Thursday, July 28, 2016

सहयोगको याचना



विगत केही दिनको अविरल वर्षाले मुलुक अक्रान्त छ । हजारौं परिवार विचल्लीमा पर्नु परेकोछ । संसारका विरलै जातिहरुमा पाईने एक अचम्मको जिन नेपाली समाजमा छ । त्यो के भने आपतमा परेकालाई तुरुन्तै र मनै देखि सहयोग गरिहाल्ने । तपाईँ हामी सबैलाई ५ दिन देखि खाना नपाएका पिडितसम्म पुग्न मन छ, ती नाङ्गा बालबच्चा र बृद्धहरुलाई न्यानो कपडा लगिदिने मन छ, बाढीले बगाएकाहरुको पुनरस्थापना गर्दै ओतका लागि टहरो भए पनि बनाई दिने मन छ । यस्तो मन नहुने त सायद नेपाली नै हुँदैन ।
तर, हामी सबै ती क्षेत्रहरुमा भौतिक रुपमा पुग्न सक्दैनौं । अरुको हातमा सहयोग पठाउन पनि कहिले काहीँ विश्वासको संकट उत्पन्न हुन सक्छ । त्यसैले झापा जिल्लाका खास गरी भद्रपुर, महेशपुर र बनियानीका बाढी पिडित साना किसानहरुलाई जे जति सकिन्छ सहयोग जुटाउन महेशपुर स्थित साना किसान कृषि सहकारी संस्थाले प्रयास गरिरहेको छ । तपाईँले पठाएको सहयोग राशीको पूर्ण सदुपयोग गरी उक्त संस्थाले पारदर्शीरुपमा सार्वजनिक विवरण पेश गर्नेछ ।

सहयोग राशी तपाईँलाई पायक पर्ने ठाउँको राष्ट्रिय वाणिज्य बैंकमा “साना किसान कृषि सहकारी संस्था लि. महेशपुर, झापा” को खाता नं. २२१०००२३५१०१ (भद्रपुर शाखा) मा जम्मा गर्न सक्नु हुनेछ ।

तपाईँले कति धेरै रकम जम्मा गर्नु हुन्छ भन्ने कुरा महत्वपूर्ण होईन रु. १० जम्मा गरेर भए पनि भावनात्मक एकता प्रदर्शन गर्न सक्नु हुनेछ ।

यदि तपाईँलाई कुनै समस्या छैन भने आफुले उक्त खातामा रकम जम्मा गरिसकेपछि कमेन्ट बक्समा रकम उल्लेख गरिदिनु भए अभिलेखको लागि सजिलो हुनेछ ।

उक्त संस्थाको बारेमा विस्तृत जानकारी पाउनका लागि प्रबन्धक श्री तिर्थ ओझासँग सम्पर्क गर्न सक्नु हुनेछ ।

14 Shrawan, 2073

No comments:

Post a Comment