Saturday, January 22, 2022

४०० वर्ष अघिको धार्मिक क्रान्ती

साहित्यकार श्री हरि मञ्जुश्री (Hari Manjushree) ले 'एक ग्रन्थमा आठ भाषा' शीर्षकमा स्टाटस  लेख्नु भयो -
"‘तारतम सागर’ नामक एउटा ग्रन्थमा आठ भाषाको प्रयोग गरिएको रहेछ । त्यस ग्रन्थको पुरानो प्रति १७५८ सालको रहेछ । त्यो प्रति इन्डियाको मध्यप्रदेशमा पर्ने पन्नामा रहेछ । त्यस ग्रन्थमा १८ हजार ७ सय ५८ चौपाई र ५ सय २४ प्रकरण रहेछन् । लिपि देवनागरी भए पनि त्यस ग्रन्थमा संस्कृत, हिन्दी, अरबी, सिन्धी, व्रज, फारसी, कच्छी र जाटी भाषाको प्रयोग गरिएको रहेछ ।" यति धेरै खोज गर्नु भएकोमा धन्यवाद सर ।
मलाई पनि तारतम सागरका प्रणेता श्री महामती प्राणनाथले
करिब ४०० वर्ष अघिको हिन्दु रूढिवादी समाजमा चालेका केही क्रान्तिकारी कदम अचम्म लाग्छ । जस्तै:
१. मुख्य पिठ नवतनपुरीधाम (जामनगर) को पिठाधीशको रूपमा महिला साध्वी " केशरबाई" लाई नियुक्ति दिनु (जुन समय महिलालाई दास मानिन्थ्यो)
२. बिधवा महिला साध्वी केशरबाईलाई पिठाधीश छान्नु (त्यो समयमा विधवा महिलाको अनुहार देखियो भने अलच्छिन लाग्ने मानिन्थ्यो)
३. "जात, भेष उपरके ये सब छल कि जहान" भनेर मानिसलाई जातपातमा बाँडेर उँचनिच देखाउने अमानवीय सँस्कार र गेरुवा धारण गरि पाखण्ड गर्ने भेषधारी साधु दुबैलाई ठग "छली "  भन्ने साहास गर्नु, जातपातको घोर निन्दा गर्नु,
४. ब्रह्मचारी देखिएर व्याभिचारी हुनुभन्दा, वैवाहिक जिवानमा बाँधिएर अनुशासित साधु हुने बाटो रोज्नु,
५. बहु-भाषा, बृहत् अध्ययन (वेद, १८ पूराण, स्मृती, संहिता, नीतिषास्त्र, सभ्यताको ईतिहास, कुरान, तौरेत, बाइबल, गुरुग्रन्थ साहेब, तृपिटक आदि) गर्नु,
६. "तुम सेवा से पाओगे पार" भनेर दान हैन, समाज सेवा र दीनदुखीलाई मद्दत गर्न उत्प्रेरित गर्नु,
७. जाँड, रक्सी, सुर्ती, व्यभिचार आदिमा रमेको समाजलाई "पीना तम्बाकु छोडदो, मांस मछली सब,...परदार चोरी न कब" भनेर कठोर तर स्वस्थ्य आत्माअनुशासन लागू गराउनु,
८. सबै धर्मको सार र परमपद एउटै हो, धर्म र ईश्वरको नाममा हुने लडाइँलाई ईश्वरप्रतिको अपराधहो भनेर शास्त्रीय प्रमाण राख्नु ।
       आज ४०० वर्ष पछिको विद्वत समाज पनि यही मान्यतालाई स्थापित गर्न निरन्तर लागिपरेको छ । त्यस समयको समाजमा परम्परा, रुढीबाद र धर्म नै समाजको मार्गनिर्देशक हुन्थ्यो । धर्म र धार्मिक कट्टरपन्थी गुरुहरू बिरुद्ध निडर भई क्रान्तिकारी सोच सहितको धार्मिक चिन्तन प्रस्तुत गर्न कहाँ सजिलो थियो होला र! कति दूरद्रष्टा र महान रहेछन् महामती प्राणनाथ !!

No comments:

Post a Comment