Friday, February 16, 2018

हाँस्ने हो ?

१. सत्ता
चुनाव हारेपछी बिरक्त भएर देउवाले म्यारिज खेल्न तास लिन पठाएछन । त्यहाँ पनि सत्ता गायव रहेछ ।

२. जाँगर
मन शान्त पार्न देउवाले योगसिक्ने बिचार गरेछन । योग गुरूले सबैलाई उत्तानो सुतेर खुट्टाले साइकल चलाउन भनेछन । तर, देउवा भने चुप्चाप सुतिरहेछन । गुरुले देउवालाई पनि साकल चलाएजस्तो गर्न भनेछन । देउवाले झोक्किदै भनेछन : मेरो साईकिल ओरालोमा छ, बुझिनस?

३. गणित
सरले देउवालाई सोधेछन,"तेरो हातमा चारवटा लड्डु छ, मैले दुईवटा थपिदिए, अब भन तसँग कतिवोटा लड्डु भयो?"
देउवा दुबै हात हेर्दै,"मेरो हातमा त छैन सर!"
सर,"छ भन्ने मान न! गणितमा मान्नु पर्छ क्या!"
देउवा,"त्यसो भए छत्तिसवटा लड्डु भयो"
सर,"थुक्क लद्दु! चार र दुईले छत्तिस हुन्छ?
देउवा,"ए! गणितमा तिमिले मात्रै मान्न पाउने?"

४. यो पात्र चै चिनिएन है ।
दस बजे अफिस पुग्ने बित्तिकै लोग्नेले स्वास्नीलाई फोन गर्‍यो,"तिमी कहाँ छौ?"
स्वास्नी: घरमा नै छु ।
लोग्ने: त्यसो भए मिक्स्चर चलाएर सुनाउ त!
स्वास्नीले मिक्स्चर चलाएर सुनाई: घ्वारर्घ्वार ।
भोलिपल्ट २ बजे फेरि लोग्नेले फोन गर्दै स्वास्नीलाई कहाँ छौ भनेर सोध्यो । स्वास्नीले घरमा नै भएको बताई । लोग्नेले घरमा भएको प्रमाण माग्यो । स्वास्नीले मिक्स्चर घ्वारघ्वार पारीदिई । लोग्ने ढुक्क भयो ।
अर्को दिन ३ बजे लोग्ने आफैं घर पुग्यो । घरको मूल कोठामा ताला देखेर लोग्नेले नोकरलाई मालिक्नी कहाँ गइ भनेर सोध्यो ।
नोकर: खै हजुर! मालिक्नी त अचेल मिक्स्चर बोकेर दिउँसो निस्किनु हुन्छ । कता जानुहुन्छ कोनि?

५. व्याकरण
सरले देउवालाई सोधेछन - मैले तलाई थप्पड हाने, यो शव्दको भविष्यकाल के हुन्छ?
देउवाले तुरुन्त उत्तर दिए - तपाईंको साईकिल पन्चर भेट्नु हुनेछ ।

६. फुर्सत
देउवाले एउटा रिक्सा रोके र सोधे,"खाली छौ?"
रिक्सावाला: खाली छु हजुर !
देउवा: त्यसो भए एक दुई हात म्यारिज खेलिहालौ न त !

७. यही भाउमा दिनुस्न ।
गोजीमा सुको दाम नभएको बेला देउवालाई मिठाई खान मन लागेछ । एउटा मिठाई पसलमा गएर १ केजी रसवरी मगाएर खाएछन । दोकानदारले पैसा माग्दा छैन भनेपछी देउवालाई बाहिर तानेर बेस्कन गोदेछ । देउवालाई १५ मिनट गोदेपछी पसले थाकेछ । खुईया गर्दै पसलेले भनेछ,"देखिस मेरो मिठाई फोकटमा खादा कति महङ्गो पर्ने रहेछ?"
देउवा पनि धुलो टक्टक्याउदै उठेर पसलेलाई भनेछन, "साहुजी! यही भाउमा अरु १ किलो बर्फी पनि दिनुस्न !"

८. खरो भो
देउवालाई अचानक खरो भएछ र आईसक्रिम खान मन लागेछ । पर खेल्दैगरेको वच्चालाई बोलाएछन र १०० रुपैया दिदै भनेछन,"बाबू! पर पसलमा गएर ५० रुपैया पर्ने २ वटा आइसक्रीम ल्याउ, एउटा तिमी खानु अर्को मलाई, हुन्छ?"
वच्चा दङ्ग पर्दै कुदेर पसल तिर दौडियो । 
एक्छिन पछि पसलबाटै चिच्याउदै वच्चाले देउवालाई भन्यो,"अन्कल! १०० रुपैया पर्ने आइस्क्रीममात्र रहेछ । एउटा मात्रै आयो । तपाईं अर्को दिन खानुस है!"

९. साक्षी 
एक पटक झगडियाको साक्षी भएर देउवा अदालत जानू परेछ । संयोगले दुबै वकिलहरु देउवाका चिन्जानका परेछन । एउटा वकिलले सोधेछ, "तपाइँ मलाई चिन्नु हुन्छ?"
देउवा,"दुनियाले चिन्छ तपाईलाई! एक नम्बरको झुटो मान्छे । त्यै पिरले त तपाईको स्वास्नी पोइला गएकी ।" 
आफ्नो खुलेआम बेईज्जती हुनथाले पछि कुरा मोड्दै पहिलो वकिलले दोश्रो वकिल तिर इसारा गर्दै सोधेछ,"उहाँलाई चै चिनेको छ कि छैन?"
देउवा,"के नचिन्नु! एक्नम्बरको ऐयासी । गाउँका राम्रा केटी देख्नै नहुने । तपाईंको स्वास्नी सग पनि यसको चक्कर थियो"
कुरा सुनिरहेका जजसाहेब जुरुक्क उठेर भित्रि कोठामा छिरेछन, र दुबै वकिललाई भित्रै बोलाएछन ।
जज,"खबरदार! त्यो साक्षीसग मेरो बारेमा सोधौला।"
(माथि क्र.सं. १ देखि ९ सम्मका जोक्सहरु हिन्दीका प्रशिद्ध व्यंग कवि सम्पत सरलको प्रस्तुतीबाट प्रेरित)

१०. शहिद घोषणा गरिदे  
पि.ए.ले हस्याङ्ग्फस्याङ्ग गर्दै सुनायो, “हजुर क्रिकेटको विश्वकपको छनौटमा पर्न डिभिजन २ को खेल भईरहेको छ ।”
देउवाः “सहायता दिएर पठा ।”
पी.ए: “सहायता मागेको होईन हजुर, त्यस्तो ठूलो खेलमा नेपालले पनि खेल्दैछ” 
देउवाः “ईण्डियासँग नभिड्नु भन्दे”
पी.ए.:  “ईण्डिया छैन हजुर ! तर नेपालका खेलाडीले क्यानाडालाई मरेर जिते हजुर ।”
देउवाः “ल ठिक छ ! त्यासो भए सबैलाई शहिद घोषणा गरिदे ।”
(प्रविण खतिवडाजीले फेसबुकमा (😂😂#copy cricket) बाट साभार गर्नु भएको जोक्सबाट प्रेरित)

No comments:

Post a Comment