Tuesday, May 7, 2019

भगवान किन रोए?

भक्त:
मैले प्रभुलाई रोएको देखें
कुन रापले हो, के पर्‍यो पीर !
भुल गरें कुनै पाप गरें कि
भनिदेउ प्रभु मेरो मन भो अधिर ।

भगवान:
दान दियौ बडो शान दिएर
मेरो बास दु:खीको आङ्ग छ नाङ्गो
याचना गर्दैछन् भोका पेट
होमहोमादिको स्वाङ्ग छ तिम्रो
बृद्ध पितामह आश्राम भित्र
महल ठड्यायौ झुक्यो शीर
यही रापले रोएं यही हो पीर ।

जग चराचर बास थ्यो मेरो,
ठूला रमाइला मन्दिर बनायौ ।
भोग आरतीको फन्दा कसेर,
मन्दिर भित्र बन्दी बनायौ ।
बाहिर चलायौ पापको राज,
निर्धा ठगेर के बन्यौ वीर !
यही रापले रोएं यही हो पीर ।

होली पूर्णीमा
६ चैत्र, २०७५
राधेराधे, ठिमी ।

No comments:

Post a Comment