छ सुख - चुन्नेकाे ताँति हुन्छ, दुःखमा थेग्ने त साथी हुन्छ,
एकछिन छेउमा उभिदिए - पिडा र दुःख सब् जाति हुन्छ ।
संसार नजाति र घाती हुन्छ, दिउँसै जीवन घाेर् राती हुन्छ,
ज्वाला बाेकी कालो तिमिरमा, दगुर्दै आउने त साथी हुन्छ ।
उसकाे चाेट नि न्यारो हुन्छ, उसकाे खाेट नि प्याराे हुन्छ,
देख्नेले जुझेकाे देख्छन् हाेला, ऊ बिना जुनी अँध्याराे हुन्छ ।
उसकाे माया न आधि हुन्छ, नाप्ने न माना न पाथी हुन्छ,
सगरमाथा हाे धुरी भने - साथी त त्याेभन्दा माथी हुन्छ ।
३ मार्च, २०२३
राधेराधे, भक्तपुर ।