न देखेँ कहिल्यै फाटेको नाना, नदुखो तिम्रो चोट ।
न छामेँ भोकै चाउरेको पेट, न गरेँ कहिल्यै ओट ।।
सकेको लुछेँ– सुकेका लाम्टा, नपुगे चिथोरेँ ।
जे जति गरेँ, ज्यादति गरेँ, तिमीलाई निचोरेँ ।।
जिन्दगी मेरो रेखायौ तिम्ले, थप्दैछु बलैले ।
के थियो तिम्ले बनाको मलाई, के बनेँ अहिले ।।
मसान सम्म पक्का छ यात्रा, कृपया पर्खी देउ ।
हिसाब लिई आउँदै छु आमा, सजाय तोकि देउ ।।
No comments:
Post a Comment