Thursday, March 26, 2020

मेरो सुख
======
आफ्नै दुई आखाबाट त सन्सार फरक फरक देखिन्छ, सन्सारका ७ अर्ब मान्छेका १४ अर्ब आखाले एउटै दृश्य देख्नु पर्छ भनेर आग्रह राख्नु नै दु:ख हो । अर्थात; अपेक्षा दु:ख हो ।
शुन्यमा सुख हुन्छ । आफू मिटाउनु शून्य हो । मैले आफुलाई मिटाउन सकिन त्यसैले सुखी हुन सकिन । तर, दु:खी छैन, किन भने कसैसङ्ग कुनै अपेक्षा छैन ।
सम्झौता त सुख र दु:खबीचको सिमानामात्र हो ।
हरेक मान्छे बुद्ध वा गान्धी हुन सक्दैन । आम मानिससग २ वटा मात्र विकल्प छन: १. सुखी हुन नसक्नु वा २. दु:खी हुनु ।  तपाईं कहाँ पर्नु हुन्छ?  त्यो अरुले थाहा पाउने कुरा नै होइन ।
हरेक पल आफ्नो पोजिसन सोच्नु र  तेश्रो विकल्प खोज्नुलाई साधना भनिएको हो । ध्यान चै आत्मा निरीक्षण हो । साधना र ध्यान पनि सुख प्राप्त गर्ने साधन मात्र हुन । फेरि पनि साध्य त सुख हो । तर सुखको आग्रह झन ठूलो दु:ख हो । त्यसैले शुन्य बाहेक कतै सुख छैन ।
कुण्ठा दु:ख हो । कुण्ठा दबाउन मुस्कुराउनुले पनि सुख सिर्जना गर्दैन । त्यो मुस्कान अझ ठूलो दु:ख हो । बिजय झन बिकराल दु:ख हो, किनभने बिजय जहिले पनि सुरुवात मात्र हुन्छ । बिजयको अन्त्य खोज्दै जादा दु:खबाट कहिल्यै बाहिर आउन सकिदैन । त्यसैले हरेक आग्रह भन्दा टाढा.... शुन्य जस्तो सुख कतै छैन ।

No comments:

Post a Comment