Wednesday, May 6, 2015

साईत बिग्रिएको मान्छे !



साइत हेरी निस्के पनि सडकमा बिराला छन्।
जति हिंँडू जिन्दगीका बाटाहरु भिराला छन्।
भाविलाई गाली गरेँ, देवतासँग रिस उठ्यो !
तर आफ्नै निधारका पाटाहरु निराला छन्।
जस्तो हुन्छ काकाकूल खडेरीका फाँटहरू,
मुर्झाउँदै छन् सपनी मै निर्धा बनी आँटहरू।
पराईलाई खुसी पारी आफ्नो कहाँ बन्ने रैछ !
उपहार आँसु दियौ, गीत मानेँ, सुरिला झन् !
कहाँ सिक्नु कता पढ्नु खुसी फल्ने पाठहरु ?
कसोगरी छुट्ने होला जवानीमा घाटहरू !
बिगतलाई बिर्सिएर, आगतलाई कल्पिएर,
केमा चित्त बुझाउँ म ? हेराई नै धारिला छन्।
(२१ कार्तिक,२०७०/काठमाडौँ)

No comments:

Post a Comment