Friday, April 7, 2017

इजरायलका लागि कृषि तालिमको सूचना


नेपालका लागि इजरायली राजदुतावासको सहयोगमा यस बैंकले विगत वर्षहरु देखि सञ्चालन गर्दै आएको साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत सन् २०१७–२०१८ को लागि प्रशिक्षार्थी छनौट कार्य आरम्भ हुने भएकोले देहाय अनुसार गर्न गराउन सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

(क) कार्यक्रम सम्बन्धी जानकारी
  1. यस कार्यक्रम अन्तरगत तोकिएको योग्यता पुगेका साना किसान परिवारका सदस्यहरुले ईजरायलमा १० देखि ११ महिना अवधिका लागि कृषि प्रशिक्षार्थीेका रुपमा भाग लिन सक्नेछन्  । यस वर्ष रामात नेगेभ कृषि तालिम केन्द्रमा कुल १०० नेपाली साना किसान कृषि प्रशिक्षार्थीले भागलिन पाउने छन् । यस बैंकको इलाका कार्यालय बुटवल र पोखरा अन्तरगतका योग्यता पुगेका साना किसान कृषि सहकारी संस्थाहरुमा आवद्ध परिवारबाट मात्र उक्त विद्यार्थीहरुको छनौट हुनेछ ।
  2. प्रशिक्षार्थीले ईजरायलमा तालिम केन्द्रको नियमानुसार हप्ताको १ दिन कक्षागत सैद्धान्तिक तालिममा भाग लिनु पर्नेे, १ दिन बिदा हुने र बाँकी ५ दिन ईजरायलको ग्रामीण कृषि फारममा कार्य गर्न सक्नेछन् ।
  3. कृषि फारममा कार्य गरेवापत प्रशिक्षार्थीेले ईजरायली नियम अनुसार पारिश्रमिक पाउनेछन् । 
  4. सहभागी प्रशिक्षार्थीले हवाई टिकट, अध्ययन शुल्क, आवास, शैक्षिक सामाग्री, पोशाक, खाना तथा अन्य आवश्यक सम्पूर्ण खर्चहरु स्वयं व्यहोर्नु पर्नेछ ।
  5. बैंकले आवश्यक भएमा प्रशिक्षार्थी छनौट प्रकृया, अभिमुखिकरण गोष्ठि, यात्रासँग सम्बन्धित कागजात तयारी (पत्र आदि) जस्ता कार्यमा सहजीकरण गर्नेछ ।
  6. गोला/अन्तरवार्ता हुने अवसर पारी सम्बन्धित तालिम केन्द्रका प्रतिनिधिहरुले आवेदकहरुको भेला गराई तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा जानकारी गराउनेछन् । आवेदकहरुले तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा आफूले जान्नु पर्ने कुराहरु एवं आफ्ना सम्पूर्ण जिज्ञासाहरु तिनै इजरायली तालिम केन्द्रका प्रतिनिधिहरु समक्ष राख्नु पर्नेछ । तालिममा सहभागी हुनु पूर्व वा तालिममा सहभागी भए पछि पनि यी विषयहरुमा बैंकलाई जिम्मेवार बनाउन पाईने छैन । 
  7. प्रशिक्षार्थीले तोकिएको १० देखि ११ महिनाको अवधि पुरा गरेपश्चात अनिवार्य रुपमा नेपाल फर्किनु पर्नेछ ।
  8. नेपाल फर्किएका प्रशिक्षार्थीलाई कृषि सम्बन्धी सिकेको सिपको व्यावसायिकरणका लागि सम्बन्धित संस्थाहरुले नियमानुसारको वित्तीय सेवा प्रदान गर्न सक्नेछन् । 
  9. यस कार्यक्रममा सहभागी कुनै पनि प्रशिक्षार्थीका कुनै पनि समयमा कुनै पनि किसिमका खर्चहरु बैंकले व्यहोर्ने छैन । बैंकले छनौट भएका प्रशिक्षार्थीहरुलाई केवल सहजीकरण मात्र गर्नेछ ।

(ख) प्रशिक्षार्थीको योग्यता

  1. बैंकले दिएको सुझाव तथा साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१ अधिनमा रही यस कार्यक्रमका लागि प्रशिक्षार्थी आवेदक छनौट गरी सिफारिस गर्ने जिम्मेवारी सम्बन्धित संस्थाहरुको हुनेछ । 
  2. स्थाले देहाय अनुसारका सम्पूर्ण योग्यता पुगेको व्यक्ति मात्र प्रशिक्षार्थी आवेदकको रुपमा  सिफारिस गर्न सक्नेछन्ः–

(क) सम्बन्धित संस्थाको शेयर सदस्य हुनुपर्ने वा शेयर सदस्यको एकाघर परिवारको सदस्य (पति /पत्नी / छोरा / छोरी /बुहारी /नाति /नातिनी वा संस्थाले एकाघर परिवारको हो भनी निर्णय गरेको व्यक्ति) हुनुपर्नेछ । तर, शेयर सदस्य भएको १ बर्ष पुरा नभएको सदस्य वा निजको एकाघर परिवारको सदस्य यस कार्यक्रमको लागि अयोग्य हुनेछन् ।
(ख) सम्बन्धित संस्थाको कार्यक्षेत्रमा घटिमा विगत २ वर्षदेखि बसोबास गरेको र कृषि पेशा अबलम्बन गरेको परिवारको सदस्य हुनुपर्नेछ ।
(ग) उमेरको हकमा २०७३ चैत्र मसान्तमा २२ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनु पर्नेछ । (२०४४ देखि २०५१ भित्रमा जन्म मिति हुनेहरु योग्य हुने) ।
(घ) प्रविणता प्रमाणपत्र तह वा कक्षा १२ वा सो सरह उतिर्ण एवं अंग्रेजी भाषामा सामान्य रुपमा लेख्न, पढ्न र बोल्न सक्ने हुनु पर्नेछ । साथै छनौट भएमा इजरायल जानु पूर्व नै कृषि सम्बन्धी कलेज/विश्वविद्यालयको कृषि विषयको नियमित सहभागिता रहेको हुनु पर्नेछ ।
(ङ) पारिवारिक कृषि पेशामा संलग्न भई कृषि कार्य गर्दै गरेको हुनुपर्नेछ ।
(च) प्रशिक्षण अवधि पुरा भए पछि अनिवार्य रुपमा स्वदेश फर्कने कुराको लिखित ग्यारेण्टी गरेको हुनुपर्नेछ ।
(छ) साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१ र यससँग सम्बन्धित सहयोगी निकायका सर्तहरु पूर्ण रुपले पालना गर्न मञ्जुर गरेको हुनु पर्नेछ ।
(ग) साना किसान सहकारी संस्थाको सञ्चालक समितिले ध्यान दिनु पर्ने कुराहरु

  1. यस निर्देशिका तोकिएका सम्पूर्ण योग्यता पुगेको व्यक्तिलाई मात्र सिफारिस गर्नुपर्छ ।
  2. प्रशिक्षार्थी र निजको परिवार÷अभिभावकबाट प्रशिक्षण अवधि पुरा भएपछि नेपाल फर्कने कुराको पूर्ण ग्यारेन्टी लिएको हुनुपर्छ । (यस सन्दर्भमा ग्यारेण्टी वापत स्वीकार योग्य शुरक्षण प्रस्तुत गर्न सक्ने व्यक्तिलाई मात्र हाल यो परीक्षण चरणमा सामेल गराउन संस्थाहरुलाई बैंकको सुझाव रहेको छ ।)
  3. प्रशिक्षार्थीले संस्थाका नियम र सर्त मान्ने कुरामा जवाफदेही भई निजले सो नियम तथा सर्तहरु पालना नगरेमा संस्थाको निर्णय बमोजिमको जरिवाना वा सजाय भोग्न तयार छु भनी एकाघर परिवारबाट अनुसूची–३ (क) वा ३ (ख) बमोजिमको मञ्जुरीनामा गरिदिन सक्ने विश्वासिलो अभिभावक खडा भएमामात्र प्रशिक्षार्थी आवेदकको रुपमा सिफारिस गर्नुपर्छ ।
  4. प्रशिक्षण कार्यक्रम अवधि समाप्त भए पछि स्वदेश फर्कने प्रतिवद्धता सहितको अनुसूची–३(ग) बमोजिमको कबुलियतनामा निज प्रशिक्षार्थीले र अनुसूची–३ (क) वा ३ (ख) बमोजिमको मञ्जुरीनामा निजको अभिभावकले गरिदिने व्यवस्था सम्वन्धित संस्थाले मिलाउनु पर्नेछ ।
  5. छनौटका लागि अभिमुखीकरण र अन्तरवार्ता कार्यक्रम अंगे्रजी भाषामा हुनेछ ।
  6. कृषि क्षेत्रमा कहिल्यै कामै नगरेको व्यक्तिलाई सम्बन्धित संस्थाले छनौट/सिफारिस गर्नु हुँदैन । त्यसता व्यक्ति भएमा फिल्डमा गएर काम गर्न कठिन भई यो कार्यक्रममा नै समस्या पर्न जाने र यसबाट संस्थाले भावी दिनमा यस्ता कार्यक्रमहरुमा सहभागी हुने अवसरबाट बञ्चित हुन सक्ने कुरा तर्फ संस्थाले ध्यान दिएर मात्र छनौट/सिफारिस गर्नु पर्नेछ ।

(घ) छनौट प्रकृया

  1. बैंकले ईजरायलका तालिम केन्द्र÷कलेजहरुबाट प्राप्त कोटाको लगभग ३ गुणाले हुने संख्यामा गोला प्रथामा भागलिने आवेदक संख्या निर्धारण गर्नेछ । 
  2. कार्यक्रमका लागि छनौट भएका देहायका जिल्लाका योग्यता पुगेका साना किसान सहकारी संस्था लि.हरुको अघिल्लो खाताबन्दी अवधिमा कायम रहेको कुल सदस्य संख्याको आधारमा दामासाहीले देहाय अनुसार आवेदक कोटा उपलब्ध गराईएको छ । 
    AO/ Districts
    Total Member:
    No of participants:
    Area Office Butwal
    69810
    155
    Arghakhanchi
    4302
    10
    SFACL, Argha
    494
    1
    SFACL, Keemdada
    425
    1
    SFACL, Khanchikot
    1167
    3
    SFACL, Khilji
    838
    2
    SFACL, Narpani
    1378
    3
    Gulmi
    4059
    9
    SFACL, Badagaun
    965
    2
    SFACL, Gaundakot
    1170
    3
    SFACL, Johang
    539
    1
    SFACL, Juniyan
    428
    1
    SFACL, Limgha
    483
    1
    SFACL, Rupakot
    474
    1
    Kapilvastu
    7469
    18
    SFACL, Barkalpur
    2616
    6
    SFACL, Bhalwad
    1284
    3
    SFACL, Hathausa
    690
    2
    SFACL, Kopuwa
    648
    2
    SFACL, Motipur
    2231
    5
    Nawalparasi
    22088
    49
    Parsauni  SFACL, Prasauni
    833
    2
    Pragatinagar SFACL
    648
    2
    Sakriya SFACL, Dibyapuri
    482
    1
    SFACL Bhujahawa
    705
    2
    SFACL Rampur khadauna
    1100
    3
    SFACL Rampuruwa
    927
    2
    SFACL, Agauli
    3027
    6
    SFACL, Jahada
    985
    2
    SFACL, Kumarwarti
    1739
    4
    SFACL, Makar
    2100
    5
    SFACL, Nayabelhani
    931
    2
    SFACL, Panchanagar
    1317
    3
    SFACL, Ramnagar
    1214
    3
    SFACL, sukrauli
    846
    2
    SFACL, Tilakpur
    879
    2
    SFACL, Tribeni Susta
    3340
    6
    Tamasariya  SFACL, Tamasariya
    1015
    2
    Palpa
    1171
    3
    SFACL, Argali
    705
    2
    SFACL, Khaseyoli
    466
    1
    Rupandehi
    30721
    66
    SFACL,  Khadawa Bangai
    1278
    3
    SFACL,  Madhawaliya
    1484
    3
    SFACL,  Parroha
    3080
    6
    SFACL, Aanandavan
    3590
    6
    SFACL, Devdaha
    2867
    6
    SFACL, Dudharaksha
    1048
    2
    SFACL, Gajedi
    971
    2
    SFACL, Gangoliya
    1535
    4
    SFACL, Gonaha
    2288
    5
    SFACL, Karahiya
    1681
    4
    SFACL, Kerwani
    859
    2
    SFACL, Manmateriya
    891
    2
    SFACL, Manpakadi
    882
    2
    SFACL, Saljhandi
    1589
    4
    SFACL, Semlar
    2295
    5
    SFACL, Shankarnagar
    1509
    4
    SFACL, Tikuligadh
    2874
    6
    Area Office Pokhara
    37817
    87
    Baglung
    5391
    12
    SFACL Bhakunde
    697
    2
    SFACL Binamare
    547
    1
    SFACL Narayansthan
    1035
    2
    SFACL Paiyupata
    815
    2
    SFACL Paiyuthanthap
    485
    1
    SFACL Rangkhani
    602
    1
    SFACL Sarkuwa
    481
    1
    SFACL Tangram
    729
    2
    Gorkha
    3186
    7
    Deurali SFACL Deurali
    487
    1
    SFACL Manakamana
    2214
    5
    Taklung SFACL Taklung
    485
    1
    Kaski
    7955
    18
    Bharatpokhari SFACL Bharatpokhari
    859
    2
    Parche SFACL Parche
    538
    1
    Rupakot SFACL Rupakot
    604
    1
    Salyan SFACL Salyan
    429
    1
    SFACL Majhthana
    1204
    3
    SFACL Nirmalpokhari
    1022
    2
    Woman SFACL Lahachowk
    751
    2
    Woman SFACL Sarangkot
    2548
    6
    Lamjung
    2999
    7
    SFACL Ramghatar
    1470
    3
    SFACL Sundarbazar
    1529
    4
    Parbat
    1425
    4
    SFACL Bajung
    718
    2
    SFACL Mallaj
    707
    2
    Shyangja
    13566
    31
    Arjunchoupari SFACL Arjunchoupari
    1768
    4
    Bangefadke SFACL Bangefadke
    432
    1
    Bangsing SFACL Bangsing
    938
    2
    Birgha SFACL Birgha
    564
    1
    Jagatradevi SFACL Jagatradevi
    967
    2
    Krishnagandaki SFACL Krishnagandaki
    711
    2
    Kuwakot woman SFACL Kuwakot
    755
    2
    Malunga woman SFACL Malunga
    462
    1
    Pelakot SFACL Pelakot
    881
    2
    Phedikhola SFACL Phedikhola
    2154
    5
    SFACL Dahathum
    977
    2
    Shakhar SFACL Shakhar
    491
    1
    Thumpokhara SFACL Thumpokhara
    455
    1
    Tulsibhanjyang SFACL Tulsibhanjyang
    2011
    5
    Tanahu
    3295
    8
    Bhanumati SFACL Bhanumati
    486
    1
    Bhimad SFACL Bhimad
    541
    1
    Kotkalika SFACL Raipur
    692
    2
    Majhkot SFACL Majhkot
    702
    2
    Shyamgha SFACL Shyamgha
    467
    1
    Thaprek SFACL Thaprek
    407
    1
     Total
    107627
    242
  3. सम्बन्धित संस्थाहरुले अनुसूची–१ अनुसारको सूचना प्रकाशन गरी योग्यता पुगेका ईच्छुक युवायुवतीहरुबाट आवेदन माग गर्नु पर्नेछ ।
  4. योग्यता पुगेका ईच्छुक युवायुवतीहरुले सम्बन्धित संस्थाले तोकेको मिति भित्रमा सम्बन्धित संस्थामा अनुसूची–२ अनुसारको आवेदन पेश गर्नु पर्नेछ । आवेदनका साथ अभिभावक वा जमानत दिने व्यक्तिको अनुसूची–३ (क) वा ३ (ख) अनुसारको मञ्जुरीनामा समेत पेश गरेको हुनु पर्नेछ ।
  5. गोलाप्रथाका लागि सिफारिस गर्न आवेदकहरु छनौट गर्ने प्राथमिकताः (क)  कृषि पेशामा प्रत्यक्ष संलग्न भएको, (ख)  कृषि पेशा बाहेक अन्य विकल्प कम भएको,
    (ग)  समूहमा रही संस्थाको नियम अनुसारको अनुसाशन पालना गर्ने परिवारको सदस्य भएको,
    (घ) तुलनात्मक रुपमा गरीब,
    (ङ)  प्रशिक्षण पुरा गरी नेपाल फर्किए पछि कृषि पेशामा आवद्ध हुनसक्ने सम्भावना भएको ।
  6. सम्बन्धित संस्थाको सञ्चालक समितिले प्राप्त आवेदन, आवेदकको प्रतिवद्धता, अभिभावकको मञ्जुरीनामा, आवेदकको बानीव्यवहार आदि उपर समेत बिचार गरी पारदर्शी र निष्पक्ष विधिबाट तोकिएको संख्यामा आवेदकहरु गोलाप्रथामा भाग लिन छनौट गर्नु पर्नेछ ।
  7. सम्बन्धित संस्थाको सञ्चालक समितिले अनुसूची–४ अनुसारको निर्णय संलग्न राखी गोलाप्रथामा भाग लिन छनौट भएका आवेदकहरुको नामावली बैंक समक्ष सिफारिस गरी पठाउनु पर्नेछ ।
  8. गोलाप्रथाका लागि सम्बन्धित संस्थाबाट सिफारिस भएका आवेदकहरुले सिफारिस भएको ३ दिन भित्र बैंकले तोकेको अनलाईन आवेदन भर्नु पर्नेछ ।
  9. बैंकले गोलाप्रथाका लागि सिफारिस भई आएका आवेदकहरुको कागजातहरु जाँच गरी रित पुगेका र योग्यता पुगेका आवेदकहरु प्रारम्भिक सूची तयार गर्नेछ । यस सिलसिलामा आवश्यक परेमा बैंक वा संस्थाले आवेदककहरुलाई बोलाई अन्तरवार्ता लिन वा निजहरुको घर परिवारमा समेत सम्पर्क गरी आवश्यक सूचना लिन सक्नेछन् ।
  10. प्रारम्भिक सूचीमा परेका आवेदकहरुले ईजरायली तालिम केन्द्रका प्रतिनिधिहरुले गर्ने गोलाप्रथा र परीक्षा (अन्तरवार्ता र अन्य) मा सामेल हुनु पर्नेछ । (परीक्षा हुने मिति, स्थान र समयको बारेमा बैंकबाट जानकारी गराईनेछ ।)
  11. प्रशिक्षार्थीहरुको अन्तिम छनौट गर्ने अधिकार वा अन्तिम छनौट भैसकेका आवेदकहरुलाई प्रशिक्षार्थीको रुपमा पठाउने वा नपठाउने भन्ने अन्तिम निर्णय लिने अधिकार ईजरायली प्रतिनिधिहरुमा नै शुरक्षित रहनेछ ।
  12. कुनै पनि आवेदक अन्तिम छनौट सूचीमा पर्ने वा नपर्ने कुरालाई लिएर सम्बन्धित संस्था वा आवेदक वा सोसँग सम्बन्धित कुनै पक्षले बैंक विरुद्ध कुनै किसिमको वादविवाद वा उजुरवाजुर गर्न पाउनेछैन ।
  13. विशेष कारण परी यो कार्यक्रम कुनै पनि समयमा स्थगन वा रद्द गर्नु पर्ने भएमा सोे अधिकार बैंक र ईजरायली राजदुतावासमा शुरक्षित रहने छ । कार्यक्रम रद्द भएको विषयलाई लिएर कुनै किसिमको वादविवाद वा उजुरवाजुर गर्न पाईनेछैन ।

 (ङ) पूर्व विद्यार्थीले सिफारिस गर्ने सम्बन्धमा

  1. सन् २०१६–१७ मा यसै कार्यक्रम अन्तरगत इजरायलको कृषि तालिममा भाग लिईरहेका (हाल इजरायलमा रहेका) प्रशिक्षार्थीहरुले (टिमलिडर बाहेकले) आफ्नो साना किसान सहकारी संस्थाका सदस्य परिवारका माथिको योग्यता पुग्ने कुनै १ जनालाई यस तालिमको गोलाप्रथामा भाग लिन सिफारिस गर्न सक्नेछन् । 
  2. यसरी सिफारिस गरिएको आवेदकले अन्य आवेदक सरह सम्बन्धित संस्थामा आवेदन दिनु पर्नेछ । उक्त आवेदनका साथ सिफारिसकर्ता प्रशिक्षार्थीको जिम्मेवारी लिएका अभिभावकले सिफारिसको पूर्ण व्यहोरा खोली संस्थालाई लेखेको निवेदन संलग्न गर्नु पर्नेछ ।
  3. यस प्रकारको निवदेन सहित आएको आवेदनलाई समेत सञ्चालक समितिले योग्य ठानेमा निर्णय गरी बैंकमा पठाउनु पर्नेछ ।
  4. अध्ययनरत प्रशिक्षार्थीहरुको सिफारिसमा आएका आवेदकले सम्बन्धित संस्थाले लिने परीक्षामा सामेल हुनु पर्ने छैन । तर बाँकी सम्पूर्ण प्रकृयाहरु (गोला, अन्तरवार्ता, मेडिकल, कागजात आदि) मा भने अन्य आवेदक सरहका सम्पूर्ण व्यवस्थाहरु समान रुपमा लागु हुनेछ ।
  5. सिफारिस कर्ताले आफु आवद्ध साना किसान सहकारी संस्था बाहेक अन्य संस्थासँग सम्बन्धित व्यक्तिलाई सिफारिस गर्न पाईने छैन ।

(च) साना किसान विकास बैंकको इलाका कार्यालयलाई निर्देशन

  1. सम्बन्धित इलाका कार्यालयले यो सूचना जति सक्दो चाँडो माथि उल्लिखित संस्थाहरुलाई दिनु पर्नेछ ।
  2. संस्थाले प्रकृया पुरा गरी सिफरिस गरेका आवेदकहरुको देहाय अनुसारको लिष्ट अंगे्रजी भाषामा तयार गरी (स्पेलिङ्ग शुद्ध हुनु पर्ने) मिति २०७४ बैसाख ३ गते भित्रमा बैंकको केन्द्रीय कार्यालयमा ईमेल गरी सक्नु पर्नेछ ।
    SN
    Name of Applicants
    Sex
    Name of guardian
    Group no.
    Education
    Date of Birth
    email ID
















     
  3. संस्थाहरुबाट सिफरिस भएका सबै आवेदकहरुले मिति २०७४ बैसाख ६ गते बिहान ६ः३० बजे रुपन्देही स्थित मणीग्राम पार्टि प्यालेस एण्ड रेष्टुरेण्ट, आनन्दबन (फोन नं. ०७१ ५६०५४१÷५६०५५६०) मा परिचय खुल्ने फोटो सहितको कुनै प्रमाणपत्र (नागरिकता) लिई स्वयं उपस्थित हुनु पर्नेछ ।
  4. मिति २०७४ बैसाख ६ गते देखि ७ गते सम्म आवेदकहरुको छनौट हुनेछ । 

(च) बैंकले कुनै शुल्क नलिने

  1. यस कार्यक्रमको सिलसिलामा बैंकले गरेको सहजीकरण वापत कुनै किसिमको शुल्क लिने छैन । कहिँ कसैले माग गरेमा फोन नं. ०१–४१११९२८ मा सम्पर्क गर्नुहोला ।
  2. विस्तृत जानकारीको लागि आफु आबद्ध रहेको साना किसान कृषि सहकारी संस्था वा यस बैंकका इलाका कार्यालय बुटवल (फोन नं. ०७१–५४१०३३) वा ईलाका कार्यालय पोखरा (फोन नं. ०६१–५३८३३५) मा सम्पर्क गर्न सकिनेछ ।


अनुसूची–१
(संस्थाले आव्हान गर्ने सूचनाको नमुना)
......सहकारी संस्था लि.............
......................................
प.सं.............                                                                                                                  मिति..............
च.नं.............
विषयः साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रममा सहभागिताका लागि आवेदन भर्ने सूचना ।

यस संस्थाले साना किसान विकास बैंक लि. लि.को समन्वयमा नेपालका लागि इजरायली राजदुतावासको सहयोगमा इजरायलका विभिन्न कृषि तालिम केन्द्रहरुले आयोजना गर्नेे १० महिने कृषि तालिममा भाग लिन ईच्छुक योग्यता पुगेका साना किसान सदस्य परिवारका युवायुवतीहरुले निम्न मिति भित्रमा यस संस्थामा आई तोकिएको ढाँचामा मिति .......... गते भित्रमा निवेदन पेश गर्नु हुन अनुरोध छ । आवेदकहरुको परीक्षा मिति......... गते ..... बजे यस संस्थाको कार्यालयमा लिईनेछ । आवेदनको नमुना संस्थामा उपलब्ध छ ।
१. आवेदकको न्यूनतम योग्यताः
(क) सम्बन्धित संस्थाको शेयर सदस्य हुनुपर्ने वा शेयर सदस्यको एकाघर परिवारको सदस्य (पति ÷ पत्नी÷छोरा÷छोरी÷बुहारी÷नाति÷नातिनी÷संस्थाले एकाघर परिवारको हो भनी निर्णय गरेको व्यक्ति) हुनुपर्नेछ । तर, शेयर सदस्य भएको १ बर्ष पुरा नभएको सदस्य वा निजको एकाघर परिवारको सदस्य यस कार्यक्रमको लागि अयोग्य हुनेछन् ।
(ख) सम्बन्धित संस्थाको कार्यक्षेत्रमा घटिमा विगत २ वर्षदेखि बसोबास गरेको र कृषि पेशा अबलम्बन गरेको परिवारको सदस्य हुनुपर्नेछ ।
(ग) २०७३ चैत्र मसान्त सम्ममा २२ बर्ष पुरा भई ३० बर्ष उमेर ननाघेको हुनु पर्नेछ ।
(घ) कक्षा १२ उतिर्ण गरेको हुनुपर्नेछ ।
(ङ) पारिवारिक कृषि पेशामा संलग्न भई कृषि कार्य गर्दै गरेको हुनुपर्नेछ ।
(च) प्रशिक्षण अवधि पुरा भए पछि अनिवार्य रुपमा स्वदेश फर्कने कुराको ग्यारेण्टी गरेको हुनुपर्नेछ ।
(छ) साना किसान विकास बैंकको निर्देशिका र यससँग सम्बन्धित सहयोगी निकायले तोकेका सर्तहरु पूर्ण रुपले पालना गर्न मञ्जुर गरेको हुनु पर्नेछ ।
२. छनौटका लागि प्रथमिकता दिइने क्षेत्रहरुः
(क) कृषि पेशामा प्रत्यक्ष संलग्न भएको,
(ख) कृषि पेशा बाहेक अन्य विकल्प कम भएको,
(ग) समूहमा रही संस्थाको नियम अनुसारको अनुसाशन पालना गर्ने परिवारको सदस्य भएको,
(घ) तुलनात्मक रुपमा गरीब,
(ङ) प्रशिक्षण पुरा गरी नेपाल फर्किए पछि कृषि पेशामा आवद्ध हुनसक्ने ।
३. तोकिएको ढाँचाको आवेदनसाथ पेश गर्नु पर्ने कागजातहरुः
(क) आफू वा आफ्ना परिवारका सदस्यका संस्थाको नाममा रहेको सेयर प्रमाणपत्रको प्रतिलिपी ।
(ख)  नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
(ग) आफूले हासिल गरेको पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
(घ) छनौट भएका आवेदकहरुको अन्य आवश्यक कागजातहरु संस्था÷बैंक÷तालिम केन्द्रले पछि माग गर्न सक्ने छन् ।
४. कार्यक्रम सम्बन्धी अन्य जानकारी
(क) यस कार्यक्रम अन्तरगत अन्तिम छनौटमा परेका युवायुवतीहरुले ईजरायलका विभिन्न कृषि तालिम केन्द्र÷कलेजहरुमा १० देखि ११ महिना अवधिका लागि कृषि प्रशिक्षार्थीेका रुपमा भाग लिन सक्नेछन्  ।
(ख) प्रशिक्षार्थीले उक्त तालिम केन्द्र/कलेजको नियमानुसार हप्ताको १ दिन कक्षागत शैद्धान्तिक तालिममा भाग लिनु पर्नेे, १ दिन बिदा हुने र बाँकी ५ दिन ईजारायलको ग्रामीण कृषि फारममा कार्य गर्न अवसर प्राप्त गर्नेछन् ।
(ग) कृषि फारममा कार्य गरेवापत प्रशिक्षार्थीेले ईजरायली नियम अनुसार पारिश्रमिक पाउनेछन् ।
(घ) सहभागी प्रशिक्षार्थीले हवाई टिकट, अध्ययन शुल्क, आवास, शैक्षिक सामाग्री, पोशाक, खाना, पासपोर्ट, स्वास्थ्य परीक्षण तथा अन्य आवश्यक सम्पूर्ण खर्चहरु स्वयं व्यहोर्नु पर्नेछ ।
(ङ) साना किसान विकास बैंक लि.ले आवश्यक भएमा प्रशिक्षार्थी छनौट प्रकृया, अभिमुखिकरण गोष्ठि, यात्रासँग सम्बन्धित कागजात तयारी (पत्र आदि) जस्ता कार्यमा सहजीकरण गर्नेछ ।
(च) संस्थाबाट छनौट भएका आवेदकहरुलाई उक्त तालिम केन्द्र÷कलेजका प्रतिनिधिहरुको रोहबरमा गोला प्रथाबाट प्रारम्भिक छनौट गरिनेछ । गोलामा परेका आवेदकहरुको उक्त इजरायली तालिम केन्द्र÷कलेजका प्रतिनिधिहरुले अन्तरवार्ता लिनेछन् । अन्तरवार्तामा सफल भएका आवेदकहरु आवश्यक स्वास्थ्य परीक्षणमा सफल भएको अवस्थामा मात्र अन्तिम छनौट भएको मानिने छ ।
(छ) अन्तिम छनौटमा परेका आवेदकहरुले तोकिएको १० देखि ११ महिनाको अवधि पुरा गरेपश्चात अनिवार्य रुपमा नेपाल फर्किनु पर्नेछ । यसरी नेपाल फर्किने÷फर्काउने कुराको ग्यारेण्टीका लागि आवेदकले संस्थामा तोकेअनुसारको धितो÷जमानत पेश गर्नु पर्नेछ ।
(ज) अन्तरवार्ता हुने समयमा सम्बन्धित तालिम केन्द्रका प्रतिनिधिहरुले आवेदकहरुको भेला गराई तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा जानकारी गराउनेछन् । आवेदकहरुले तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा आफूले जान्नु पर्ने कुराहरु एवं आफ्ना सम्पूर्ण जिज्ञासाहरु तिनै इजरायली तालिम केन्द्रका प्रतिनिधिहरु समक्ष राख्नु पर्नेछ । तालिममा सहभागी हुनु पूर्व वा तालिममा सहभागी भए पछि पनि यी विषयहरुमा साना किसान विकास बैंक लि. वा साना किसान कृषि सहकारी संस्था.............लाई जिम्मेवार बनाउन पाईने छैन ।
(झ) सम्बन्धित आवेदक नेपाल फर्किएका प्रशिक्षार्थीलाई कृषि सम्बन्धी सिकेको सिपको व्यावसायिकरणका लागि साना किसान कृषि सहकारी संस्था.......ले नियमानुसारको वित्तीय सेवा प्रदान गर्न सक्नेछ ।
(ञ) साना किसान विकास बैंक लि. र यस संस्थाले छनौट भएका प्रशिक्षार्थीहरुलाई “सान किसान विकास बैंक, साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१” मा उल्लेख भएका कुराहरुमा मात्र सहजीकरण गर्नेछ ।
(ट) विशेष कारण परी यो कार्यक्रम कुनै पनि समयमा स्थगन वा रद्द गर्नु पर्ने भएमा सोे अधिकार साना किसान विकास बैंक लि. र ईजरायली राजदुतावासमा शुरक्षित रहने छ ।
(ठ) हाल सम्म यस कार्यक्रम अन्तरगत विभिन्न जिल्लाका साना किसान परिवारका करिब १६०० जनाले प्रशिक्षण प्राप्त गर्ने अवसर पाएका छन् । ईच्छुक आवेदकले ती प्रशिक्षार्थीहरुसँग समेत सम्पर्क गरी यस कार्यक्रमको बारेमा विस्तृत जानकारी लिन सक्नेछन् ।
(ड) यो कार्यक्रम साना किसान युवायुवतीहरु मार्फत कृषिमा व्यवसायिकरणका लागि गरिएको एक नमुना प्रयास हो । यस कार्यक्रममा भाग लिए वापत साना किसान विकास बैंक लि. र साना किसान कृषि सहकारी संस्था लि..............ले समेत कुनै पनि नाममा शुल्क वा दस्तुर लिने छैन । त्यसै गरी प्रशिक्षार्थी छनौट प्रक्रिया देखि प्रशिक्षण समापन भई निज फर्किएर नेपाल आएसम्म पुरै अवधिमा निजसँग वा निजको सन्दर्भलाई लिएर साना किसान विकास बैंक लि. वा साना किसान कृषि सहकारी संस्था लि. ........ले सम्बन्धित प्रशिक्षार्थीका कुनै पनि किसिमका लागत वा खर्च व्यहोर्ने छैन ।
भवदीय,


......................................... ..................................
(नामः................................) (नाम............................)
पदः प्रबन्धक पदः अध्यक्ष







अनुसूची–४
साना किसान प्रशिक्षार्थी कार्यक्रम
सञ्चालक समितिले गर्ने निर्णयको नमुना
बैठक नं....................
बैठक मिति................
प्रस्ताव नं. १  साना किसान प्रशिक्षार्थी कार्यक्रमका लागि सहभागी छनौट तथा सिफारिस सम्बन्धमा ।
निर्णय नं. १ प्रस्तुत सन्दर्भमा छलफल गर्दा साना किसान विकास बैंक लि. र ईजरायली सरकार/ईजरायली राजदुतावास बीच भएको सहमति अनुसार कृषि कार्यमा संलग्न रहेका साना किसान सदस्यका परिवारबाट १० देखि ११ महिना सम्मका लागि प्रशिक्षार्थीको रुपमा ईजरायल पठाउने व्यवस्था सम्बन्धमा तर्जुमा गरिएको साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१ का सम्बन्धमा जानकारी प्राप्त भयो । उक्त कार्यक्रममा यस संस्थाले ....... जना सम्म सहभागिताका लागि आवेदन दिन सक्ने भनी जानकारी आएकोले यस संस्थाले मिति .................को सूचनाबाट आवेदन माग गरेकोमा महिला........ र पुरुष.......... गरी जम्मा .......... जनाले आवेदन दर्ता गराएका थिए । संस्थाले मिति .......... मा लिएको परीक्षामा सफल भएका देहायका व्यक्तिहरुलाई नियमानुसारको गोलाप्रथा र अन्य परीक्षामा सहभागिताका लागि सिफारिस गरि साना किसान विकास बैंक लि., इलाका कार्यालय ........... मा पठाउने निर्णय गरियो ।
क्रसं सिफारिस गरिएको प्रशिक्षार्थीको नाम समूहमा आवद्ध बाबु/आमाको नाम समूह नं. शैक्षिक योग्यता जन्म मिति (अंग्रेजीमा) ग्यारेण्टी बस्ने अभिभावकको नाम





प्रस्ताव नं. २  साना किसान प्रशिक्षार्थी कार्यक्रमका लागि सहभागीहरुको जिम्मेवारी लिने सम्बन्धमा ।
निर्णय नं. २ प्रस्तुत सन्दर्भमा छलफल गर्दा साना किसान कृषि सहकारी संस्थाका कृषि कार्यमा संलग्न रहेका सदस्य परिवारका युवायुवतीहरुलाई ईजरायलका विभिन्न कृषि तालिम केन्द्र÷कलेजहरुमा १० देखि ११ महिना अवधिसम्म हुने कृषि तालिममा प्रशिक्षार्थीको रुपमा सहभागी गराउने अवसर सिर्जना गर्न साना किसान विकास बैंक लि. र ईजरायली सरकार÷ईजरायली राजदुतावास बीच भएको सहमति अनुसार निर्णय नं. १ मा उल्लेख गरिएअनुसारका व्यक्तिहरुलाई यस संस्थाबाट उक्त कार्यक्रममा सहभागी गराउन सिफारिस गर्ने निर्णय गरियो । यस संस्थाले सिफारिस गरेका उल्लिखित व्यक्तिहरु निर्धारित समयमा सो प्रशिक्षण पुरा गरी स्वदेश फर्कने कुरामा यो सञ्चालक समिति पूर्ण रुपमा जिम्मेवारी लिन तयार छ । कथंकदाचित निर्धारित समय भित्रमा निज/निजहरु नेपाल नफर्किएमा यस संस्थाले साना किसान विकास बैंकलाई जनही रु. १०,००,०००/– (अक्षरेपी दसलाख) बुझाउने भनी यसै संस्थागत निर्णयबाट प्रतिज्ञा गर्दै माथि उल्लिखित व्यक्तिहरुलाई उक्त कार्यक्रममा सहभागी गराई दिन साना किसान विकास बैंक लि. समक्ष अनुरोध गर्ने निर्णय
गरियो ।




No comments:

Post a Comment