Thursday, January 5, 2017

करियर !

समुद्रको यात्रा थियो । छोराले अनायस सोध्यो- ' बाबा! करियर भन्या के हो?'
उत्तर प्रदेशकि एक बृद्धा जहाजमा सगै थिइन । उनले छोरालाई सोधिन् - बाबू ! समुद्रको पानी किन न खान हुन्छ न त सिन्चाई गर्न नै हुन्छ ? तर नदीको पानी सबै थोक गर्न मिल्ने हुन्छ ? छोरोले पनि केही त तर्क दियो । उनले चित्त बुझाइनन् ।
'त्यसो भये हजुरले नै बताई दिनुस्न ।' उसले आग्रह गर्यो ।
उनले भनिन - "सनसार भरिको पानी अन्तिममा कस्ले लिन्छ ? समुद्रले । कस्ले दिन्छ ? नदीले । नदी दाता हो । उस्को पुजा हुन्छ, सबैलाइ काम लाग्छ, त्यसैले उ मीठो छ । समुद्र सधै भिख मात्र मग्छ, सबैको थाप्छ, आश गरेर बस्छ, मेहनत गर्दैन, बरु सुनामी बन्छ र लुटेर लिन्छ तर कसैलाइ केही दिदैन । त्यसैले उस्को पानी पनि कतै चल्दैन, कुनै काम लाग्दैन ।
अब तिमी बिचार गर दाता बन्नेकी भिखारी ? भिखारी बन्न सजिलो छ , एक्ठाउ जमेर थाप्न बस । तर नदि बन्ने हो भने हिमालको टुप्पामा हिउँ भयेर जम्नु पर्छ, चट्टानहरुसँग जुध्दै बग्नु पर्छ, दिन सक्नु पर्छ । त्यो दिने कुरा भनेको ग्यान होला, सीप होला, श्रम होला, सहयोग होला । अहिले तिमीसँग ती दिने कुराहरु छैनन्  भने बटुल्न थाल । हो त्यही बटुल्ने कामलाई 'करियर' भन्या हो ।

No comments:

Post a Comment