Wednesday, March 10, 2021

२१ शब्दका कविता

 रूप

====

हरियो पहाड कोपिरहेको छु ।

डोजरमा विकास बोकिरहेको छु ।

तिम्रो छाती फोरेर उमारेको कन्कृटे शहरमा

आमा!

देखाउन चैँ 'चाइनिज' दुबो रोपिरहेको छु ।

२०७७/११/०४

***   ***   ***   ***   ***   ***


कर्म

======

हावा-पानी उस्तैउस्तै, उस्तै चन्द्र उस्तै घाम ।

उही धर्ती, एकै आकाश, उत्ति मेहनत उस्तै काम ।

मनोवुद्धी, प्रवृतिले बन्छन् रावण, कोही राम ।

२०७७/११/०४

*** *** ***   ***   ***   ***   ***  


संविधान 

======

राम्रो पार्न तास्दातास्दै सिद्दिएको मुर्ती जस्तो,

जुवाखालमा लुटिएको रक्स्याहाको फुर्ती जस्तो, 

ढुँडिएको गन्धे-सिरक के छोपिन्थ्यो - नयाँ खोलले !

विश्वोत्कृष्ट भन्यौ तर, कोक्याउने सुर्ती जस्तो ।


२०७७/११/०४

राधेराधे, भक्तपुर ।


आँसु 

===

तिम्रो लाम्टा चुसेँ, तिम्लाई अनपढ भनेँ

मान्छेमा गनिँन - तिमी रोइनौ ।

अनि रोयौ - 

जब हर्लिक्स बोकेर 

जवान नाति तिमीलाई भेट्न

वृद्धाश्राममा आयो ।

२०७७/१२/०४

Mom !
======

Sucked your breasts,
You had no tears.
Ashamed you calling ignorant, inhuman,
No guilt you expressed.

Finally you wept !
When the grand son visited you with Horlicks
In an cheap 'age-care',
When you could not offer a chair.



Kathmandu,
17th March 2021

*** *** **, *** ***


२२औँ शताब्दीको कविता

===============

खै कुन कवितामा पढ्या हो यो सफेद झुट -

त्यत्रो बिजुली खर्चँदा बल्ल बल्ल फृजमा बन्ने हिउँले त

हिमाल पो ढाक्छ रे ! 

२०७७/१२/०४

*** *** *** ***













Friday, February 12, 2021

कुर्सी भन्दा अग्लो नेता खोइ?

६ वर्षे दोश्रो विश्व युद्ध (सन् १९३९-१९४५) सकिँदा नेपालको जनसंख्या ठूलो संख्यामा  घट्यो । विश्वयुद्धसँग नेपाल र नेपालीको कुनै साइनो थिएन, तर भाडाको शैनिकको रूपमा लाखौँ सिद्दिए । २ पैसा कमाउने वाध्यता वा लोभमा मर्न त तयार थिए र छन् नेपाली, अहिले त काठमाडौँ घुम्ने अवसर हो । 

नेताको पछि नारा जुलुसमा लागेर युरोप र अमेरिका विकास भएको हैन, जनताहरू आफैँ उद्यमी भएर हो । एउटा वैज्ञानिक  जन्माउन नसक्ने, भएका वैज्ञानिकलाई झोला नबोके मर्न वाध्य पार्ने यिनै नेतृत्वबाट सुदुर भविष्यसम्म पनि मुलुकले अग्रगती नलिने कुरा ठोकुवा गर्न सकिन्छ । हत्या, बलप्रयोग, धम्की, चर्का भाषण बाहेक कुनैले गरेको कुनै ५ वटा गतिला काम कसैले तल कमेन्ट्मा लेख्ने साहास गर्छ?

जनचेतना सन् १९३९ को भन्दा माथी नपुगोस् भनेर नेपालका सबै पुस्ताका नेताले हरेक कालखण्डमा गरेको मेहनत भने सफल भएको छ । विदेशीलाई ईमान बेचेर कुर्लने नेताको चङ्गुलबाट नेतृत्व नखोसेसम्म विदेशीलाई युवा बेचेर बाँच्नुको विकल्प हुँदैन । हामी मध्ये जो विदेशमा बिक्री हुन सक्दैनौँ (उमेर वा अन्य कुनै व्यवहारिक कारणले) तिनीलाई यिनै नेताले किनिरहनेछन् , यो वा त्यो रूपमा । स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रतिगमन, अग्रगामी छलाङ, अग्रगमन कोनि के के आउँछ यिनलाई भन्न । यी सब बकवास ! 

आफ्नो विवेक सकिएपछि, स्व-पौरखमा विश्वाश हराएपछि, "झर्ला र खाउँलावादी" भएपछी वा डकैतिमा बानी परेपछि हामी आफैँ नेताका गुलाम बन्दा रहेछौँ,  त्यस्ता नेताको जसको डरलेमात्र हो मुखमा थुक्न नसकेको ।

हैन भने श्रद्धापूर्वक मनबाटै नमस्ते गर्न मन लाग्ने एउटा नेता बताउनुस् ।

सबै नेता पुड्काछन् , कुर्सी भन्दा अग्लो क्षितिज देख्दैनन् ।सारा तागत लगाएर, मेड इन वा मेड आउट भर्‍याङ लगाएर, बेस्कन उफ्रेर, त्यही कुर्सीसम्म पुग्ने । पुग्न नसकेर लड्ने, फेरि धुलो ट्क्ट्क्याउँदै आफैँ पो उठ्ने र अर्को अघि लागेको रहेछ भने खुट्टा तानेर झार्ने भन्दा परको लक्ष र कार्यक्रम कुनैसँग पनि भएको देखिएन । 

'यति मेलो पनि नसकेको?' भनेर सोध्नुस् , खेता(ला) सँग लाख रेडिमेड बहाना हुन्छ्न् । नेताले बहाना बनाउन पाउँदैन, बहाना खोज्ने भए ऊ खेता(ला) हो कसैको ।

ए हजुर! सक्नु हुन्छ भने कुर्सी भन्दा अग्लो एउटा नेता देखाइदिनुस् ! जो उभिँदा कुर्सी धेरै तल हुन्छ र माथी भने मुलुक निर्माणको गतिलो कार्यक्रम हुन्छ ।

२०७७/१०/२८

Tuesday, January 5, 2021

मुक्तक - राजनीति

नारा लाएँ, धर्ना बसेँ, लाठी खाएँ, जुलुस पसेँ ।

घाँस दिएँ, दाना पोसेँ, तर्क गर्दै घुँडा धसेँ ।।

कति कुदेँ पछिपछि, एक दिन ब्याउला भनी -

बज्या साँढे परेछ हौ! फसेँ नराम्ररी फसेँ ।

Monday, January 4, 2021

आयो नजान्ने दिन

बिहेको जनती र मर्दा मलामी जान नपाउने भए । 

सात्जन्म जोडिने कसम खाएका अछुत-दुर्दुर भए ।

हाड्छाला घोटेर, भोको पेट् बसेर, पाल्या परिजन कता?

आईसोलेसनमा निरस एकलो मृत्यु कुर्दैछु मता ।


छ मेरो आफनो विदेश भनेर धाकधक्कु लाउँथे हिजो ।

बिर्सेर ढिँडोको भरमा बाँचेको खान थालेथे "पिजो" ।

यो जिउ चलदा र पैसा फाल्दा सबैको प्यारो थिएँ।

थलिएंँ अहिले आफन्ती चाहिने ! झन् एक्लो कैदी बनेँ ।


मौकाको ताकमा तर् मार्न ढुकेका चुग्लिखोर चालुहरू !

सङ्कट्मा एकलै लुकेर दुलोमा बसेका ठालुहरू ! 

विद्वता छाँटेर, दिमाख भुटेर, सकेको लुट्नु किन ?

विश्व नै पढेको, घमण्ड कता गो ? आयो नजान्ने दिन ।


२०७६/१२/१७

राधेराधे, भक्तपुर ।