Saturday, February 18, 2017

प्यार क्योँ करेँ ?


पवन दिक्षित
Pawan Dixit
जो मैं ऐसा जानता हुँ – उस के है भाई चार,
भूले से भी मै नहीँ करता उसे प्यार
उस से हम क्योँ भला छेडखानी करेँ, जिसके भाई सभी पहलवानी करें

माना उस से कोही खुबसुरत नहीँ, है कोही दिल कि जिस मे वह मुरत नहीँ
पसलियाँ एक हो जाए जो प्यार मे, मुझ को उस प्यार के पर जरुरत नहीँ
उस पे कुरबान क्योँ यह जवानी करेँ, जिसके भाई सभी पहलवानी करें

हात पैरों से मोहताज हो जाउँ मै, एक टुटा हुआ साज हो जाउँ मै
ईश्क के इस झमेले में क्यों ख्वामोखा, I am से I was हो जाउँ मैं
मुफ्त मे क्योंँ फना जिन्दगानी करें, जिसके भाई सभी पहलवानी करें

क्यों कहुँ झुठ मैं उन से डरता नहीँ, ऐसे हिम्मत कि दावा मैं करता नहीँ
उसके भाई कहीँ न मुझे देखले, उस मोहल्ले से मै गुजरता नहीँ
कि उन कि जुतेँ मेरी मान हानी करें, जिसके भाई सभी पहलवानी करें

जिस पे खतरा हो उस मे क्यूँ ट्राई करें, सब से पिट्ते फिरेंँ जगहसाई करें
उस के भाई जो ठोके तो ठोके मगर, राह चल्ते भि मेरी ठुकाई करें
अपनी काया से क्योँ बेईमानी करें, जिसके भाई सभी पहलवानी करें

बात करने का भि है नहीँ हौसला, बेहत्तर है शुरक्षित रखेंँ फैसला
भाईयोँ कि पिटाई झिलेगी नहीँ, बस यही सोच के करलिया फैसला
अपनी अपनी यहीँ पे कहानी करेँ, जिसके भाई सभी पहलवानी करें


Saturday, February 11, 2017

कर्णको पराजय – सफलताको पाठ

        महाभारत कथा अनुसार कर्णको पराक्रम, युद्धकला र युद्धविद्या बराबरी गर्न सक्ने अर्जुन बाहेक कोही थिएन । भिष्मपितामह, गुरु द्रोणाचार्य अदिका युद्धगुरु पर्शुरामबाट शिक्षित कर्ण बल, बुद्धि, विद्या र आचरण सबै कुरामा अव्वल मानिन्थे । सूर्य र कुन्तिका पुत्र भएकोले ओजस्वी, रुपवान र जाजल्व थिए । अझ उनका अनन्य मित्र दुर्योधनले अंग भन्ने देशका राजा बनाई दिए पछि कर्णमा धनको पनि अभाव हुने कुरै भएन । मानिसमा शक्ति आउने चार मुख्य स्रोतहरु हुन्छन् – बलबाट, विद्वताबाट, पदबाट र धनबाट । यी सबै कुरा कर्णमा पूर्ण थिए । यसका अतिरिक्त उनी मृदु भाषी थिए, मित्रताका लागि ज्यान अर्पण गर्न पछि पर्दैन थिए । अलि ऐयासी भए पनि कर्तव्यपरायण थिए । महाभारत युद्धमा दुर्योधनको मित्रका नाताले कौरबको तर्फबाट लडेका कर्ण सबै भन्दा शक्तिशाली योद्धा थिए । कर्ण जिवित रहेसम्म पाण्डवहरुले युद्ध जित्न सक्दैनन् भन्ने कुरा भगवान कृष्णलाई थाहा थियो । कर्णलाई हराउन सक्ने योद्धा पाण्डव सेनामा थिएनन् । अर्जुनमात्र एक्ला योद्धा थिए जो बराबरी गर्न सक्थे, जित्ने निश्चित थिएन । फेरि संसारभरका धेरै जसो राजा महाराजाहरुलाई झुक्याएर, फकाएर वा थर्काएर दुर्योधनले सेना सहित आफ्नो फौजमा मिसाएका थिए । आफ्ना साखै भाञ्जा पाण्डवहरुलाई सघाउन सेना सहित आएका माद्र देशका राजा शल्य पनि दुर्योधनको जालमा फसेर उसकै सेनामा आवद्ध भएका थिए । दुर्योधनको पक्षबाट लडे पनि उनलाई पाण्डवहरुले नै जितुन् भन्ने लागि रहन्थ्यो । तर प्रशस्त राजाहरु, धेरै देशका सेनाहरु र त्यो भन्दा पनि महाशक्तिशाली कर्ण रहेकोले कौरबहरुको सेनाको पलडा भारि थियो ।

        भगवान कृष्णले कौरबलाई हराउन कर्ण मुख्य काँडा भएको निश्कर्ष निकालको थिए । कृष्णले कर्णको स्वट एनालाईसिस गरे । कर्णमाथि विजय प्राप्त गर्न उनको शक्तिस्रोत र कमजोरीको राम्रो अध्ययन गरे । कर्ण पनि आखिर मानिस नै थिए । मानिसमा हुने केही कमजोरी उनमा पनि थियो । सुतपुत्र भए पनि उनलाई राजाको ठाँटबाँट बढी मन पथ्र्यो, वा भनौं उनी अन्य समकालिन राजा सरह वा सो भन्दा श्रेष्ठ देखिन चहान्थे । माहाभारतमा उनी गरीब दुःखी प्रति दयालु भएको कहीँ प्रष्ट भेटिदैन । तर उनलाई ढोगेर कोही माग्न आयो भने राज्यको ढिकुटीबाट सर्वस्व दिने गर्थे । उनलाई भेटेर चाकरी नगर्ने ईमान्दार र वास्तविक हकदार जनताहरु कर्णको आर्शिवाद पाउनबाट वञ्चित हुन्थे । अघिपछि घुमिरहने चम्चाहरुको सानो झुण्डले रातदिन कर्णको सामुन्ने उनको स्तुतीगान गरेर मक्ख पार्ने गथ्र्यो र त्यसको व्याज समेत असुल हुने गरी अवसर र लाभहरु लिने गर्दथ्यो । रातदिन स्तुतीभाटहरुको संगतले कर्णमा नकारात्मक कुरा, अलोचना र टिप्पणी सुन्ने ग्रन्थी बन्द हुँदै गयो । चौबिसै घण्टा स्तुतीबाज र प्रशंसकको बीचमा विद्वता छाँट्ने, गुणगान सुन्नेगर्न शुरु भयो । बढ्दै गएर आफैंले आफ्नो बीरताको बयान गर्ने बानी उनमा विकास भयो । सुझाव दिने शुभेच्छुकलाई शंका गर्न थाले । नयाँ सोच ल्याउनेहरुलाई प्रतिस्पर्धी झैं झम्टन थाले । आफुले भनेको कुरा आँखा चिम्लेर नपत्याउनेहरुलाई टाढा राख्न थाले । प्रचार प्रसार पाईने कार्यक्रमहरुमा जसरी भए पनि उपस्थित हुने र आफुलाई सम्मान नदिनेहरुको उछित्तो काट्नथाले । म त संसार कै ब्रह्मज्ञानी पो त, मेरो अघि सबै निहुरिएर उभिनु पर्छ भन्ने अभिमान उनमा पलाउन लाग्यो । दुर्योधनको राज्यमा पनि आफ्ना अनुनायीहरुको गुट निर्माण गरेर आफुलाई अलग्गै एवं विशिष्ट देखिने सबै प्रयत्नहरु कर्णले शुरु गरे । “आलोचना वा सल्लाहा सुन्न तयार नहुने मानिसको सबै शक्ति अन्त्य हुने निश्चित छ” भन्ने नीति शास्त्रको ब्रह्म ज्ञान कर्णले पूर्णतः बिर्सिसकेका थिए । अनुसन्धान प्रतिवेदन राम्रो अध्ययन गरेपछि कृष्णले कर्णका यिनै कमजोरीलाई क्यास गर्ने निश्कर्षमा पुगे । कृष्णले कर्णको अनुसन्धान रिपोर्ट पाण्डवलाई बुझाए । युधिष्ठिरले मामा शल्यलाई सुनाए । शल्यले कर्णको शक्ति क्षिण गर्न मद्दत गर्ने आश्वसन युधिष्ठिरलाई दिए ।
        युद्धमा कौरब सेनापतिहरु भिष्म र गुरु द्रोणको नोक्सानी पछि दुर्योधनले कर्णलाई सेनापति बनाए । राजालाई पनि सारथी राख्ने महाराजा भएको देखाउन कर्णले शल्यलाई सारथी रोजेका थिए । राजा शल्यलाई अपमानित गरेर आफ्नो अहं तुष्टि गर्ने लालसा समेत उनमा थियो । युद्धमा त योद्धा र सारथीमात्र रथमा हुन्छन् । कर्णका भक्तिगान गर्ने चम्चापाटी कोही थिएनन् । बरु अपमानको बदला लिन र भाञ्जाहरुलाई जिताउन उत्सुक शल्यमात्र कर्णका सहयोगी थिए । उतातिरबाट अर्जुन बाण बसाईरहेको थिए । यता शल्य भने शत्रुपक्षका अर्जुनको शक्ति र बुद्धिको तारिफ गर्दै कर्णको आलोचना गरिरहन्थे । कर्णका हरेक प्रहार र दाउ पेचमा खोट देखाउँथे । जे गर्दा कर्णको मनोबल गिथ्र्यो ती सबै तिकडम् गर्न शल्यले बाँकी राखेनन् । जति कर्ण रिशले आगो हुन्थे, शल्य झन् कर्णको बद्ख्वाईँ गर्न थाल्थे । कर्णलाई चम्चाहरुले प्रशस्तीमात्र सुन्ने बानी लगाएकोले आलोचना केही सुन्यो कि उनको शक्ति क्षण हुँदै जान्थ्यो, बुद्धि शुन्य हुँदै जान्थ्यो । आखिर आलोचनाले थलिएर कर्ण यति कमजोर भए कि बालुवामा धसिएको रथको पाङ्ग्रा पनि उठाउन सकेनन्, अलि पर खसेको धनुष र बाण पनि उठाउन सकेनन्, र ब्रह्मअस्त्र प्रयोग गर्ने विद्या पनि बिर्से । अर्जुनले त्यसै समयमा बाण हानेर कर्णलाई मारे ।
महाभारतको यो प्रसंगले सफलताको लागि २ महत्वपूर्ण शुत्रहरु दिएको छ । 
  1. आफैं महान हुन खोज्ने मनोरोगबाट छुट्कारा पाउने हो भने गुट बनाउने र मतैक्य नहुनेहरुको उछितो काट्ने दुबै कार्य नगर । त्यसो गरेमा आफुलाई हर्दम तयार राख्न सक्दैनौ, तर निरन्तर तिम्रो शक्तिमात्र क्षय हुन्छ । 
  2. शत्रुले त हमला गर्ने निश्चित छ, तिमी जोगिन सक्छौ । मित्र जस्तो देखिएर टिममा बसेर कमजोर पार्ने शल्य र अन्धो बनाउने चम्चाबाट जोगिन धेरै कठिन छ, किन भने तिनीहरुको नियत बुझि सक्दा तिम्रो विनाश भई सकेको हुन्छ ।


२९ माघ, २०७३
काठमाडौं ।