फेसबूकमा छोराले आमाकुटेर मरणासन्न बनाएको कुरा भाइरल भएछ । आमा कुटने प्रत्युश थापा मगर नाम सहित उनको फोटो राखेर पक्डन र सजाय दिलाउन माग गरिएको रहेछ । फेसबुकमा व्यक्त आक्रोशहरु पढ्दा प्रत्युशलाई त कुटेरै मार्छन होला जस्तो लाग्यो । आमा प्रतिको उनको यो व्यवहार क्षम्य पनि छैन । यस्तै सोच्दै निदाइएछ ।
कोलाहाल र हुल्हुज्जत देखेर म पनि त्यतै दौडिए । एक युवालाई आक्रोशित भिडले डण्डा, लात्ती र ढुङा प्रहार गरिरहेका थिए । कुटाई खाने युवालाई एक बृद्धाले अङालोमा छोपेर बचाई रहेकी थिईन । भिडको सारा प्रहार त्यो बृद्ध शरीरले कति बेर थेग्न सक्थ्यो र ! उनी ढलिन । मानिसहरु डराए । प्रहार बन्द भो । हामी उनको रगत पुछ्ने र पानी छम्कदै होसमा ल्याउने प्रयासमा लाग्यौ । बृद्धाले केही पछि आँखा खोलिन र बिस्तरै सकिनसकी कन्दै भनिन - मेरो छोरो प्रत्युशलाई बचाउनुस । उसको बुद्धि छैन । सोझो छ । बचाउनुस ।
आफैलाई मरणाशन्न हुने गरि कुट्पिट गर्ने छोरालाई बचाउन उनी ज्यान अर्पन तयार थिईन । उसका सारा अपराध आफ्नो शीरमा लिन तयार थिईन । उनलाई आफ्नो चिन्ता थिएन । त्यही छोरा बचाउने ध्याउन्न थियो । मेरो मुटु चिरिएर आयो । म अनायश चिच्यए - "ए भगवान ! तिमी आमा के चिजले बनाउछौ" ।
ब्युझदा छोरो मलाई कराउदैरहेछ - बाबा पनि रातभार चिच्याएर निन्द्रा नै बिगरिदिनुहुन्छ ।
No comments:
Post a Comment