Sunday, July 26, 2015

झापा जिल्लाबाट सन् २०१५–२०१६ का लागि कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत इजरायल जान छनौटमा परेका विद्यार्थीहरुलाई खुसीको खबर ।


गत बर्ष साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत साना किसान कृषि सहकारी संस्था लि. महाभारा, महाभारा गाविस , झापा जिल्लाबाट इजरायल स्थित किन्नरेट कलेजमा सहभागी भएका एकजना विद्यार्थीले दिनांक ११ मई २०१५ देखि कलेज छोडेर गएको र कुनै पनि सम्पर्क नगरेको भनी उक्त कलेजले १४ जुलाई २०१५ मा पत्र लेखी जानकारी गराएको छ । निज विद्यार्थी तोकिएको समयमा सम्पर्कमा नआएमा वा नेपाल नफर्किएमा झापा जिल्ला यो बर्षका लागि कार्यक्रमबाट बञ्चित हुने कुरा समेत उक्त पत्रबाट पुनः जानकारी गराईएको छ ।  
कलेजका प्रतिनिधिले निज विद्यार्थी जुलाई ३० भित्रमा नेपाल फर्किसक्न म्याद दिएकोमा विशेष अनुरोधमा सो म्याद १५ अगष्ट २०१५ सम्मलाई थप गरिदिएको छ । यो थप भएको म्याद भित्र निज विद्यार्थी सम्पर्कमा आउन सक्ने थुप्रै सम्भावनाहरु रहेकोले झापाका विद्यार्थीहरु कार्यक्रमा सहभागी हुन पाउने सम्भावना अझै देखिन्छ । सम्भावनाका आधारहरुः
१. उक्त मिति भित्रमा निज विद्यार्थी कुनै पनि तरिकाले कलेजको सम्पर्कमा आएमा कलेजले अन्य बाँकी विद्यार्थीहरु सरह ससम्मान नेपाल फर्किन पाउने बातावरण बनाउने घोषणा गरेको भिडियो सार्वजनिक गरको छ । यसबाट निज विद्यार्थीलाई समयमा नेपाल फर्कन कलेजले सहयोग गर्ने भएकोले उनलाई अब कुनै पनि समस्या पर्दैन ।
२. निज विद्यार्थीको तालिमको सर्टिफिकेटको लागि प्रयास गर्ने कुरा हामीलाई बताईएको हुँदा नेपाल फर्किए पछि निजलाई नेपाल सरकारले उपलब्ध गराउने सहयोगबाट बञ्चित हुनु पर्ने छैन ।
३. निज विद्यार्थी नेपाल रहँदा कुनै पनि किसिमको अपराधिक क्रियाकलापमा संलग्न भएको हाल सम्म जानकारी आएको छैन । अपराधिक मनोवृत्ति नभएको मानिसले सयौं झापालीलाई र मुलुकलाई नै असर पार्ने गरी यस कार्यक्रमको सबै भन्दा संवेदनशिल अनुशासन तोडेर इजरायलमा लुक्ने प्रयास गर्ने छैनन् भन्ने हामीलाई लागेको छ ।
४. आजका मितिबाट झण्डै २० दिनको समय प्राप्त भएकोले निज विद्यार्थीलाई सम्पर्कमा आउन पर्याप्त समय मिलेको छ । उनीसम्म यो पोष्ट पु¥याउन सकेमा वा निजले यो पढ्न पाएमा उनी तुरुन्त नेपाली विद्यार्थीहरुको सम्पर्कमा जानेछन्, कलेज ज्वाईन गर्नेछन् र समयमा नै नेपाल फर्कनेछन् भनी सबैले आशा गरेकाछन् ।
५. निजका बाबुले जमानत स्वरुप लेखि दिएको घरजग्गा लिलामीको प्रकृया अन्तिम चरणमा पुगेको छ । तर अब उनी सम्पर्कमा आउने सम्भावना बढेकोले लिलामी गरिहाल्नु पर्ने अवस्था नआउन सक्छ ।
६. यी सबै कुराहरुको अतिरिक्त उनी साना किसान परिवारका एक असल सदस्य हुन् । एक असल नेपाली नागरिक हुन् । कसरी उनले २० लाख साना किसानहरुलाई लात मार्न सक्छन् र? उनको सचेत, उत्तरदायी र जिम्मेवार मनले कसरी नेपाल भरी बदनामी कमाउन दिन सक्छ र? केही समय बिचलन हुनु अपराध होईन । उनी अपराधी होईनन् , त्यसैले विश्वास गरौं कुनै कडा कदम नचालिकन उनी अवश्य समयमा सम्पर्कमा आउने छन्, आफ्नो र तपाईँ हाम्रो इज्जत बचाउनेछन् ।

No comments:

Post a Comment