भक्त:
मैले प्रभुलाई रोएको देखेँ
कुन रापले हो, के पर्यो पीर !
भुल गरेँ कुनै पाप गरेँ कि
भनिदेउ प्रभु मेरो मन भो अधीर ।
भगवान:
दान दियौ बडो शान दिएर
मेरो बास् - 'दु:खीको आङ्ग' छ नाङ्गो
याचना गर्दैछन् 'भोका पेट'
होमहोमादिको स्वाङ्ग छ तिम्रो
बृद्ध पितामह आश्राम भित्र
महल ठड्यायौ झुक्यो शीर
यही रापले रोएँ यही हो पीर ।
जग चराचर बास थ्यो मेरो,
ठूला राम्रा मन्दिर बनायौ ।
भोग आरतीको फन्दा कसेर,
मन्दिर भित्र बन्दी बनायौ ।
बाहिर चलायौ पापको राज,
निर्धा ठगेर के बन्यौ वीर !
यही रापले रोएँ यही हो पीर ।
होली पूर्णीमा
६ चैत्र, २०७५
राधेराधे, ठिमी ।
मैले प्रभुलाई रोएको देखेँ
कुन रापले हो, के पर्यो पीर !
भुल गरेँ कुनै पाप गरेँ कि
भनिदेउ प्रभु मेरो मन भो अधीर ।
भगवान:
दान दियौ बडो शान दिएर
मेरो बास् - 'दु:खीको आङ्ग' छ नाङ्गो
याचना गर्दैछन् 'भोका पेट'
होमहोमादिको स्वाङ्ग छ तिम्रो
बृद्ध पितामह आश्राम भित्र
महल ठड्यायौ झुक्यो शीर
यही रापले रोएँ यही हो पीर ।
जग चराचर बास थ्यो मेरो,
ठूला राम्रा मन्दिर बनायौ ।
भोग आरतीको फन्दा कसेर,
मन्दिर भित्र बन्दी बनायौ ।
बाहिर चलायौ पापको राज,
निर्धा ठगेर के बन्यौ वीर !
यही रापले रोएँ यही हो पीर ।
होली पूर्णीमा
६ चैत्र, २०७५
राधेराधे, ठिमी ।