी गरी बसोबास गर्दै आएका व्यक्तिहरुले संस्थागत रुपबाट उपत्यकामा बसोबास गर्ने भद्रपुर निवासीको सर्वोत्तम हित, सम्मुन्नति तथा बौद्धिक स्तर वृद्धि गर्दै आपसी सद्भाव र भाईचारा अभिबृद्धि एवं समग्र भद्रपुर नगरपालिकाको सामाजिक, आर्थिक, शैक्षिक सांस्कृतिक, व्यावसायिक तथा वातावरणीय विकासमा टेवा पु¥याउन एक विशुद्ध गैर राजनीतिक अवधारणामा राष्ट्रको वर्तमान कानूनी संरचना अन्तर्गत भद्रपुर सरोकार समाज, काठमाडौं नामको संस्था गठन गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन, २०३४ अनुसार “भद्रपुर सरोकार समाज, काठमाडौंको बिधान २०७५” तर्जुमा गरिएको छ ।

परिच्छेद –१
प्रारम्भिक 
१. संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र तथा प्रारम्भ ः
(क) संस्थाको नामः यस संस्थाको नाम “भद्रपुर सरोकार समाज, काठमाडौं” रहनेछ । अंग्रेजीमा क्इऋक्ष्भ्त्थ् इँ द्यज्ब्म्च्ब्एग्च् रहनेछ ।
(ख) संस्थाको कार्यालय रहने ठेगानाः
यस संस्थाको कार्यालय काठमाण्डौ जिल्ला का.म.पा. वडा नं. १० बानेश्वरमा रहनेछ ।
(ग) संस्थाको कार्यक्षेत्रः
यस संस्थाको कार्य क्षेत्र काठमाण्डौ जिल्लामा हुनेछ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल भर कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।
(घ) प्रारम्भ ः
यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
(ङ) संस्थाको अस्तित्व ः
यो संस्था एक अविछिन्न उत्तराधिकारवाला संगठित, स्वशासित, गैर–नाफामूलक, गैर राजनीतिक सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गरिने कार्य गरिने छैन ।

२. परिभाषा ः
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ः
(क) “विधान” भन्नाले भद्रपुर सरोकार समाज, काठमाडौंको विधान सम्झनु पर्दछ ।
(ख) “संस्था” भन्नाले भद्रपुर सरोकार समाज, काठमाडौ सम्झनु पर्दछ ।
(ग) “कार्य समिति” भन्नाले यस विधान बमोजिम गठित भद्रपुर सरोकार समाज, काठमाडौंको कार्य समिति सम्झनु पर्दछ ।
(घ) “कोष” भन्नाले यस संस्थाको कोष सम्झनु पर्दछ ।
(ङ) “ऐन” भन्नाले संस्था दर्ता ऐन, २०३४ सम्झनु पर्दछ ।

(च) “साधारण सभा” भन्नाले विधान बमोजिम संस्थाको विशेष साधारण सभा वा वार्षिक साधारण सभा सम्झनु पर्दछ ।
(छ) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारी सम्झनु पर्दछ ।
(ज) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियममा उल्लेखित कुरा सम्झनु पर्दछ ।

३. संस्थाको छाप र चिन्ह ः
  प्रचलित व्यवस्थाको प्रतिकुल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह तोकिए बमोजिमको ढाँचामा हुनेछ । तर संस्थाको नाम छाप, र चिन्ह पूर्व दर्ता भएको कुनै संस्थासँग मेल खाएमा संशोधनको प्रक्रियाद्वारा तुरुन्त संशोधन गरिनेछ ।

परिच्छेद –२
उद्देश्यहरु 

४. संस्थाको उद्देश्य ः–
नेपाल सरकारको प्रचलित कानून एवं नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसँग समन्वय कायम राख्दै देहाय अनुसार गर्नु नै यस समाजको उद्देश्य रहनेछ ः
(१) मुनाफारहित र हितकारी प्रतिष्ठित सामाजिक संस्थाको रुपमा स्थापित हुनु ।
(२) झापा जिल्ला, भद्रपुर नगरपालिका (साविकका भद्रपुर नगरपालिका, पृथ्वीनगर गाविस, महेशपुर गाविस र चन्द्रगढी गाविस) मा स्थायी बसोबास भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार व्यवसाय तथा नोकरी गरी बसेका स्थापित व्यक्तिहरुलाई एउटै थलोमा आबद्ध गर्ने ।
(३) काठमाण्डौ जिल्लामा भद्रपुर घर (द्यजबमचबउगच ज्यगकभ) निर्माण गरी सञ्चालन गर्ने र सोको निरन्तरताका लागि आवश्यक व्यवस्था गर्ने ।
(४) भद्रपुर सरोकार समाज, काठमाडौंसँग आबद्ध सदस्यहरुको प्रत्यक्ष वा अप्रत्यक्ष कार्य वा सरोकारको वा सार्वजनिक हितको निमित्त सहयोग पु¥याउने ।
(५) समग्र भद्रपुरको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, व्यावसायिक र वातावरणीय विकासमा टेवा पु¥याउन यो संस्थाले देहायका काम गर्नेछ ।
(क) नागरिकको स्वास्थ्योपचार सम्बन्धी विविध कार्यहरु गर्ने ।
(ख) भद्रपुर नगरपालिकाका नागरिकहरुको आर्थिक सम्मुनतिका लागि कृषि, उद्योग, व्यापार, व्यवसाय सुदृढिकरण तथा विस्तार गर्न गराउन टेवा पु¥याउने ।
(ग) सामाजिक जन जीवनलाई दुषित हुनबाट बचाउनका साथै भद्रपुर नगरपालिकाको अहम सांस्कृतिक धरोहरलाई सुरक्षित तथा सम्बद्र्धन गर्न कार्यरत रहने ।
(घ) भद्रपुर नगरपालिकाको शैक्षिक अभिवृद्धिका लागि कार्यरत रहने ।
(ङ) भद्रपुर नगरपालिकाको विकास निर्माणका लागि भद्रपुर नगरपालिकाबाट काठमाण्डौ आउने प्रतिनिधि मण्डललाई (म्भभिनबतष्यल) माग भएमा आवश्यक सहयोग पु¥याउन सहजकर्ता (ँबअष्ष्तिबतयच) को कार्य गर्ने ।

५) संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः
माथि उल्लिखित उद्देश्यहरु प्राप्त गर्न संस्थाले देहायका कार्यहरु गर्नेछ ः–
(क) प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमती वा इजाजत प्राप्त लिनु पर्ने भएमा सो प्राप्त गरेर मात्र आफ्नो उद्देश्यहरु कार्यान्वयन गर्ने ।
(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने र कम्प्युटर, टेलिफोन, टाइप राइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्ने वा भाडामा लिई प्रयोग गर्ने ।
(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गरी कामकाजमा लगाउने ।

परिच्छेद–३
सदस्यता

६) सदस्यको योग्यता ः
(क) १८ वर्ष उमेर पुगेको नेपाली नागरिक,
(ख) मानसिक स्थिति ठिक भएको,
(ग) फौजदारी अपराधको अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको ।


७) सदस्यको प्रकार ः
(क) संस्थापक सदस्यः
यो विधान नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता हुनु अगावै देखि संस्था स्थापना गर्ने प्रक्रियामा संलग्न रहेका माइन्यूटमा नाम उल्लेख भएका व्यक्तिहरु यस संस्थाको संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरुले साधारण सदस्यता प्राप्त गरिसकेपछि मात्र साधारण सभामा भाग लिन पाउने छन् ।
(ख) साधारण सदस्यः
यो विधानको दफा ९ बमोजिम सदस्यता प्राप्त गर्ने व्यक्तिहरु संस्थाको साधारण सदस्य हुनेछन् ।
(ग) मानार्थ सदस्य ः
संस्थाको उद्देश्य परिपूर्तिको लागि महत्वपूर्ण योगदान पु¥याएका र प¥याउनु हुने सम्मानित व्यक्तित्वलाई कार्य समितिले मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । यस किसिमको सदस्यता प्राप्त गर्ने व्यक्तित्वलाई कुनै किसिमको शुल्क लाग्ने छैन ।
(घ) आजीवन सदस्य ः
यस संस्थामा आजीवन आवद्ध हुन चाहने व्यक्ति, संघ, संस्था आदिलाई रु. ५,०००÷– दस्तुर लिई यस किसिमको सदस्यता प्रदान गर्न सकिनेछ ।
(ङ) संस्थापक सल्लाहकारः
यो विधान विधिवत दर्ता हुनु अगावै देखि संस्था स्थापना गर्ने प्रक्रियामा संलग्न रहनु भएका सल्लाहकारलाई संस्थापक सल्लाहकार भनिनेछ । कार्य समिति तथा परिषदले संस्थापक सल्लाहकारहरुलाई आफ्नो बैठकहरुमा सहभागी गराउन सक्नेछ । संस्थापक सल्लाहकारले साधारण सदस्यता लिनु पर्नेछ । संस्थापक कार्यसमितिका सदस्यहरु पदाधिकारी नरहेको अवस्थामा स्वतहः संस्थापक सल्लाहकार हुनेछन् ।
(च) सल्लाहकार ः
कार्य समितिको निर्णयबाट झापा जिल्लाको कुनै प्रतिष्ठित व्यक्तिलाई संस्थाको सल्लाहकार सदस्यता प्रदान गर्न सकिने छ ।
(छ) मानार्थ सदस्य संस्थाको बैठक वा साधारण सभामा निमन्त्रणा भए बमोजिम उपस्थित हुन सक्नेछन् । तर उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने छैनन् ।

८. साधारण सदस्यताको अयोग्यता ः–
साधारण सदस्यताको अयोग्यता सम्बन्धी निर्णय गर्ने अधिकार कार्य समितिलाई हुनेछ । कनै पनि सदस्यको सदस्यता समाप्त गर्नु भन्दा अघि कार्य समितिले सुनुवाईको मौका दिनेछ ।

९. सदस्यताको प्राप्ती र समाप्ती ः
देहायको अवस्थामा सदस्य प्राप्ती र समाप्ती हुनेछ ः–
९.१ झापा जिल्ला, भद्रपुर नगरपालिका स्थायी बसोबास भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार, पेशा व्यवसाय तथा नोकरी गरी बसोबास गरेका व्यक्तिहरुले विधानको दफाको प्रक्रिया पुरा गरी संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् ।
९.२ यो संस्थाको सदस्यता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिहरुले रु.५००÷– प्रवेश शुल्क र रु ५००÷– सदस्यता शुल्क संलग्न राखी सदस्यताका लागि अनुरोध गर्नु पर्ने छ ।
९.३ सदस्यता प्राप्तीको लागि संस्थामा आएका अनुरोध उपर आवश्यक छानविन गरी कार्य समितिले आवश्यक निर्णय गर्नेछ ।
९.४ कार्य समितिको निर्णय बमोजिम संस्थाको सदस्यता प्राप्त गरेका व्यक्तिले संस्थामा तोकिए बमोजिमको शुल्क बुझाई संस्थाको विधिवत सदस्यता प्राप्त गर्न सक्नेछन् ।
९.५ प्रत्येक वर्ष रु. ५००÷– बुझाई सदस्यताको नविकरण गर्नु पर्नेछ । तर, मानार्थ र आजीवन सदस्यले सदस्यता नविकरण गरी रहनु पर्ने छैन ।
९.६ देहाय बमोजिमको अवस्थामा संस्थाको सदस्यताको अन्त्य हुनेछ ः
(क) राजीनामा दिएमा ।
(ख) संस्थाको हित विपरीत कुनै कार्य गरेको वा संस्थाको सम्पत्ति हिना मिना गरेको विषयमा संस्थाको साधारण सभामा उपस्थित सदस्यहरुको दुई तिहाई बहुमतले सदस्यताबाट हटाउने निर्णय गरेमा ।
(ग) सदस्यता नविकरण नगरेमा ।
(घ) सदस्यको मृत्यु भएमा ।
(ङ) नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएमा ।
(च) संस्थामा राजनीति गरेको प्रमाणित भएमा ।
(छ) परिषदको निर्णय बमोजिम सदस्य हुन अयोग्य ठहरिएमा ।


परिच्छेद ४
साधारण सभा 

१०. साधारण सभा गठन विधि ः
विधान बमोजिम सदस्यता प्राप्त गरेका यस संस्थाका सम्पूर्ण सदस्यहरु भएको सभालाई साधारण सभा भनिनेछ । साधारण सभा यस संस्थाको सर्वोच्च अङ्ग हुनेछ ।

११. साधारण सभा आयोजना ः
(क) साधारण सभाको अधिवेशन प्रत्येक वर्षमा एक पटक कार्य समितिले तोकेको ठाउँ र मितिमा हुनेछ तर दुई तिहाई सदस्यहरुले कार्य समितिको अध्यक्ष समक्ष साधारण सभा बोलाउन लिखित निवेदन दिएमा विशेष साधारण सभा बोलाउनु पर्नेछ ।
(ख) आवश्यक परेमा साधारण सभा कार्य समितिले तोके बमोजिम अन्य समयमा पनि बस्न सक्नेछ ।
(ग) साधारण सभाको बैठक तोकिएको समयमा अध्यक्षले बोलाउनेछ ।
(घ) साधारण सभाको गणपुरक संख्या कुल सदस्य संख्याको ५१ प्रतिशत हुनेछ ।
(ङ) खण्ड (घ) बमोजिम गणपुरक संख्या नपुगी अर्को पटक बोलाइएको साधारण सभाको गणपुरक संख्या २५ प्रतिशत भए पुग्नेछ ।
(च) कार्य समितिको अध्यक्ष वा निजको अनुपस्थितिमा बरिष्ठ उपाध्यक्षले र बरिष्ठ उपाध्यक्ष नभएको अवस्थामा उपाध्यक्षले र उपाध्यक्ष पनि नभएको अवस्थामा कार्य समितिका उमेरको हिसाबले जेष्ठ सदस्यले साधारण सभाको अध्यक्षता गर्नेछ ।

१२. साधारण सभाको काम, कर्तव्य र अधिकार ः–
(क) कार्य समितिको निर्वाचन गर्ने,
(ख) कार्य समितिलाई आवश्यक सुझाव एवं निर्देशन दिने ।
(ग) संस्थाको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरी पारित गर्ने ।
(घ) सचिवद्वारा प्रस्तुत गरिने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
(ङ) कोषाध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
(च) विधान बमोजिमको अन्य कार्य गर्ने ।
(छ) लेखा परीक्षकको नियुक्ती गर्ने र लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने तथा पारित गर्ने ।
१३. केन्द्रीय परिषद ः–
१३.१ यो संस्थाको कार्य समितिको कामलाई आवश्यकता अनुसार नीतिगत निर्देशन तथा अनुगमन गर्न कार्य समितिबाट संस्थाको साधारण सदस्यहरु मध्ये भद्रपुर नगरपालिकाको विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी मनोनयन हुने २० जनाका साथै कार्य समितिका पदाधिकारी तथा सदस्यहरु स्वतः सदस्य रहने गरी जम्मा ३१ जना सदस्यहरु रहेको एक केन्द्रीय परिषद गठन हुनेछ ।
१३.२ प्रत्येक ३ वर्षमा कार्य समितिबाट परिषदको सदस्यहरुको मनोनय हुनेछ ।
१३.३ कार्य समितिको अध्यक्ष परिषदको पदेन अध्यक्ष हुनेछ ।
१३.४ परिषदको बैठक प्रत्येक वर्ष कम्तीमा २ पटक बस्नु पर्नेछ ।
१३.५ परिषदको बैठक अध्यक्षको निर्देशनमा कार्य समितिको सचिवले बोलाउने छ ।
१३.६ परिषदको सचिवालयको काम कार्य समितिको सचिवले गर्नेछ ।
१४. केन्द्रीय परिषदको काम कर्तव्य र अधिकार ः–
१४.१ संस्थाको कार्य समितिले परिषदको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
१४.२ कार्य समितिको काम, कर्तव्य र अधिकारको नियमित अनुगमन गरी आवश्यक नीतिगत निर्देशन दिने ।
१४.३ विधान बमोजिम तोकिएको काम गर्ने ।

१५. कार्यसमितिको गठन ः
(क) कार्य समितिका सदस्यहरु निर्वाचन प्रक्रियाबाट पदपूर्ति गरिनेछ ।
(ख) कार्य समितिमा ११ जना सदस्यहरु निर्वाचित हुनेछन् । निर्वाचित सदस्यहरुले आफू मध्येबाट अध्यक्ष–१, बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष –१, सचिव–१, सहसचिव–१, कोषाध्यक्ष–१, सहकोषध्यक्ष –१ र एक जना पदेद सहित सदस्यहरु ४ रहनेछन् ।
(ग) प्रत्येक ३ वर्षको चैत्र मसान्तमा निजहरुको पदावधि समाप्त भएको मानिनेछ ।
(घ) कार्य समितिको पदावधि ३ वर्षको हुनेछ । निजहरु पुनः निर्वाचित हुन सक्नेछन् । तर उही व्यक्ति लगातार २ कार्यकाल भन्दा बढी अध्यक्ष पदमा रहन पाउने छैन ।
(ङ) अघिल्लो कार्य समितिको निवर्तमान अध्यक्ष कार्य समितिको पदेन सदस्य हुनेछ ।
(च) संस्था दर्ता भएको ६ महिनाभित्र कार्य समितिको निर्वाचन गरी सोको जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।

१६. कार्य समितिको बैठक ः
(क) कार्य समितिको बैठक आवश्यकता अनुसार वर्षको कम्तीमा ६ पटक कार्य समितिले तोकेको ठाउँ र मितिमा बस्नेछ ।
(ख) ५१ प्रतिशतसम्मको उपस्थितीमा बैठकको गणपुरक संख्या पुग्नेछ ।
(ग) कार्य समितिको निर्णय बहुमतबाट हुनेछ । मत बराबर भएमा अध्यक्षको मत निर्णायक हुनेछ ।

१७. कार्य समितिको काम कर्तव्य र अधिकार ः–
(क) विधान अन्तर्गत रही आवश्यकता अनुसार नियमहरुको तर्जुमा गर्ने ।
(ख) आफ्नो कार्य अवधि भरका लागि उपयुक्त व्यक्तिहरु सम्मिलित समिति, उपसमितिको गठन गर्ने र आवश्यकता अनुसार कामको बाँडफाँट गर्ने ।
(ग) संस्थाको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
(घ) कोष सञ्चालन गर्ने र संस्थाको वार्षिक बजेट स्वीकृत गर्ने ।
(ङ) सम्बन्धित विषयमा सभा, समारोह, छलफल, अन्र्तक्रिया, विचार गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन र आयोजना गर्ने ।
(च) संस्थालाई आवश्यक पर्ने कर्मचारीहरु नियुक्त गर्ने, नियुक्त कर्मचारीहरुको सेवा, सुविधा तथा अन्य कुराहरु तोक्ने ।
(छ) साधारण सभाबाट पारित भएका कुराहरुलाई कार्यान्वयन गर्ने ।
(ज) विधान बमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।
(झ) संस्थाको लागि सहयोग उपलब्ध गराउने ।
(ञ) चल अचल सम्पतिको हिसाब किताब दुरुस्त राख्ने ।
(ट) रिक्त हुन आउने पदका सम्बन्धमा साधारण सभा सदस्यहरु मध्येबाट कार्य समितिले बाँकी अवधिको लागि मनोनयन गर्ने ।
(ठ) विशेष कार्य सम्पादन गर्न आवश्यकता अनुसार अधिकार प्रत्यायोजन गर्ने ।
(ड) केन्द्रीय परिषदमा आवश्यक सदस्यहरुको मनोनयन गर्ने ।
(ढ) संस्थाको काम कारवाहीलाई सरल तथा पारदर्शी बनाउन विभिन्न समिति उपसमितिहरुको गठन गरी त्यस्ता समिति तथा उपसमितिको काम कर्तव्य र अधिकार निश्चित गर्ने ।

१८. कार्य समितिका पदाधिकारीहरुको पदावधि समाप्ति ः
देहायको अवस्थामा कार्य समितिको पदावधि समाप्त हुनेछ ।
(क) राजिनामा दिएमा ।
(ख) साधारण सदस्य नरहेमा ।
(ग) मृत्यु भएमा ।
(घ) बिना सुचना वा बिना कारण ३ पटकसम्म लगातार बैठकमा अनुपस्थित रहेमा ।


परिच्छेद–५ 
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार

१९. कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः
कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१. अध्यक्ष ः
(क) संस्थाको प्रमुखको रुपमा कार्य गर्ने तथा नेतृत्व प्रदान गर्ने ।
(ख) साधारण सभा तथा कार्य समितिको बैठकको अध्यक्षता गर्ने ।
(ग) बैठकमा कुनै विषयमा मत बराबर भएमा निर्णायक मत दिने ।
(घ) संस्थाको सम्पूर्ण सम्पतिको संरक्षण गर्ने ।
(ङ) संस्थाको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने ।
(च) आवश्यकता अनुसार बैठक बोलाउने ।
(छ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँटफाँट गर्ने ।

     २. बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष ः
(क) अध्यक्षको काममा सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्षले र निज पनि अनुपस्थित रहेमा उपाध्यक्षले कार्यबाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने ।
(ग) अध्यक्षद्वारा प्रत्यायोजित भएका अन्य सम्पूर्ण कार्य गर्ने ।
(घ) तोकिएको समयमा अध्यक्षले बैठक नबोलाएमा बरिष्ठ÷उपाध्यक्षले बैठक बोलाउन सक्नेछ ।
     ३. सचिव ः
(क) अध्यक्षको सल्लाह र निर्देशन बमोजिम सभा तथा कार्य समितिको बैठक तथा साधारण सभा बोलाउने ।
(ख) बैठकमा छलफलको बुँदाहरु पेश गर्ने, बैठक सञ्चालन गर्ने तथा निर्णयहरुको अभिलेख राख्ने, कार्यान्वयन गर्ने ।
(ग) अध्यक्षको निर्देशनमा रही संस्थाको कार्य सञ्चालन गर्ने ।
(घ) संस्थाको सम्पूर्ण कागजातहरु र छाप जिम्मा लिने ।
(ङ) संस्थाको तर्फबाट गर्नुपर्ने सबै औपचारिक लेखापढी गर्ने ।
(च) माइन्युट बुक जिम्मा लिने ।
(छ) साधारण सभाको बैठकमा संस्थाको प्रगति विवरण र आगामी आर्थिक वर्षको कार्यक्रम पेश गर्ने ।
(ज) संस्थाको विधानको उद्देश्य परिपूर्तिको लागि अध्यक्षले निर्देशन दिए बमोजिम अन्य काम गर्ने ।

    ४ . कोषाध्यक्ष ः
(क) संस्थाको लेखा दुरुस्त राख्ने तथा आर्थिक कोष सञ्चालन गर्ने र जिन्सी सामानको रेकर्ड अध्यावधिक राख्ने ।
(ख) साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्ने ।
(ग) वार्षिक आय व्ययको विवरण तयार गरी लेखा परिक्षण गराउने ।

    ५. सहसचिव ः
(क) सचिवको अनुपस्थितिमा निजका कार्यहरु गर्ने ।
(ख) सचिवालयको कार्यमा सचिवलाई सहयोग गर्ने ।
(ग) सचिवद्वारा जिम्मा लगाईएका अन्य कार्यहरु गर्ने ।
    ६. सहकोषाध्यक्ष ः
(क) कोषाध्यक्षको अनुपस्थितिमा निजका कार्यहरु गर्ने ।
(ख) कोषको अभिलेख र व्यवस्थापन सम्बन्धी कार्यमा कोषाध्यक्षलाई सहयोग गर्ने ।
(ग) कोषाध्यक्षद्वारा जिम्मा लगाईएका अन्य कार्यहरु गर्ने ।
   ५. सदस्यहरु ः
(क) कार्य समितिले तोके बमोजिमको कार्य गर्ने ।
(ख) संस्थाको कार्यक्रमहरुको रेखदेख गर्ने ।
(ग) विधान बमोजिमको अन्य कार्य गर्ने ।
   ६. राजीनामा ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समितिमा र अन्य पदाधिकारी वा सदस्यहरुले अध्यक्ष समक्ष राजीनामा दिई अवकास लिन सक्नेछन् ।

परिच्छेद ६ 
आर्थिक प्रबन्ध

२०. संस्थाको आर्थिक श्रोत निम्न बमोजिम हुनेछ ः
(क) संस्थाको सम्पूर्ण चल अचल सम्पति रहेको एउटा कोष हुनेछ । जसको लेखा सर्वमान्य तथा प्रचलित कानूनको ढाँचामा अद्यावधिक राखिनेछ ।
(ख) संस्थाको आर्थिक स्रोत देहाय बमोजिम हुनेछ ः–
(१) प्रवेश शुल्क तथा सदस्यता शुल्क वापत प्राप्त रकमहरु ।
(२) अध्ययन, अनुसन्धान, परामर्श सेवा लगायतका कार्यक्रमहरुबाट प्राप्त रकमहरु ।
(३) नेपाल सरकारको प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृसंस्थाबाट प्राप्त अनुदान रकमहरु ।
(४) यस संस्था प्रति आस्था राखी कुनै पनि व्यक्तिबाट प्रदान गरीएको नगद तथा जिन्सी सामानहरु ।
(५) सम्बन्धित निकायसँग स्वीकृित लिई संस्थाको तर्फबाट प्रकाशित पुस्तक, पुस्तिका पत्र, पत्रिका प्रतिवेदन आदिको बिक्रीबाट प्राप्त रकमहरु ।
(६) अन्य कुनै रकम ः तर विदेशबाट प्राप्त हुने सहयोग एवं अनुदान रकमहरुको हकमा कानून बमोजिम तोकिएका निकायबाट पूर्व स्वीकृति लिइनेछ ।
(७) संस्थाको स्व–आर्जन तथा अन्य आम्दानी ।

२१. कोष ः
(क) संस्थाको नाममा रहेको चल अचल जायजेथा संस्थाको सम्पति हुनेछ ।
(ख) विभिन्न स्रोतबाट प्राप्त हुने रकम यस समूहको कोषमा जम्मा रहनेछ । यस्ता रकम आवश्यक निर्णय गरी कुनै मान्यताप्राप्त स्थानीय बैंक तथा वित्तिय संस्थामा खाता खोली जम्मा गरिनेछ ।
(ग) कोष तथा बैंक खाता अध्यक्ष वा सचिव मध्येबाट एकजना र कोषाध्यक्ष वा एक जना सदस्य मध्येबाट एकजना गरी जम्मा दुई जनाको संयुक्त हस्ताक्षरद्वारा सञ्चालन गरिनेछ ।
(घ) संस्थाको सम्पतिको परिचालन एवं सञ्चालन व्यवस्था संस्थाले बनाइएको नियम बमोजिम हुनेछ र त्यसको विवरण दुरुस्त राखिने छ ।
(ङ) सदस्यहरुले इच्छाएको प्रयोजनको लागि अक्षयकोषको स्थापना र सञ्चालन गर्न सकिनेछ ।

२२. कोषको रकम खर्च गर्ने तरिका ः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिनेछ ः–
(क) संस्थाको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।

२३. लेखापरीक्षण ः
१. हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र नेपाल सरकारद्वारा मान्यता प्राप्त लेखा परीक्षकद्वारा संस्थाको लेखा परीक्षण गराई सो को प्रतिवेदन स्थानीय अधिकारी, समाज कल्याण परिषद र अन्य सम्बन्धित निकायमा पठाइनेछ ।
२. नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफैं वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाब किताब जाँच गर्न गराउन सक्नेछ ।
३. लेखा परीक्षकको नियुक्ती साधारण सभाबाट हुनेछ । तर प्रथम बार्षिक साधारण सभा नभएसम्म लेखा परीक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।


परिच्छेद ७ 
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्बन्धी व्यवस्था

२४. निर्वाचन सम्बन्धी व्यवस्था ः
(क) यो संस्था स्वीकृत भएको छ महिना भित्रमा नयाँ कार्य समितिको निर्वाचन गराई सोको जानकारी स्थानीय अधिकारीलाई दिइने छ ।
(ख) कार्यसमितिले हरेक ३ वर्षमा निर्वाचन प्रयोजनका लागि एक निर्वाचन समितिको गठन गर्नेछ । जसले निर्वाचन सम्बन्धी प्रचलित व्यवस्था अनुरुप साधारण सभाले साधारण र आजीवन सदस्यहरु मध्येबाट कार्य समितिको निर्वाचन सम्पन्न गर्नेछ ।
(ग) निर्वाचन समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
(घ) निर्वाचन सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम हुनेछ ।
(ङ) निर्वाचन सम्पन्न भएपछि यो समिति स्वतः विघटन हुनेछ ।
(च) निर्वाचन पश्चात रिक्त हुन आउने कुनै पनि पदमा कार्य समितिले बाँकी अवधिको लागि मनोनयन गर्न सक्नेछ । यसरी मनोनित व्यक्ति त्यस पछिका साधारण सभाबाट अनुमोदन भएमा बाँकी कार्यकालका लागि कायम रहनेछ ।
२५. अविश्वासको प्रस्ताव ः
संस्थाको कुनै पदाधिकारी वा सदस्य उपर कारण सहित साधारण सभाका एक चौथाई सदस्यको लिखित प्रस्तावमा साधारण सभा समक्ष अविश्वासको प्रस्ताव पेश हुन सक्नेछ । यस्तोमा तुरुन्त साधारण सभा बोलाइने छ । सम्बन्धित पदाधिकारी वा सदस्यलाई अविश्वासको प्रस्ताव सम्बन्धमा लिखित जानकारी गराई सफाई पेश गर्न ७ दिनको समय दिइनेछ । साधारण सभामा उपस्थित मध्ये २÷३ सदस्यहरुको बहुमतबाट त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पदको व्यक्ति पदमुक्त हुनेछ । निर्वाचित भएको छ महिना नपुगी वा प्रस्ताव विफल भएको छ महिना नपुगी पुनः त्यसै व्यक्ति उपर त्यस्तो प्रस्ताव ल्याइने छैन ।

२६ विधान संशोधन ः
संस्था दर्ता ऐन, २०३४ वा प्रचलित कानून बमोजिम यो विधानको कुनै दफा वा उपदफा संशोधन गर्नु परेमा त्यस्तो संशोधन प्रस्ताव कार्यसमितिको कुनै पदाधिकारी सदस्य वा साधारण सभा सदस्यले कार्यसमिति समक्ष पेश गर्नुपर्नेछ र त्यस्तो प्रस्तावमा कार्यसमितिले समर्थन जनाएमा साधारण सभा समक्ष पेश गरिनेछ । साधारण सभामा उपस्थित कुल सदस्य संख्याको दुई तिहाईबाट विधान संशोधन प्रस्ताव पारित भएमा त्यस्तो संशोधित विधान स्थानीय अधिकारीको स्वीकृति लिएर लागु हुनेछ ।

२७. संस्थाको खारेजी ः
(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ
(२) उपदफा १ बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाब किताब गर्नको लागि एक वा एक भन्दा बढी लेखा परीक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
(३) लिक्विडेटर र लेखापरीक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकी दिए बमोजिम हुनेछ ।
(४) यसरी कारणवश संस्था विघटन घई खारेज भएमा संस्थाको दायित्वको फरफारक  गरी बाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

२८. निष्कृयता ः
यो विधानको कुनै पनि दफा उपदफामा लेखिएका कुनै कुराहरु प्रचलित नेपाल कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

२९. व्याख्या ः
यो विधानको व्याख्या गर्ने अन्तिम अधिकार कार्यसमितिलाई हुनेछ ।

३०. गोप्यता भङ्ग गर्न नहुने ः
यस संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यहरुले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन । कार्यसमितिका पदाधिकारी वा सदस्य तथा साधारण सभाका सदस्यहरुले बैठक वा सभामा असभ्य र अश्लील शब्दको प्रयोग गर्नु हुँदैन ।

३१. राजनीतिमा संलग्न नहुने ः
यस संस्थाले आफ्नो कार्यहरु कुनै पनि राजनीतिक गतिविधिबाट बिल्कुलै अलग्गै रही सञ्चालन गर्नेछ ।

३२. नियम बनाउने ः
यो विधानको अधिनमा रही कार्यसमितिले सदस्यहरुको योग्यता, आचार संहिता तथा सदस्यता प्रदान गर्ने विधि सम्बन्धी तथा अन्य आवश्यक विषयमा नियम वा कार्यविधिहरु बनाई लागू गर्न सक्नेछ ।

३३. कर्मचारी सम्बन्धी व्यवस्था ः
संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनमा कर्मचारी दरबन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

३४. ऐन अनुसार हुने ः
यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम प्रचलित कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

३५. निर्देशनको पालना ः
नेपाल सरकार स्थानीय अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको प्रमुख कर्तव्य हुनेछ ।

३६. तदर्थ समिति ः
१) यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितिको निर्वाचन गराउने छ र सोको जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।
२) प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा कार्य समितिले गरेका काम कारवाहीहरु यसै बिधान बमोजिम भए गरेको मानिनेछ ।

३७. हामी “भद्रपुर सरोकार समाज, काठमाडौं” का निम्न संस्थापकहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीहरुको रोहबरमा विधानमा सहीछाप गर्दछौं ।

Saturday, January 19, 2019

घरघरमा पत्रिका बाँड्ने केटो विश्वको सबैभन्दा धनी

warren buffett wiki hindiको लागि तस्बिर परिणाम
     'वारेन बफेट' लेइला र हावर्ड बफेटका जेठो छोराको रुपमा अमेरिकाको ओमाहामा सन् १९३० मा जन्मिएका थिए । बाबु अमेरिकी कांग्रेसका निर्वाचित प्रतिनिधि र ग्रोसरी पसलका मालिक पनि भएकोले उनको बाल्यकाल दुःखपूर्ण थिएन । बफेटले ७ वर्षको उमेरमा सार्वजनिक पुस्तकालयमा भएको फ्रान्सिस मिनाकरको “१ हजार डलर कमाउने १ हजार तरिका” भन्ने पुस्तक पढ्न पाए । यो पुस्तक पढे पछि उनमा पैसा कमाउने चाहाना बढ्यो । बिहान बेलुका टोल टोल घुमेर रिङ्गले चुईगम, कोकाकोला र वासिङ्गटन पोष्ट भन्ने दैनिक पत्रिका बेच्न थाले । ११ वर्षको उमेरमा सिटी सर्भिसको ३ वटा शेयर किनेर शेयर बजारमा पनि हात हाले । 
     सैलुनमा कपाल काट्न पालो पर्खेर बसेका मनिसहरुको लामो लाईन देखे पछि बफेटको मनमा अनेक बिचार आयो । यी मानिसहरुलाई समय कटाउन कति मुश्किल भएको होला । यिनीहरुलाई समय पनि काट्न सजिलो हुने र मलाई आम्दानी पनि हुने के गर्न सकिएला भन्ने कुरा बफेटको मनमा खेलि रह्यो । सैलुनमा पालो पर्खने यिनै मानिसहरुलाई मनोरञ्जनात्मक खेल खेलाएर पैसा कमाउने बिचार बनाए । पन्ध्र वर्षको उमेरमा नै उनले साथिहरुसँग मिलेर २५ डलरमा पुरानो पिनबल मेसिन खरिद गरे र सैलुनमा राखिदिए । त्यो व्यापार राम्ररी चल्यो । त्यस मेसिनबाट कमाएको पैसाले केही महिनामा नै उनले अन्य सैलुनहरुमा पनि पिनबल मेसिन थपेर ६वटा पु¥याए । पछि एक भुतपूर्व सैनिकलाई पिनबलको सबै व्यवसाय १२०० डलरमा बिक्री गरिदिए । स्कुल पढिनसक्दै उनले आफ्नो कमाईबाट ४० एकर जमिन किनि सकेका थिए । 
     शेयरको लगानीबाट उनलाई शुरुका दिनमा आंशिक सफलता मिल्यो । उनले लगानीलाई नै भविष्यको पेशा बनाउने उद्देश्यले यो विषयमा राम्रो अध्ययन गर्ने मन बनाए । राम्रो विश्वविद्यालयमा पढ्यो भने सबैभन्दा राम्रो ज्ञान पाईन्छ भन्ने उनलाई विश्वास थियो । त्यस समयमा व्यवस्थापन र वाणिज्यशास्त्रको पढाई हुने विश्व कै उत्कृष्ट मध्येको “हावर्ड विश्वविद्यालय” मा पढ्न निवदेन हाले । तर बफेटलाई उक्त विश्वविद्यालयले भर्ना गर्न अस्विकार ग¥यो । उनले त्यस पछिको महत्वपूर्ण विश्वविद्यालय खोजि गरे । शेयर लगनी सम्बन्धी प्रशिद्ध दुई पुस्तक लेख्ने विद्वान प्रो. बेन्जामिन ग्राहमले पढाउने ठाउँमा जाने निधो गरे । यसै सिलसिलामा उनी कोलम्बिया विश्वविद्यालय पुगे र त्यहाँबाट नै अर्थशास्त्रमा स्नातकोत्तर गरे ।
     पढाई सकेपछि उनले एकलौटी वा साझेदारीमा विभिन्न कम्पनीहरुमा लगानी गरे । मिश्रित उपलब्धि हासिल भयो । अनि उनलाई महशुस भयो– अफुले बच्चै देखि जुन व्यवसाय राम्ररी बुझेको हुन्छ, त्यसमा नै केन्द्रित हुनु पर्छ । बच्चामा रिङ्गले चुईंगम, कोकाकोला र वासिङ्गटन पोष्ट बिक्री गरेको सम्झे । त्यसका ग्राहक, व्यापारको स्वरुप, बजार सबै विषयमा उनलाई थाहै थियो । त्यसैले यिनै कम्पनीको शेयरमा बढी केन्द्रित भए । यसबाट उनलाई राम्रो आम्दानी भयो । उनले पछि बर्कसायर हाथवे भन्ने टेक्सटाईल कम्पनी खरिद गरे र पछि यसलाई होल्डिङ्ग कम्पनीको रुपमा विकास गरे । होल्डिङ्ग कम्पनीले शेयर बजारबाट विभिन्न शेयर खरिद गरी बिक्री गर्छ । 
     उनको सबै व्यवसायले सँधै नाफा कमाउँदैन । कहिले काहीँ खरबौं रुपैयाँको नोक्सान पनि भएको छ । तर आफ्नो शेयर लगानी सम्बन्धी व्यवसायलाई आज ८८ वर्षको उमेरमा पनि बफेटले छोडेका छैनन् । उनी विगत २० वर्ष देखि सन्सारका सबै भन्दा धनी ५ मानिसहको सूची भित्र पर्दै आएकाछन् । सन् २०१८ मा उनको सम्पत्तिको कुल मूल्यांकन ९ खर्ब रुपैयाँ जति पुगेको छ ।
     उनी आजका मिति सम्म पनि त्यही ६० वर्ष अघि ३१ हजार डलरमा किनेको घरमा बस्छन् । कार आफै चलाउँछन् । साधारण लगाउँछन् र साधारण खान्छन् । उनले आफ्नो सम्पत्तिबाट झण्डै ४ खर्ब रुपैया बिल एण्ड मेलिण्डा गेट्स संस्थालाई दान दिईसकेका छन् ।
बफेटको एउटा प्रशिद्ध भनाईबाट यो छोटो चिनारी अन्त्य गरौं, “यदि तिमीले नचाहिने सामानहरु किन्दै गयौ भने एक दिन चाहिने समान नै बेच्नु पर्ने दिन आउँछ ।
यस कथाबाट सिक्नु पर्ने लागेको कुनै ३ वटा महत्वपूर्ण कुराहरु तलको कमेन्ट बक्समा लेख्नुहोस् ।

Sunday, January 13, 2019

अनि पो म पनि डा. के.सी. सँग

डा. के.सी. र उनको अभियान
मानिसले ५ रुपैयाँको तरकारी किन्दा मरुञ्जेल मोलमोलाई गर्छ तर डाक्टरको फि र औषधीको मूल्यमा मोलमोलाई गरेको मैले सुनेको छैन । जति भन्छन् त्यति दिएर खुरुक्क बाटो लाग्नु पर्छ । बिरामी परेपछि मर्नु बेस, नत्र घर खेत टक्टक्यार सुकुम्बासी हुनु पर्छ । आम नेपालीको हालत त्यो छ । करोडौं लगानी गरी पाएको डाक्टरको सर्टिफिकेट बोकेर समाज सेवा गर्ने सोच सायदै डाक्टरहरुमा बाँकी रहला । त्यसैले अलिअलि बिमारी भएकालाई पनि नानाथरि डर देखाएर खुनपसिना निचोर्नु अधिकांश डाक्टरहरुको वाध्यता (?) नै बनेको छ । शिक्षा क्षेत्र खुल्ला व्यापार भएको हाम्रो मुलुकमा प्रति विद्यार्थी करोडौं कमाई हुने मेडिकल शिक्षा त लगानीको मुख्य आकर्षण हुने नै भयो । यस्ता अरबौंका सुनालु कुखुरालाई सम्बन्धन दिन वा नियमन गर्न वा संरक्षण गर्न पाउनेले गरेका अनियमितताका सम्बन्धमा बेलाबेला सञ्चार जगत कराउने गरेकै हो । ज्यान जोगाउने डाक्टरलाई ज्यानसँग सौदा गर्ने बनाउन बाध्य पार्ने व्यापारी शिक्षा प्रणालीको विरुद्ध डा. गोबिन्द के.सी.ले चलाएको आन्दोलनले साँच्चै नै आम नेपालीको मन तानेकै हो । 
अति जेहेन्दार गरीब विद्यार्थी खाडीमा शौचालय सफा गर्न जानु परेकोछ भने एउटा अमिर बाबुको मन्दबुद्धि छोरा चैं पैसाको बलमा डाक्टर बनेर मेरो संवेदनशील अंगको अप्रेशन गर्ने ? मानव जीवनसँग सम्बन्धित विषयमा गरिएको यस्तो (अ)व्यवस्थालाई ज्यानमारा किन नभन्ने ? स्वास्थ्य क्षेत्रको ब्रम्हलुटको विषयमा डा. के.सी. अघि सायदै कसैले यो रुपमा जनबहस चलाएको होला । यसका लागि उनी पक्कै पनि धन्यवादका पात्र छन् । 
डा. के.सी. ले सन्तानका लागि अकुत कमाउनु छैन, विलासी जीवन बाँचेको पनि देखिदैन, डाक्टरहरुमा हुनु पर्ने संवेदना र सामाजिक उत्तरदायित्व प्रति पनि उनी सजग नै देखिन्छन् । त्यसैले उनले चलाएको आन्दोलन जानी जानी कसैको पक्षपोषणको लागि होला भन्ने शंका गर्नु उचित लाग्दैन । 
उनको माग जायज लागेकैले होला पटक पटकका सरकारहरुले उनका मागहरु समय समयमा सम्बोधन गर्दै आएका पनि छन् । डा. के.सी.का राम्रा समर्थक मध्येका युवा नेता गगन थापा त निक्कै समय स्वास्थ्य मन्त्री नै बने । उनले पनि सकेको कुरा गरे होलान् । तरपनि आज फेरि गोबिन्द के.सी.को अनशन जारी छ । त्यसैले अनशन कै खोतलखातल नगरी गोबिन्द के.सी. नबुझिने नै भयो ।
आमरण अनशन र प्रजातन्त्र
आफ्नो देशमा प्रजातन्त्र भए पनि बेलायत साम्राज्यवादी देश थियो । बेलायतले उपनिवेश बनाएका राष्ट्रहरुमा घोर निरंकुशता लादिएको थियो । आधुनिक हातहतियारले सुसज्जित बेलायतसँग कमजोर भारतीयले धेरै पटक सशस्त्र बिद्रोह गर्ने प्रयास गरे, तर केही लागेन । भारतलाई ३५० वर्ष भन्दा बढी गुलाम बनाउँने अंग्रेजलाई फिर्ता पठाउन भारतीय सशस्त्र बिद्रोह काम नलाग्ने कुरा भारतका नेता मोहन दाश करमचन्द गान्धीले राम्ररी बुझेका थिए । प्रजातन्त्र भए जनताले भोटबाट अंग्रेजलाई सत्ता च्युत गर्न सक्थे, अंग्रेज त निरंकुश शासन चलाएर बसेका थिए । हिंस्रक जन बिद्रोह उठाउँ भने आफ्नै जनताको नरसंहार हुने निश्चित थियो । अंग्रेज लखेटेर प्रजातन्त्र ल्याउन कम क्षतियुक्त प्रभावकारी उपायको रुपमा गान्धीजीले सत्याग्रह (मुलतः अनशन) को सहारा लिए । अंग्रेजले जेल हाल्दा, लाठि हान्दा र घोर अपमान गर्दा पनि उनको बोलीमा कहिल्यै अशोभनीय र तुच्छ शब्दावली आएनन्, कसैको व्यक्तिगत विरोधमा प्रवचन गरेनन्, गरे त केवल (अ)व्यवस्थाको विरोध गरे, मर्यादित भएर शान्तिपूर्ण हठ लिए । आखिर प्रजातन्त्र प्राप्तिका लागि उनको यो अभियान महत्वपूर्ण सावित भयो । सन् १९४७ अगस्त १५ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भयो । 
स्तन्त्रता पश्चात अगस्त २९ मा भारतमा संविधान मस्यौदा आयोग बन्यो र त्यसका अध्यक्ष भए डा. भिमराव अम्बेडकर । २५ नबम्बर १९४९ का दिन राष्ट्रपति राजेन्द्र प्रसाद समक्ष उनले संविधानको मस्यौदा पेश गरे जसमा आमरण अनशनलाई आत्माहत्या प्रयासको रुपमा परिभाषित गरी दण्डनीय अपराधको रुपमा उल्लेख गरिएको थियो । त्यो समयमा विश्वप्रशिद्ध विश्वविद्यायलय लण्डन स्कुल अफ ईकोनोमिक्सबाट २ विषयमा मास्टर गरेका र विद्यावारिधी गरेका महान विद्वान र दलित मुक्ति अन्दोलनका संस्थापकका रुपमा चिनिने डा. अम्बेडकरले अनशन तानाशाही व्यवस्था विरुद्ध प्रयोग गर्ने औजार भएको र प्रजातन्त्रमा जनताको अभिमत भन्दा ठूलो कुनै कुरा नहुने जिकिर गरेका थिए । प्रजातन्त्रमा राजा देखि रंकसम्मको मूल्य एक भोटमात्र हुने भएकोले जनमतभन्दा न्यायिक व्यवस्था अर्को हुनै सक्दैन भन्ने उनको मान्यता थियो । जनभावना विपरित कार्य गर्नेलाई भोटबाट कडा सजाय दिने खुल्ला बाटो प्रजातन्त्रमा हुन्छ । आफ्ना कुरामा मानिसहरुलाई सहमत बनाउन खुल्ला रुपमा बहस पैरवी र प्रचार प्रसार गर्ने छुट प्रजातन्त्रमा हुन्छ । आफ्ना विचारमा मानिसहरु सहमत नभएसम्म विचारको प्रसार गर्ने र बहुमत मानिस सहमत भए कि भएनन् भनेर जाँच गर्न मतदानमा जाने सुनौलो अवसर पनि प्रजातन्त्रमा मात्र हुन्छ । त्यसैले जनताको मतसँग डराई प्रजातन्त्रलाई अराजक विधिबाट विचलित हुनबाट बचाउन आमरण अनशन जस्तो व्यवस्था गैरकानुनी हुनु पर्ने उनको मान्यता रहेको बुझिन्छ । 
३० जनवरी १९४८ मा नाथुराम गोड्सले गोली हानी गान्धीजीको हत्या गरेपछि गान्धीको लोकप्रियता संसारमा नै चुलियो । गान्धीवादीहरुको ठूलो हिस्सालाई चिढाउन मानासिब थिएन । त्यसैले डा. अम्बेडकरद्वारा प्रस्तावित अनशन विरुद्धको यो व्यवस्थालाई भारतीय संविधान लागु गर्दा परिमार्जन गरियो ।
सिंगापुर र लि क्वान यु
करिब ७०० वर्ग कि.मी.को सिंगापुरमा ४० राजनीतिक पार्टिहरुको लडाईँ, व्यापक भ्रष्टचार, चरम गरिबी यी सबबाट थकित भएर सिंगापुरको संसदले आफ्नो देश मलेशियामा विलय गर्न अनुरोध पठाएको थियो । तर मलेशियाको संसदले त्यो चरम विकृत र लेबरहरुको देशलाई विलय गरेर सस्ता लेबर गुमाउन चाहेन र सिंगापुरलाई आफुमा विलय गरेन । देशको यो चरम दुरदशाबाट छुटकारा दिलाउन सिंगापुरका लि क्वान यु नामका एक नेता कसिए । तर उनले अनशन बसेनन् । देशको अवस्था र सम्भावनाको बारेमा घर घरमा शन्देश पु¥याए, संगठन बनाए, मानिसको चित्त बुझाए, देश विकासको स्पष्ट मार्ग चित्र जनता सामु प्रस्तुत गरे र त्यसमा उठेका सारा प्रश्नहरुको चित्तबुझदो समाधान दिए । मानिसहरुको भ्रम क्रमशः घट्दै गयो ।
उनी प्रति विश्वास बढ्दै गयो । सारा सञ्चार जगत, सम्पन्न समाज र विद्वत वर्गले लि क्वान युलाई भुसुना पनि गनेन् । ३० मे १९५९ को चुनावमा लि क्वान युलाई कसैले पनि गतिलो प्रतिस्पर्धी ठानेन् । तर उनले सिङ्गापुरको विधानसभाको ५१ सिटमा ४३ सिट जितिदिए । त्यस पछिका करिब ३० वर्षमा उनले सिंगापुरलाई तेस्रो विश्वबाट संसारका सबैभन्दा धनी देशमा पु¥याए । जुन सुकै मुलुकका जनतालाई पनि विश्वासिलो, भरपर्दो र दूरद्रष्टा नेता चाहिएको हुन्छ । प्रजातन्त्रमा यस्ता व्यक्तित्वहरुले जनताबाट अनुमोदित हुनै पर्छ ।

ईरोम चानु शर्मिला र सन्सारको सबैभन्दा लामो अनशन
फेरि भारत कै प्रसंग । भारतमा फैलदो सशस्त्र बिद्रोहबाट ठूलो संख्यामा धनजनको क्षति हुन थालेपछि सरकारले सन् १९५८ मा सशस्त्रबल विशेषाधिकार अधिनियम (आफस्पा) जारी गरी मणिपुर, असम, अरुणाचल, मेघालय, नागालैड, मिजोराम, त्रिपुरामा र सन् १९९० देखि जम्मु र कश्मिरमा लागु ग¥यो । यस अधिनियमले सेनालाई जुनसुकै बेला जो सुकैलाई गोलि ठोक्न सक्ने अधिकार दियो । त्यसैको अधिनमा रही २ नवम्बर २००० मा ईम्फालमा सेनाले १० निर्दोष नागरिक मारेको बिरुद्धमा सो अधिनियम खारेजीको माग राखी ४ नवम्बर देखि मणीपुरी मानव अधिकारकर्मी ईरोम चानु शर्मिला आमरण अनशनमा बसिन् । उनको अनशन निरन्तर ९ अगस्त २०१६ सम्म रह्यो । १६ वर्षे यो अनशन नै संसरमा सरकार विरुद्धको सबैभन्दा लामो अनशन मानिन्छ । बीबीसी लगायत पश्चिमा सञ्चारले शर्मिलालाई यति प्रचार गरे कि उनी संसार कै लोकप्रिय मानवाधिकारकर्मी बनिन् । मानवाधिकारवादी र उच्चशिक्षित वर्गले शर्मिलाको आन्दोलनलाई उचाईमा पु¥याए । विभिन्न आन्तरिक र बाह्य प्रहारबाट अशान्त उक्त राज्यहरुमा भारत सरकारले आफस्पा खारेज गरेन बरु निरन्तरता नै दियो । यसबाट सरकारको लोकप्रियता काफि घटेको अनुमान गरिन्थ्यो । केही सञ्चारमाध्यमहरुले त अब पुरातन पार्टीहरुको अवसन नै भएको घोषणा गरे । फेसबुक, ट्वीटर र अन्य सामाजिक सञ्जालमा पुरातन पार्टीहरुको उछित्तो काडिएको हुन्थ्यो र शर्मिलालाई शताब्दि कै महान योद्धा भनी प्रशंसा गरिएको हुन्थ्यो । 
शर्मिलाले १६ वर्षे अनशनले आफूलाई राम्ररी स्थापित गरेको महशुस गरिन् । सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको प्रचार एवं समर्थनले उनलाई आम जनमानसको अभिव्यक्ति बुझ्न सहयोग ग¥यो । पश्चिमा संसार र सारा बुद्धिजिवीहरुले “आईरन लेडी” भनेर खुलेर साथ दिएकोबाट आफु सही भएको विश्वास भयो । यसका साथै, अनशनबाट केही नहुने कुरामा पनि उनलाई ज्ञान भयो । तसर्थ उनले मणीपुर राज्यको मुख्य मन्त्री भएर राजनीतिक रुपमा जनताको यो आवजलाई उठाउने निधो गरिन् । उनको उम्मेद्वारीको घोषणाले विश्वमा नै तरंग ल्यायो । मणीपुर बाहिरका सारा मानिसहरु शर्मिला मुख्य मन्त्री हुनेमा ढुक्क थिए । सन् २०१७ मा चुनाव लडिन् । उनका प्रत्यासी ओकराम ईबोबीले १८,६४९ भोट पाउँदा शर्मिलाले ९० भोट मात्र पाएर चौथो बनिन् । 
शर्मिलाको हारका धेरै कारण होलान् । तर १६ वर्षको अन्तरालमा आम मानिसहरुले आफस्पाको पक्ष र विपक्षमा धेरै अध्ययन गर्न र बुभ्mन पाए । शर्मिला पत्रपत्रिका र फेसबुकको हिरोमा नै सिमित बनिन् । उनलाई प्रजातन्त्र मेरो हठले होईन जनताको भावनाबाट बलियो हुने रहेछ भन्ने बुभ्mन १६ वर्ष लाग्यो ।

अब डा. के.सी.
स्वास्थ्य क्षेत्रको विकृतिको स्रोत नै स्वास्थ्य शिक्षाको व्यापारीकरण हो । यो विकृति अन्त्यको लागि सरकारी संस्थानले मात्र स्वस्थ्य शिक्षा दिन पाउने, प्रत्येक अञ्चलमा कुनै पनि स्तरको कम्तिमा पनि एक सरकारी स्वास्थ्य शिक्षालय हुनु पर्ने, निश्चित (५ देखि १०) वर्ष भित्रमा हालका सबै नीजि मेडिकल कलेजहरु सरकारीकरण गरिनु पर्ने, मेडिकल शिक्षा पूर्णरुपमा निःशुल्क हुनु पर्ने, केन्द्रीय प्रणालीबाट मेरिट बेशिसमा मात्र विद्यार्थी भर्ना हुनु पर्ने, डाक्टरले जहाँसुकै बिरामी जाँचे पनि तलब बाहेक कुनै रकम लिएमा अपराध ठहर हुने, निःशुल्क पढेको डाक्टर विदेश जाने भएमा लागतको दुईगुना रकम तिरेर जान सक्ने, त्यो रकमबाट थप २ जनालाई पढाउने, जेनेरिक औषधीमात्र बिक्री बितरण गर्न पाईने (एउटै काम गर्ने ब्राण्डेड औषधी भन्दा यी औषधीहरु १००० प्रतिशतसम्म सस्तो हुन्छन् ।) अहिलेसम्म आफ्नो रकममा पढेका डाक्टरहरुलाई उचित क्षतिपूर्ति दिई पूर्ण सरकारी सेवामा लगाउने, ती मध्ये विदेश जान चाहानेलाई मौका दिने, सबै मेडिकल एजुकेशनलाई स्वायत्त स्वास्थ्य विश्वविद्यालय स्थापना गरी सो अन्तरगत ल्याउने, स्वतन्त्र प्राज्ञ समाजले उक्त विश्वविद्यालयको व्यवस्थापन गर्ने, कुनै पनि प्राज्ञको राजनीतिक दल विशेषसँग आवद्धता शिद्ध भएमा निजको पदावधि स्वतहः अन्त्य हुने आदि आदि माग हुन सक्दैनन् र डा. के.सी. का ?
नयाँ खुल्ने निजी मेडिकल कलेज चैं अपराधी नै हुन्, तर पुराना चैं पवित्र छन् भन्ने पार्न खोजियो भने डाक्टर के.सी. लाई प्रश्न उठ्न सक्छ । नयाँ मेडिकल कलेज खोल्यो भने काठमाडौंका पुराना ९ वटा मेडिकल कलेजका लागि नयाँ सौता थपिन्छन् भनेर के.सी. थप मेडिकल कलेज खोल्न नदिने पक्षमा छन् भनी हल्ला गर्नेहरुलाई उनको तर्फबाट गतिलो उत्तर आएको छैन । पुराना र आशयपत्र पाएका  (मनमोहन मे.क. लगायत) लाई सरकारीकरण गर्ने कुरा चल्दा गोबिन्द के.सी.ले सबै भन्दा ठूलो बिरोध गरेको सबैलाई थाहै छ । मेडिकल कलेज जति सबै सरकारी मात्रै हुनु पर्ने कुरामा उनको बिमति हुनु अज्ञानता मात्र हो त ? सरकारले मात्र मेडिकल कलेज खोल्ने र मुलुक भरी नै पु¥याउने हो भने शिक्षामा अहिले विनियोजित कुल बजेटको २ गुणा बढी खर्च गर्नु पर्ने अनुमान गरिन्छ । के त्यसो भए सबैलाई स्वास्थ्य शिक्षामात्र पढाउने त ? स्वास्थ्य पढ्न नसक्नेले निरक्षर बस्नु त ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले निजीलाई पनि मानेको होला । सबै स्वास्थ्य शिक्षाको भार सरकारले थेग्न सक्दैन त्यसैले सरकार बाहिरबाट पनि मेडिकल कलेज खोल्नु पर्छ भन्ने अवधारणा हो भने स्वास्थ्य शिक्षालाई निजी भन्दा त सहकारी प्रणालीमा विकास गर्नु समाजवाद उन्मुख व्यवस्था होईन र ? कि संविधानले समाजवाद उन्मुख अर्थव्यवस्था अंगालेकोलाई नै सच्याउनु पर्छ भन्ने डा. के.सी.को आग्रह हो ?
डा. के.सी. लाई हाम्रा नाङ्गा आँखाले नेपालीको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न नेपालको स्वास्थ्य प्रणालीमा आमुल परिवर्तन ल्याउने अठोटका साथ ज्यान जोखिममा राखेर लडेको देखिन्छ । तर, हरेक आन्दोलन पश्चात उनका सहयोद्धाका मुख्य अनुहारहरु फेरिने गरेकाछन् । फेरिएका अनुहारहरुले डा.के.सी.को आन्दोलनबाट कमाएको प्रशिद्धिलाई आफ्नो व्यापार (राजनीति, पेशा, व्यवसाय आदि) भजाएर यथेष्ट लाभ लिएका छन् । डा. के.सी.ले थिति सुधार गर्न उठाएका महत्वपूर्ण मुद्दाहरुलाई पनि कसै व्यक्ति विशेषको नियुक्ति, कारबाही, सरुवा, बढुवा जस्ता प्राविधिक विषयहरुमा केन्द्रित गरी हलुका बनाईएको छ । नेपालको शान्ति प्रकृया सम्पन्न गर्न द्वन्द्वका कति विषयहरुलाई सम्झौतामा टुङ्गाईएको थियो । यी सम्झौताले हामीलाई पक्कै पनि द्वन्द्वमा भन्दा कम नोक्शानी गरेका होलान् । तर, के.सी. अहिले द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नु पर्ने माग लिएर बसेका छन् । निर्मला प्रकरण सभ्य समाजको कलंक हो, त्यसको कारबाही हुनै पर्छ । निर्मलामात्र होईन राजा वीरेन्द्रको वंशनाश गर्ने पहिचान गरि कारबाही गर्नु पर्छ, मदन भण्डारीको हत्यारा पत्ता लगाउनु पर्छ, अझ सुशिल कोईराला र प्रकाश दाहालका मृत्यु माथिका सन्देह मेटाईनु पर्छ । धेरै छ गर्न बाँकी । सबै घटनाका अपराधी सजिलै पत्ता लाग्दैनन्, कोशिस गरिरहनु पर्छ । तर, यो स्वास्थ्य सम्बन्धी नभएर अब राजनीतिक मुद्दा बनिसकेको छ । राजनीतिक आन्दोलन चलाउने राजनीतिज्ञ हुन्छ । त्यसैले बल्ल डा. के.सी. सही पहिचानमा आईपुगेका छन् । प्रशिद्धि आर्जन भई सक्यो, अब सजिलो पनि हुन्छ, उनले राजनीति गर्नु पर्छ र यो अनशनको दिक्दार लाग्दो कथा नदोहो¥याएर साहासका साथ सही चोलामा उभिनु पर्छ । जनताको मतको सामना गर्नु पर्छ ।
डा. के.सी. ! हामी सोझा साझाले त हाम्रालागि ज्यान जोखिममा पार्ने महान नायक भनी तपाईँलाई सेलिब्रेटी बनाई हालियो । तर, तपाईँलाई के थाहा छ भने आधुनिक मेडिकल साईन्सले शर्मिलालाई १६ वर्ष मर्न दिएन भने अनशन बस्दैमा तपाईँलाई मर्न दिने कुरै भएन । त्यसैले तपाईँको यो कदमलाई ‘मर्नु पनि नपर्ने चर्चामा पनि रहिरने चाल’ ठानेर तपाईँ प्रतिको मोहभंग हुने क्रम बढ्दो देखिन्छ । त्यस अघि नै लि क्वान युको बाटो अख्तियार गर्नुहोस् । अनशन होईन अब आफ्ना मागहरु जनताबाट अनुमोदन गराउन चुनावमा आउनु होस् । म शर्मिलाका फेसबुके फ्यानले जस्तो तपाईँलाई धोका दिन्न ढुक्क हुनुहोस् – चुनावमा आउनु भएमा मेरो अमुल्य भोट तपाईँलाई नै । किन भने अनशन जति लामो भयो सहानुभुति र संवेदना त्यति नै हराउँदै गएको विश्व घटनाहरुले पुष्टि गरेकाछन् ।