Thursday, January 5, 2017

गफाडी साला !

नेपालमा कति धेरै सम्भावना छ । तर पनि हाम्रो मुलुकलाई धनी बन्नको लागि के ले रोकेको होला ? मुलुकदेखि निराश भएका युवाहरुलाई उर्जा भर्न म भन्दै थिएँ -
• नेपाल “वर्ड वाचर्स प्याराडाईज” को सूचीमा परेको,
• ८ हजार मि. माथिका १७ वटा, ७५०० माथिका थप ४० वटा, ६ हजार मि. माथिका १२५३ वटा, ५५०० माथिका ६०३ गरी १९१३ उच्च चुचुराहरु रहेको,
• सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका उच्च शिखरहरु रहेको,
• विश्वकै उच्चस्थानमा रहेको तिलिचो ताल,
• नेपालकै गहिरो सेफोक्सुण्डो,
• नेपालको सबैभन्दा ठूलो ताल रारा ,
• संसारमै सबैभन्दा फराकिलो उच्च स्थानमा रहेको भञ्ज्याङ “थोराङला पास” (५४१६ मि.)अन्नपूर्ण पदमार्ग,
• विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी ,
• साना ठूला गरि करिब 6000 वटा नदिहरु,
• एभरेष्ट–गोक्यो ट्रेकिङ रुट,
• 4500 कि मि लम्बाइ रहेको विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल ‘ ,
गोसाईकुण्ड रहेको लाङटाङ–हेलम्बू ट्रेकिङ रुट,
• दुईवटा आठ हजार मिटरभन्दा माथिका शिखरहरु धवलागिरी र अन्नपूर्ण प्रथम विचमा रहेको विश्वकै गहिरो खोंच “कालिगण्डकी गर्ज” ,
• संसारकै दुर्लभ र नेपालमा मात्र पाईने एकसिङ्गे गैंडा ,
• संसारकै दुर्लभ र नेपालमा मात्र पाईने काँडे भ्याकुर,
• नेपाल र भारतमा मात्र पाईने १ सय २४ घडीयाल गोही नेपालका विभिन्न नदीमा रहेको,
• छ हजार पाँच सय भन्दा बढि प्रजातिका वनस्पतिहरु रहेकामा ७ सय प्रकारका वनस्पति जडीबुटीजन्य,
• थरिथरिका सुनाखरी तथा विभिन्न प्रजातिका गुराँस लगायतका अन्य पुष्प,
• आठ सय पचास भन्दा बढि प्रजातिका पुतलीहरु,
• ८७१ प्रजातीका चराचुरुङ्गि प्रजाति,
• २१ प्रजाती लाटोकोसेराहरु,
• विश्वका लगभग ५००० प्रजातिका स्तनधारी प्रजातिहरुमध्ये नेपालमा २०८ किसिमका प्रजातिहरु,
• कृष्णसारका लागि प्रख्यात बर्दिया रा . नि . ,
• बाह्रसिंगेका लागि प्रख्यात शुक्लाफाँटा रा . नि .,
अर्नाका लागि प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्ष ,
• एकसिंगे गैडा र घडियालका लागि प्रख्यात चितवन रा नि ,
• करिब ७ हजार प्रकारका वनस्पति रहेकामा ७ सय प्रकारका वनस्पति जडीबुटीजन्य,
• सिमेण्टको लागि आवश्यक खनिज पदार्थ एशिया कै सबै भन्दा बढी,

आमाले भन्नु भयो “सिन्को भाँच्नु छैन, यस्तै कुरा बटुलेर बस्दा भरे मुखमा माड लाग्छ नि ? खेतमा निस्कदा चैं इज्जतै जाने जस्तो गर्छ, कुरा चैं खुब सन्सार कै जान्ने । गफाडी साला !”

No comments:

Post a Comment