हो.................
श्रीकृष्ण अनादि अक्षरातीत प्रभु !
चरणमा माँगु कसोरी म ठाऊँ ।
डुबेको छ जीवन पाप पोखरीमा,
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................
मेरो मेरो भन्दै जीवन यो बित्यो !
हित कसैको गर्दै गरिन ।
भोग, विलास र लोभले जित्यो;
निर्धा भोकाको पेट भरिन ।
कुकर्मले पोतिएको कालो मन यो,
लिएर म मन्दिर कसोरी धाऊँ ?
डुबेको छ जीवन पाप पोखरीमा,
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................
अर्थ र अस्त्रले दुनियाँ जलाँए
भगवत ज्ञान र शास्त्र पढिनँ,
छोडेर वेद म टुप्पोमा पलाँए !
सुमतिको बाटोमा कहिल्यै बढिनँ ।
भक्ति भजनमा फुरसत् नहुने म
तिम्रो समय कसोरी मिलाउँ ?
डुबेको छ जीवन पाप पोखरीमा,
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो ..........…........
१४ फागुन, २०८१
राधेराधे, भक्तपुर ।
No comments:
Post a Comment