१. राजस्व उठाउने लक्ष्य रु. १२ खर्ब ६० अर्ब ३० करोड छ । अर्थात कर, राजश्व, शुल्क आदिको रुपमा एक व्यक्तिबाट सरकारले औषतमा वार्षिक ४२,०१० रुपैयाँ उठाउँछ ।
२. सरकारले विकासमा रु. ३ खर्ब ५२ अर्ब ३५ करोड खर्च गर्छ । अर्थात, एक वर्षमा ४२,०१० रुपैयाँ बुझाएको एक व्यक्तिको भागमा विकासको हिस्सा करिब रु. ११,७४५ मात्र पर्छ ।
३. चालु खर्च भनेको खासमा सरकारी कोषबाट तलब भत्ता सुविधा प्रशासनिक व्यवस्थामा हुने खर्च हो । यो खर्च रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएको छ । अर्थात, सरकारी कोषबाट तलब भत्ता सुविधा खानेहरु र बन्दोबस्ती वापत प्रत्येक जनताले वार्षिक औषत प्रतिव्यक्ति रु. ३८,०२२ बेहोरेको हुन्छ ।
४. आ.व. २०८१/८२ मा खर्च योग्य प्रतिव्यक्ति ग्राहस्थ्य उत्पादन १,४३४ डलर (रु. १,८९,२८८) रहेको सन्दर्भमा एक मानिसले कमाईको सरदर २२.१९ प्रतिशत कर राजस्वमा बुझाउनु पर्छ । तपाईले प्रशस्त तिर्नु भएको छ, त्यसैले अब कहीँ कतै घुस ख्वाउनु पर्दैन ।
५. देश विदेशको ऋण तिर्न सरकारले एउटा नेपालीलाइ वर्षकाे सरदर रू. १२,२४३ रुपैयाँ भाग लगाएकाे छ । याे ऋणा भनेकाे पाेहाेर परारकाे देशकाे नाेक्शान अहिले तिर्ने हाे । त्यसैले देशलाइ जसले नाेक्शान लाए पनि तिर्ने जनताले नै हाे ।
No comments:
Post a Comment