Saturday, March 7, 2020

म आवारा !

म  मर्दा  रूने  को छ र!
म हाँस्दा को रमाउँछ र?
पिएर  आँशुका  धारा,
हँसाई हिड्दछु सारा ...
म आवारा हुँ आवारा म आवारा ।

रोई  हिड्नेहरूको -
ताँती  भित्र  पस्दछु,
दु:ख खान्छु पीर् पीउँछु,
आकाश मुनि बस्दछु ।
साथी टिम्टिमे तारा....
म आवारा हुँ आवारा म आवारा ।

न फूल्न सक्यो सपनी,
ससग्लो उभ्भी हाँगोमा ।
न बग्न सक्यो जिन्दगी,
निर्बाध खस्ने छाँगोमा ।
काँ बन्न सक्छु साहारा !
म आवारा हुँ आवारा म आवारा ।

२४ फागुन, २०७६
ठिमी, भक्तपुर ।

#Jhalendra Bhattarai

No comments:

Post a Comment