ऊ काँध चढेर आयो, काँ काँ चोचो मिलायो,
चाका चुसेर रसहिन् खोस्टा मलाई दिलायो।
खै कोनि के के पिलायो, खै कोनि के के खिलायो -
कन्टेनर सरिको जीवन लेखेको रैछ मलाई।
परिवार आफ्नो भरमा, भोको पेट्, ठुलो सहरमा -
मेहनत चारै प्रहरमा, कहिलेइ नमर्ने रहरमा-
ससानो आशाको भरमा, पाइलै पिच्छेको डरमा-
यो किस्ताबन्दीमा मर्न लेखेको रैछ मलाई।
ठड्याउ महल गगनमा, दिवार - मिचेर बाटो,
लौ खाउ मेरो आयु, बाँचिदेउ सबैको साटो,
यै धर्तीमा उदाएँ , बुझाएँ तिम्लाई यो माटो -
आखिर दानी बन्न लेखेको रैछ मलाई।
२८ जेठ, २०७२
काठमाडौँ।
No comments:
Post a Comment