
सूर्खेत जिल्लाको विकट स्थानमा रहेको गुमीमा उनले आधा दर्जन भन्दा बढी वर्षहरु महिलाहरुको सशक्तिकरण र आयआर्जन क्षमता बढाउनमा खर्चिसकिछन् । गाउँका महिला दिदी बहिनीहरुलाई सामूहिक रुपमा संगठित भई बचत गर्न, ऋण परिचालन गरी आयआर्जन गर्न र आत्मानिर्भर बनाउन उत्प्रेरित गर्दै बिहानै देखि अबेरसम्म डाँडाकाडाँमा पुग्दि रहिछन् उनी । बिडम्बना, अनवरत खट्ने उनको शरीर तपाईँ हाम्रो जस्तो रहेनछ । उनका त दुबै खुट्टा रहेनछन् । दुबै खुट्टा नभएकी उनी डाँडाकाँडामा दैनिक एक उच्च सपना बोकेर ज्यान फालेर दौडिरहेकीछन् – गुमीका महिलाहरु आर्थिक निर्णय गर्न सक्ने बनुन्, आत्मासम्मानका साथ बाँच्न सक्ने बनुन र गरिबीमा पिल्सनु नपरोस् । उनलाई नेपालको उत्कृष्ट संस्था बनाउने र पुरस्कार थाप्ने सपना कहिल्यै थिएन रे !
“मैले त मेरो शरीरले भ्याए जति र मेरो बुद्धिले भ्याए सम्मको काम गरेको हुँ । यति गर्दा पनि पहिलो हुँईदो रहेछ । म सबलाङ्ग थिए भने अझ धेरै गर्न सक्ने थिएँ भन्ने सधैँ लागिरहन्छ ।”
दिपा तिम्रो यो भनाईले हामी दुबै खुट्टा भएका वा भनौं सवलाङ्गहरुलाई करोडौंको शिक्षा दिएको छ, नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । के हामी हाम्रो सम्पूर्ण क्षमता प्रयोग गरिरहेका छौं ? ईमान्दारिता, मेहनत, धैर्यता र लगनशीलता भयो भने सफलता कुनै अप्राप्य सपना हो रहेछ त ? दीपा तिमीलाई सल्युट छ ।

धेरै साथीहरु उनलाई सहयोग गर्न लागिरहनु भएकोछ । सहयोगको सञ्जाल बनाउनु भएको छ । तपाईँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । २ महिना भित्रमा रु. ६ लाख जुटाउने अभियानमा आजका मिति देखि हजुर पनि अवश्य साथ दिन सक्नु हुन्छ ।
सहयोग राशी दीपा रानाको निजी बैंक खाता (नेपाल ईन्भेष्टमेण्ट बैंक लि. हिसाब नं. ०२२०५०८०२५७३३६) मा सिधै जम्मा गर्न सकिन्छ । तर, बैंकमा रकम जम्मा गर्ने महानुभावले बैंक भौचरको फोटो यसै स्टाटसको मेसेन्जरमा अपलोड गरिदिनु भयो भने पारदर्शी हुने विश्वास लिएका छौं । यसले गर्दा रु. ६ लाख पुगेपछि सहयोग बन्द गर्न सजिलो हुनेछ ।
सहयोग धेरै वा थोरै भन्ने हुँदैन । तपाईँले गर्नु भएको सहयोगको प्रत्येक रुपैयाँ लाखौं हो । धेर दिँदा ईज्जत बढ्छ र थोर दिँदा लाज हुन्छ भन्ने भावना कदापी राख्नु हुँदैन । भगवानको घरमा हृदयको पवित्रता नापिन्छ, भण्डारको भकारी होईन । बरु तपाईँले अरु साथीलाई समेत यस अभियानमा जुटाउनु भयो भने सहयोगी र आदर्श समाज निर्माण गर्नमा तपाईँको योगदान रहनेछ ।
यस अभियानमा जुट्नु भएका देहायका साथीहरुसँग सम्पर्क गरेर सहयोग गर्न पनि सकिनेछ ।
१. मेची अञ्चल – पोषककुमार दर्जी–९८४२७९६०९४/तिर्थ ओझा–९८५२६२०२०३
२. मोरङ्ग/सुनसरी/खोटाङ्ग – कमला पोखरेल–९८४२१२२६१२
३. जनकपुर अञ्चल – उपेन्द्र शाह–९८१६७३४५८०/धनेश्वर यादव–९८४४०९९७१९/घनश्याम यादव–९८६३७३०९२६/ शिबु गोईत
४. उदयपुर – महेश बञ्जारा–९८४२९०७६००
५. बारा/पर्सा/रौतहट/चितवन/मकवानपुर – उत्तम पन्त–९८४५०६६६०२/ राम हरी दाहाल–९८५५०८२२८८÷ पुष्प खतिवडा–९८०२९९४३४७
६. नवलपरासी– दीपक कुवँर–९८५७०८०७३७/लोकनाथ भण्डारी–९८४७३४२६१६
७. रुपन्देही – नारायण अर्याल–९८४७०६०८१४/दिनेश घिमिरे–९८५७०३३०४६
८. धादिङ/रसुवा/नुवाकोट – जीवन घिमीरे– ९८०८४१६९९२/ सञ्जु श्रेष्ठ– ९८५११९१३७५
९. गण्डकी र धवलागिरी अञ्चल – नारायण ढकाल– ९८४७६२४९३१/कुमारी थापा– ९८४६०२६६१९/मिनबहादुर गुरुङ्ग–९८४६०५६५३२
१०. राप्ती/भेरी/सेती अञ्चल – डम्बर के.सी. ९८५८०२४६१०/माया पोखरेल–९८५८०२७०१३/चित्र रेग्मी– ९८५८०५२६८६/चिरञ्जिवी केसी– ९८५७८२२१९८/हरिश्चन्द्र के.सी. – ९८४८०२८१४१
११. कैलाली/कञ्चनपुर/डडेल्धुरा – नृप खड्का – ९८५८४२३८०९/ कर्ण धामी– ९८०६४६५८७९/ गोरखबहादुर खत्री–९८४८४२३८८४
यस सम्बन्धमा थप कुनै जिज्ञासा भएमा अञ्जु पाठक, काठमाडौं (फोन ०१–४१११९२३) बाट जानकारी पाउन सकिने छ ।
यस अभियानमा जुट्न चहाने धेरै साथीहरुको नाम यहाँ छुटेको छ । ईच्छुक अभियन्ता साथीहरुले कृपया नाम टिपाई दिनु भए यसमा समावेश गर्दै जानेछौं ।
तपाईँको सहयोगको लागि धेरै धेरै धन्यवाद ।
कृपया यो स्टाटस सेयर गरेर सहयोग गरिदिनु होला ।
No comments:
Post a Comment