Friday, March 22, 2019

भद्रपुर सरोकार समाज, काठमाडौंको विधान २०७५

भद्रपुर सरोकार समाज, काठमाडौंको
विधान २०७५
प्रस्तावनाः
झापा जिल्ला, भद्रपुर नगरपालिका स्थायी ठेगाना भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार, पेशा, व्यवसाय तथा नोकरी गरी बसोबास गर्दै आएका व्यक्तिहरुले संस्थागत रुपबाट उपत्यकामा बसोबास गर्ने भद्रपुर निवासीको सर्वोत्तम हित, सम्मुन्नति तथा बौद्धिक स्तर वृद्धि गर्दै आपसी सद्भाव र भाईचारा अभिबृद्धि एवं समग्र भद्रपुर नगरपालिकाको सामाजिक, आर्थिक, शैक्षिक सांस्कृतिक, व्यावसायिक तथा वातावरणीय विकासमा टेवा पु¥याउन एक विशुद्ध गैर राजनीतिक अवधारणामा राष्ट्रको वर्तमान कानूनी संरचना अन्तर्गत भद्रपुर सरोकार समाज, काठमाडौं नामको संस्था गठन गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन, २०३४ अनुसार “भद्रपुर सरोकार समाज, काठमाडौंको बिधान २०७५” तर्जुमा गरिएको छ ।

परिच्छेद –१
प्रारम्भिक 
१. संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र तथा प्रारम्भ ः
(क) संस्थाको नामः यस संस्थाको नाम “भद्रपुर सरोकार समाज, काठमाडौं” रहनेछ । अंग्रेजीमा क्इऋक्ष्भ्त्थ् इँ द्यज्ब्म्च्ब्एग्च् रहनेछ ।
(ख) संस्थाको कार्यालय रहने ठेगानाः
यस संस्थाको कार्यालय काठमाण्डौ जिल्ला का.म.पा. वडा नं. १० बानेश्वरमा रहनेछ ।
(ग) संस्थाको कार्यक्षेत्रः
यस संस्थाको कार्य क्षेत्र काठमाण्डौ जिल्लामा हुनेछ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल भर कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।
(घ) प्रारम्भ ः
यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
(ङ) संस्थाको अस्तित्व ः
यो संस्था एक अविछिन्न उत्तराधिकारवाला संगठित, स्वशासित, गैर–नाफामूलक, गैर राजनीतिक सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गरिने कार्य गरिने छैन ।

२. परिभाषा ः
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ः
(क) “विधान” भन्नाले भद्रपुर सरोकार समाज, काठमाडौंको विधान सम्झनु पर्दछ ।
(ख) “संस्था” भन्नाले भद्रपुर सरोकार समाज, काठमाडौ सम्झनु पर्दछ ।
(ग) “कार्य समिति” भन्नाले यस विधान बमोजिम गठित भद्रपुर सरोकार समाज, काठमाडौंको कार्य समिति सम्झनु पर्दछ ।
(घ) “कोष” भन्नाले यस संस्थाको कोष सम्झनु पर्दछ ।
(ङ) “ऐन” भन्नाले संस्था दर्ता ऐन, २०३४ सम्झनु पर्दछ ।

(च) “साधारण सभा” भन्नाले विधान बमोजिम संस्थाको विशेष साधारण सभा वा वार्षिक साधारण सभा सम्झनु पर्दछ ।
(छ) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारी सम्झनु पर्दछ ।
(ज) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियममा उल्लेखित कुरा सम्झनु पर्दछ ।

३. संस्थाको छाप र चिन्ह ः
  प्रचलित व्यवस्थाको प्रतिकुल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह तोकिए बमोजिमको ढाँचामा हुनेछ । तर संस्थाको नाम छाप, र चिन्ह पूर्व दर्ता भएको कुनै संस्थासँग मेल खाएमा संशोधनको प्रक्रियाद्वारा तुरुन्त संशोधन गरिनेछ ।

परिच्छेद –२
उद्देश्यहरु 

४. संस्थाको उद्देश्य ः–
नेपाल सरकारको प्रचलित कानून एवं नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसँग समन्वय कायम राख्दै देहाय अनुसार गर्नु नै यस समाजको उद्देश्य रहनेछ ः
(१) मुनाफारहित र हितकारी प्रतिष्ठित सामाजिक संस्थाको रुपमा स्थापित हुनु ।
(२) झापा जिल्ला, भद्रपुर नगरपालिका (साविकका भद्रपुर नगरपालिका, पृथ्वीनगर गाविस, महेशपुर गाविस र चन्द्रगढी गाविस) मा स्थायी बसोबास भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार व्यवसाय तथा नोकरी गरी बसेका स्थापित व्यक्तिहरुलाई एउटै थलोमा आबद्ध गर्ने ।
(३) काठमाण्डौ जिल्लामा भद्रपुर घर (द्यजबमचबउगच ज्यगकभ) निर्माण गरी सञ्चालन गर्ने र सोको निरन्तरताका लागि आवश्यक व्यवस्था गर्ने ।
(४) भद्रपुर सरोकार समाज, काठमाडौंसँग आबद्ध सदस्यहरुको प्रत्यक्ष वा अप्रत्यक्ष कार्य वा सरोकारको वा सार्वजनिक हितको निमित्त सहयोग पु¥याउने ।
(५) समग्र भद्रपुरको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, व्यावसायिक र वातावरणीय विकासमा टेवा पु¥याउन यो संस्थाले देहायका काम गर्नेछ ।
(क) नागरिकको स्वास्थ्योपचार सम्बन्धी विविध कार्यहरु गर्ने ।
(ख) भद्रपुर नगरपालिकाका नागरिकहरुको आर्थिक सम्मुनतिका लागि कृषि, उद्योग, व्यापार, व्यवसाय सुदृढिकरण तथा विस्तार गर्न गराउन टेवा पु¥याउने ।
(ग) सामाजिक जन जीवनलाई दुषित हुनबाट बचाउनका साथै भद्रपुर नगरपालिकाको अहम सांस्कृतिक धरोहरलाई सुरक्षित तथा सम्बद्र्धन गर्न कार्यरत रहने ।
(घ) भद्रपुर नगरपालिकाको शैक्षिक अभिवृद्धिका लागि कार्यरत रहने ।
(ङ) भद्रपुर नगरपालिकाको विकास निर्माणका लागि भद्रपुर नगरपालिकाबाट काठमाण्डौ आउने प्रतिनिधि मण्डललाई (म्भभिनबतष्यल) माग भएमा आवश्यक सहयोग पु¥याउन सहजकर्ता (ँबअष्ष्तिबतयच) को कार्य गर्ने ।

५) संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः
माथि उल्लिखित उद्देश्यहरु प्राप्त गर्न संस्थाले देहायका कार्यहरु गर्नेछ ः–
(क) प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमती वा इजाजत प्राप्त लिनु पर्ने भएमा सो प्राप्त गरेर मात्र आफ्नो उद्देश्यहरु कार्यान्वयन गर्ने ।
(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने र कम्प्युटर, टेलिफोन, टाइप राइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्ने वा भाडामा लिई प्रयोग गर्ने ।
(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गरी कामकाजमा लगाउने ।

परिच्छेद–३
सदस्यता

६) सदस्यको योग्यता ः
(क) १८ वर्ष उमेर पुगेको नेपाली नागरिक,
(ख) मानसिक स्थिति ठिक भएको,
(ग) फौजदारी अपराधको अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको ।


७) सदस्यको प्रकार ः
(क) संस्थापक सदस्यः
यो विधान नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता हुनु अगावै देखि संस्था स्थापना गर्ने प्रक्रियामा संलग्न रहेका माइन्यूटमा नाम उल्लेख भएका व्यक्तिहरु यस संस्थाको संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरुले साधारण सदस्यता प्राप्त गरिसकेपछि मात्र साधारण सभामा भाग लिन पाउने छन् ।
(ख) साधारण सदस्यः
यो विधानको दफा ९ बमोजिम सदस्यता प्राप्त गर्ने व्यक्तिहरु संस्थाको साधारण सदस्य हुनेछन् ।
(ग) मानार्थ सदस्य ः
संस्थाको उद्देश्य परिपूर्तिको लागि महत्वपूर्ण योगदान पु¥याएका र प¥याउनु हुने सम्मानित व्यक्तित्वलाई कार्य समितिले मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । यस किसिमको सदस्यता प्राप्त गर्ने व्यक्तित्वलाई कुनै किसिमको शुल्क लाग्ने छैन ।
(घ) आजीवन सदस्य ः
यस संस्थामा आजीवन आवद्ध हुन चाहने व्यक्ति, संघ, संस्था आदिलाई रु. ५,०००÷– दस्तुर लिई यस किसिमको सदस्यता प्रदान गर्न सकिनेछ ।
(ङ) संस्थापक सल्लाहकारः
यो विधान विधिवत दर्ता हुनु अगावै देखि संस्था स्थापना गर्ने प्रक्रियामा संलग्न रहनु भएका सल्लाहकारलाई संस्थापक सल्लाहकार भनिनेछ । कार्य समिति तथा परिषदले संस्थापक सल्लाहकारहरुलाई आफ्नो बैठकहरुमा सहभागी गराउन सक्नेछ । संस्थापक सल्लाहकारले साधारण सदस्यता लिनु पर्नेछ । संस्थापक कार्यसमितिका सदस्यहरु पदाधिकारी नरहेको अवस्थामा स्वतहः संस्थापक सल्लाहकार हुनेछन् ।
(च) सल्लाहकार ः
कार्य समितिको निर्णयबाट झापा जिल्लाको कुनै प्रतिष्ठित व्यक्तिलाई संस्थाको सल्लाहकार सदस्यता प्रदान गर्न सकिने छ ।
(छ) मानार्थ सदस्य संस्थाको बैठक वा साधारण सभामा निमन्त्रणा भए बमोजिम उपस्थित हुन सक्नेछन् । तर उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने छैनन् ।

८. साधारण सदस्यताको अयोग्यता ः–
साधारण सदस्यताको अयोग्यता सम्बन्धी निर्णय गर्ने अधिकार कार्य समितिलाई हुनेछ । कनै पनि सदस्यको सदस्यता समाप्त गर्नु भन्दा अघि कार्य समितिले सुनुवाईको मौका दिनेछ ।

९. सदस्यताको प्राप्ती र समाप्ती ः
देहायको अवस्थामा सदस्य प्राप्ती र समाप्ती हुनेछ ः–
९.१ झापा जिल्ला, भद्रपुर नगरपालिका स्थायी बसोबास भई काठमाण्डौ उपत्यकामा उद्योग, व्यापार, पेशा व्यवसाय तथा नोकरी गरी बसोबास गरेका व्यक्तिहरुले विधानको दफाको प्रक्रिया पुरा गरी संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् ।
९.२ यो संस्थाको सदस्यता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिहरुले रु.५००÷– प्रवेश शुल्क र रु ५००÷– सदस्यता शुल्क संलग्न राखी सदस्यताका लागि अनुरोध गर्नु पर्ने छ ।
९.३ सदस्यता प्राप्तीको लागि संस्थामा आएका अनुरोध उपर आवश्यक छानविन गरी कार्य समितिले आवश्यक निर्णय गर्नेछ ।
९.४ कार्य समितिको निर्णय बमोजिम संस्थाको सदस्यता प्राप्त गरेका व्यक्तिले संस्थामा तोकिए बमोजिमको शुल्क बुझाई संस्थाको विधिवत सदस्यता प्राप्त गर्न सक्नेछन् ।
९.५ प्रत्येक वर्ष रु. ५००÷– बुझाई सदस्यताको नविकरण गर्नु पर्नेछ । तर, मानार्थ र आजीवन सदस्यले सदस्यता नविकरण गरी रहनु पर्ने छैन ।
९.६ देहाय बमोजिमको अवस्थामा संस्थाको सदस्यताको अन्त्य हुनेछ ः
(क) राजीनामा दिएमा ।
(ख) संस्थाको हित विपरीत कुनै कार्य गरेको वा संस्थाको सम्पत्ति हिना मिना गरेको विषयमा संस्थाको साधारण सभामा उपस्थित सदस्यहरुको दुई तिहाई बहुमतले सदस्यताबाट हटाउने निर्णय गरेमा ।
(ग) सदस्यता नविकरण नगरेमा ।
(घ) सदस्यको मृत्यु भएमा ।
(ङ) नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएमा ।
(च) संस्थामा राजनीति गरेको प्रमाणित भएमा ।
(छ) परिषदको निर्णय बमोजिम सदस्य हुन अयोग्य ठहरिएमा ।


परिच्छेद ४
साधारण सभा 

१०. साधारण सभा गठन विधि ः
विधान बमोजिम सदस्यता प्राप्त गरेका यस संस्थाका सम्पूर्ण सदस्यहरु भएको सभालाई साधारण सभा भनिनेछ । साधारण सभा यस संस्थाको सर्वोच्च अङ्ग हुनेछ ।

११. साधारण सभा आयोजना ः
(क) साधारण सभाको अधिवेशन प्रत्येक वर्षमा एक पटक कार्य समितिले तोकेको ठाउँ र मितिमा हुनेछ तर दुई तिहाई सदस्यहरुले कार्य समितिको अध्यक्ष समक्ष साधारण सभा बोलाउन लिखित निवेदन दिएमा विशेष साधारण सभा बोलाउनु पर्नेछ ।
(ख) आवश्यक परेमा साधारण सभा कार्य समितिले तोके बमोजिम अन्य समयमा पनि बस्न सक्नेछ ।
(ग) साधारण सभाको बैठक तोकिएको समयमा अध्यक्षले बोलाउनेछ ।
(घ) साधारण सभाको गणपुरक संख्या कुल सदस्य संख्याको ५१ प्रतिशत हुनेछ ।
(ङ) खण्ड (घ) बमोजिम गणपुरक संख्या नपुगी अर्को पटक बोलाइएको साधारण सभाको गणपुरक संख्या २५ प्रतिशत भए पुग्नेछ ।
(च) कार्य समितिको अध्यक्ष वा निजको अनुपस्थितिमा बरिष्ठ उपाध्यक्षले र बरिष्ठ उपाध्यक्ष नभएको अवस्थामा उपाध्यक्षले र उपाध्यक्ष पनि नभएको अवस्थामा कार्य समितिका उमेरको हिसाबले जेष्ठ सदस्यले साधारण सभाको अध्यक्षता गर्नेछ ।

१२. साधारण सभाको काम, कर्तव्य र अधिकार ः–
(क) कार्य समितिको निर्वाचन गर्ने,
(ख) कार्य समितिलाई आवश्यक सुझाव एवं निर्देशन दिने ।
(ग) संस्थाको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरी पारित गर्ने ।
(घ) सचिवद्वारा प्रस्तुत गरिने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
(ङ) कोषाध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
(च) विधान बमोजिमको अन्य कार्य गर्ने ।
(छ) लेखा परीक्षकको नियुक्ती गर्ने र लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने तथा पारित गर्ने ।
१३. केन्द्रीय परिषद ः–
१३.१ यो संस्थाको कार्य समितिको कामलाई आवश्यकता अनुसार नीतिगत निर्देशन तथा अनुगमन गर्न कार्य समितिबाट संस्थाको साधारण सदस्यहरु मध्ये भद्रपुर नगरपालिकाको विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी मनोनयन हुने २० जनाका साथै कार्य समितिका पदाधिकारी तथा सदस्यहरु स्वतः सदस्य रहने गरी जम्मा ३१ जना सदस्यहरु रहेको एक केन्द्रीय परिषद गठन हुनेछ ।
१३.२ प्रत्येक ३ वर्षमा कार्य समितिबाट परिषदको सदस्यहरुको मनोनय हुनेछ ।
१३.३ कार्य समितिको अध्यक्ष परिषदको पदेन अध्यक्ष हुनेछ ।
१३.४ परिषदको बैठक प्रत्येक वर्ष कम्तीमा २ पटक बस्नु पर्नेछ ।
१३.५ परिषदको बैठक अध्यक्षको निर्देशनमा कार्य समितिको सचिवले बोलाउने छ ।
१३.६ परिषदको सचिवालयको काम कार्य समितिको सचिवले गर्नेछ ।
१४. केन्द्रीय परिषदको काम कर्तव्य र अधिकार ः–
१४.१ संस्थाको कार्य समितिले परिषदको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
१४.२ कार्य समितिको काम, कर्तव्य र अधिकारको नियमित अनुगमन गरी आवश्यक नीतिगत निर्देशन दिने ।
१४.३ विधान बमोजिम तोकिएको काम गर्ने ।

१५. कार्यसमितिको गठन ः
(क) कार्य समितिका सदस्यहरु निर्वाचन प्रक्रियाबाट पदपूर्ति गरिनेछ ।
(ख) कार्य समितिमा ११ जना सदस्यहरु निर्वाचित हुनेछन् । निर्वाचित सदस्यहरुले आफू मध्येबाट अध्यक्ष–१, बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष –१, सचिव–१, सहसचिव–१, कोषाध्यक्ष–१, सहकोषध्यक्ष –१ र एक जना पदेद सहित सदस्यहरु ४ रहनेछन् ।
(ग) प्रत्येक ३ वर्षको चैत्र मसान्तमा निजहरुको पदावधि समाप्त भएको मानिनेछ ।
(घ) कार्य समितिको पदावधि ३ वर्षको हुनेछ । निजहरु पुनः निर्वाचित हुन सक्नेछन् । तर उही व्यक्ति लगातार २ कार्यकाल भन्दा बढी अध्यक्ष पदमा रहन पाउने छैन ।
(ङ) अघिल्लो कार्य समितिको निवर्तमान अध्यक्ष कार्य समितिको पदेन सदस्य हुनेछ ।
(च) संस्था दर्ता भएको ६ महिनाभित्र कार्य समितिको निर्वाचन गरी सोको जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।

१६. कार्य समितिको बैठक ः
(क) कार्य समितिको बैठक आवश्यकता अनुसार वर्षको कम्तीमा ६ पटक कार्य समितिले तोकेको ठाउँ र मितिमा बस्नेछ ।
(ख) ५१ प्रतिशतसम्मको उपस्थितीमा बैठकको गणपुरक संख्या पुग्नेछ ।
(ग) कार्य समितिको निर्णय बहुमतबाट हुनेछ । मत बराबर भएमा अध्यक्षको मत निर्णायक हुनेछ ।

१७. कार्य समितिको काम कर्तव्य र अधिकार ः–
(क) विधान अन्तर्गत रही आवश्यकता अनुसार नियमहरुको तर्जुमा गर्ने ।
(ख) आफ्नो कार्य अवधि भरका लागि उपयुक्त व्यक्तिहरु सम्मिलित समिति, उपसमितिको गठन गर्ने र आवश्यकता अनुसार कामको बाँडफाँट गर्ने ।
(ग) संस्थाको उद्देश्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
(घ) कोष सञ्चालन गर्ने र संस्थाको वार्षिक बजेट स्वीकृत गर्ने ।
(ङ) सम्बन्धित विषयमा सभा, समारोह, छलफल, अन्र्तक्रिया, विचार गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन र आयोजना गर्ने ।
(च) संस्थालाई आवश्यक पर्ने कर्मचारीहरु नियुक्त गर्ने, नियुक्त कर्मचारीहरुको सेवा, सुविधा तथा अन्य कुराहरु तोक्ने ।
(छ) साधारण सभाबाट पारित भएका कुराहरुलाई कार्यान्वयन गर्ने ।
(ज) विधान बमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।
(झ) संस्थाको लागि सहयोग उपलब्ध गराउने ।
(ञ) चल अचल सम्पतिको हिसाब किताब दुरुस्त राख्ने ।
(ट) रिक्त हुन आउने पदका सम्बन्धमा साधारण सभा सदस्यहरु मध्येबाट कार्य समितिले बाँकी अवधिको लागि मनोनयन गर्ने ।
(ठ) विशेष कार्य सम्पादन गर्न आवश्यकता अनुसार अधिकार प्रत्यायोजन गर्ने ।
(ड) केन्द्रीय परिषदमा आवश्यक सदस्यहरुको मनोनयन गर्ने ।
(ढ) संस्थाको काम कारवाहीलाई सरल तथा पारदर्शी बनाउन विभिन्न समिति उपसमितिहरुको गठन गरी त्यस्ता समिति तथा उपसमितिको काम कर्तव्य र अधिकार निश्चित गर्ने ।

१८. कार्य समितिका पदाधिकारीहरुको पदावधि समाप्ति ः
देहायको अवस्थामा कार्य समितिको पदावधि समाप्त हुनेछ ।
(क) राजिनामा दिएमा ।
(ख) साधारण सदस्य नरहेमा ।
(ग) मृत्यु भएमा ।
(घ) बिना सुचना वा बिना कारण ३ पटकसम्म लगातार बैठकमा अनुपस्थित रहेमा ।


परिच्छेद–५ 
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार

१९. कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः
कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१. अध्यक्ष ः
(क) संस्थाको प्रमुखको रुपमा कार्य गर्ने तथा नेतृत्व प्रदान गर्ने ।
(ख) साधारण सभा तथा कार्य समितिको बैठकको अध्यक्षता गर्ने ।
(ग) बैठकमा कुनै विषयमा मत बराबर भएमा निर्णायक मत दिने ।
(घ) संस्थाको सम्पूर्ण सम्पतिको संरक्षण गर्ने ।
(ङ) संस्थाको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने ।
(च) आवश्यकता अनुसार बैठक बोलाउने ।
(छ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँटफाँट गर्ने ।

     २. बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष ः
(क) अध्यक्षको काममा सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्षले र निज पनि अनुपस्थित रहेमा उपाध्यक्षले कार्यबाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने ।
(ग) अध्यक्षद्वारा प्रत्यायोजित भएका अन्य सम्पूर्ण कार्य गर्ने ।
(घ) तोकिएको समयमा अध्यक्षले बैठक नबोलाएमा बरिष्ठ÷उपाध्यक्षले बैठक बोलाउन सक्नेछ ।
     ३. सचिव ः
(क) अध्यक्षको सल्लाह र निर्देशन बमोजिम सभा तथा कार्य समितिको बैठक तथा साधारण सभा बोलाउने ।
(ख) बैठकमा छलफलको बुँदाहरु पेश गर्ने, बैठक सञ्चालन गर्ने तथा निर्णयहरुको अभिलेख राख्ने, कार्यान्वयन गर्ने ।
(ग) अध्यक्षको निर्देशनमा रही संस्थाको कार्य सञ्चालन गर्ने ।
(घ) संस्थाको सम्पूर्ण कागजातहरु र छाप जिम्मा लिने ।
(ङ) संस्थाको तर्फबाट गर्नुपर्ने सबै औपचारिक लेखापढी गर्ने ।
(च) माइन्युट बुक जिम्मा लिने ।
(छ) साधारण सभाको बैठकमा संस्थाको प्रगति विवरण र आगामी आर्थिक वर्षको कार्यक्रम पेश गर्ने ।
(ज) संस्थाको विधानको उद्देश्य परिपूर्तिको लागि अध्यक्षले निर्देशन दिए बमोजिम अन्य काम गर्ने ।

    ४ . कोषाध्यक्ष ः
(क) संस्थाको लेखा दुरुस्त राख्ने तथा आर्थिक कोष सञ्चालन गर्ने र जिन्सी सामानको रेकर्ड अध्यावधिक राख्ने ।
(ख) साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्ने ।
(ग) वार्षिक आय व्ययको विवरण तयार गरी लेखा परिक्षण गराउने ।

    ५. सहसचिव ः
(क) सचिवको अनुपस्थितिमा निजका कार्यहरु गर्ने ।
(ख) सचिवालयको कार्यमा सचिवलाई सहयोग गर्ने ।
(ग) सचिवद्वारा जिम्मा लगाईएका अन्य कार्यहरु गर्ने ।
    ६. सहकोषाध्यक्ष ः
(क) कोषाध्यक्षको अनुपस्थितिमा निजका कार्यहरु गर्ने ।
(ख) कोषको अभिलेख र व्यवस्थापन सम्बन्धी कार्यमा कोषाध्यक्षलाई सहयोग गर्ने ।
(ग) कोषाध्यक्षद्वारा जिम्मा लगाईएका अन्य कार्यहरु गर्ने ।
   ५. सदस्यहरु ः
(क) कार्य समितिले तोके बमोजिमको कार्य गर्ने ।
(ख) संस्थाको कार्यक्रमहरुको रेखदेख गर्ने ।
(ग) विधान बमोजिमको अन्य कार्य गर्ने ।
   ६. राजीनामा ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समितिमा र अन्य पदाधिकारी वा सदस्यहरुले अध्यक्ष समक्ष राजीनामा दिई अवकास लिन सक्नेछन् ।

परिच्छेद ६ 
आर्थिक प्रबन्ध

२०. संस्थाको आर्थिक श्रोत निम्न बमोजिम हुनेछ ः
(क) संस्थाको सम्पूर्ण चल अचल सम्पति रहेको एउटा कोष हुनेछ । जसको लेखा सर्वमान्य तथा प्रचलित कानूनको ढाँचामा अद्यावधिक राखिनेछ ।
(ख) संस्थाको आर्थिक स्रोत देहाय बमोजिम हुनेछ ः–
(१) प्रवेश शुल्क तथा सदस्यता शुल्क वापत प्राप्त रकमहरु ।
(२) अध्ययन, अनुसन्धान, परामर्श सेवा लगायतका कार्यक्रमहरुबाट प्राप्त रकमहरु ।
(३) नेपाल सरकारको प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृसंस्थाबाट प्राप्त अनुदान रकमहरु ।
(४) यस संस्था प्रति आस्था राखी कुनै पनि व्यक्तिबाट प्रदान गरीएको नगद तथा जिन्सी सामानहरु ।
(५) सम्बन्धित निकायसँग स्वीकृित लिई संस्थाको तर्फबाट प्रकाशित पुस्तक, पुस्तिका पत्र, पत्रिका प्रतिवेदन आदिको बिक्रीबाट प्राप्त रकमहरु ।
(६) अन्य कुनै रकम ः तर विदेशबाट प्राप्त हुने सहयोग एवं अनुदान रकमहरुको हकमा कानून बमोजिम तोकिएका निकायबाट पूर्व स्वीकृति लिइनेछ ।
(७) संस्थाको स्व–आर्जन तथा अन्य आम्दानी ।

२१. कोष ः
(क) संस्थाको नाममा रहेको चल अचल जायजेथा संस्थाको सम्पति हुनेछ ।
(ख) विभिन्न स्रोतबाट प्राप्त हुने रकम यस समूहको कोषमा जम्मा रहनेछ । यस्ता रकम आवश्यक निर्णय गरी कुनै मान्यताप्राप्त स्थानीय बैंक तथा वित्तिय संस्थामा खाता खोली जम्मा गरिनेछ ।
(ग) कोष तथा बैंक खाता अध्यक्ष वा सचिव मध्येबाट एकजना र कोषाध्यक्ष वा एक जना सदस्य मध्येबाट एकजना गरी जम्मा दुई जनाको संयुक्त हस्ताक्षरद्वारा सञ्चालन गरिनेछ ।
(घ) संस्थाको सम्पतिको परिचालन एवं सञ्चालन व्यवस्था संस्थाले बनाइएको नियम बमोजिम हुनेछ र त्यसको विवरण दुरुस्त राखिने छ ।
(ङ) सदस्यहरुले इच्छाएको प्रयोजनको लागि अक्षयकोषको स्थापना र सञ्चालन गर्न सकिनेछ ।

२२. कोषको रकम खर्च गर्ने तरिका ः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिनेछ ः–
(क) संस्थाको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।

२३. लेखापरीक्षण ः
१. हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र नेपाल सरकारद्वारा मान्यता प्राप्त लेखा परीक्षकद्वारा संस्थाको लेखा परीक्षण गराई सो को प्रतिवेदन स्थानीय अधिकारी, समाज कल्याण परिषद र अन्य सम्बन्धित निकायमा पठाइनेछ ।
२. नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफैं वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाब किताब जाँच गर्न गराउन सक्नेछ ।
३. लेखा परीक्षकको नियुक्ती साधारण सभाबाट हुनेछ । तर प्रथम बार्षिक साधारण सभा नभएसम्म लेखा परीक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।


परिच्छेद ७ 
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्बन्धी व्यवस्था

२४. निर्वाचन सम्बन्धी व्यवस्था ः
(क) यो संस्था स्वीकृत भएको छ महिना भित्रमा नयाँ कार्य समितिको निर्वाचन गराई सोको जानकारी स्थानीय अधिकारीलाई दिइने छ ।
(ख) कार्यसमितिले हरेक ३ वर्षमा निर्वाचन प्रयोजनका लागि एक निर्वाचन समितिको गठन गर्नेछ । जसले निर्वाचन सम्बन्धी प्रचलित व्यवस्था अनुरुप साधारण सभाले साधारण र आजीवन सदस्यहरु मध्येबाट कार्य समितिको निर्वाचन सम्पन्न गर्नेछ ।
(ग) निर्वाचन समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
(घ) निर्वाचन सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम हुनेछ ।
(ङ) निर्वाचन सम्पन्न भएपछि यो समिति स्वतः विघटन हुनेछ ।
(च) निर्वाचन पश्चात रिक्त हुन आउने कुनै पनि पदमा कार्य समितिले बाँकी अवधिको लागि मनोनयन गर्न सक्नेछ । यसरी मनोनित व्यक्ति त्यस पछिका साधारण सभाबाट अनुमोदन भएमा बाँकी कार्यकालका लागि कायम रहनेछ ।
२५. अविश्वासको प्रस्ताव ः
संस्थाको कुनै पदाधिकारी वा सदस्य उपर कारण सहित साधारण सभाका एक चौथाई सदस्यको लिखित प्रस्तावमा साधारण सभा समक्ष अविश्वासको प्रस्ताव पेश हुन सक्नेछ । यस्तोमा तुरुन्त साधारण सभा बोलाइने छ । सम्बन्धित पदाधिकारी वा सदस्यलाई अविश्वासको प्रस्ताव सम्बन्धमा लिखित जानकारी गराई सफाई पेश गर्न ७ दिनको समय दिइनेछ । साधारण सभामा उपस्थित मध्ये २÷३ सदस्यहरुको बहुमतबाट त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पदको व्यक्ति पदमुक्त हुनेछ । निर्वाचित भएको छ महिना नपुगी वा प्रस्ताव विफल भएको छ महिना नपुगी पुनः त्यसै व्यक्ति उपर त्यस्तो प्रस्ताव ल्याइने छैन ।

२६ विधान संशोधन ः
संस्था दर्ता ऐन, २०३४ वा प्रचलित कानून बमोजिम यो विधानको कुनै दफा वा उपदफा संशोधन गर्नु परेमा त्यस्तो संशोधन प्रस्ताव कार्यसमितिको कुनै पदाधिकारी सदस्य वा साधारण सभा सदस्यले कार्यसमिति समक्ष पेश गर्नुपर्नेछ र त्यस्तो प्रस्तावमा कार्यसमितिले समर्थन जनाएमा साधारण सभा समक्ष पेश गरिनेछ । साधारण सभामा उपस्थित कुल सदस्य संख्याको दुई तिहाईबाट विधान संशोधन प्रस्ताव पारित भएमा त्यस्तो संशोधित विधान स्थानीय अधिकारीको स्वीकृति लिएर लागु हुनेछ ।

२७. संस्थाको खारेजी ः
(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ
(२) उपदफा १ बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाब किताब गर्नको लागि एक वा एक भन्दा बढी लेखा परीक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
(३) लिक्विडेटर र लेखापरीक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकी दिए बमोजिम हुनेछ ।
(४) यसरी कारणवश संस्था विघटन घई खारेज भएमा संस्थाको दायित्वको फरफारक  गरी बाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

२८. निष्कृयता ः
यो विधानको कुनै पनि दफा उपदफामा लेखिएका कुनै कुराहरु प्रचलित नेपाल कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

२९. व्याख्या ः
यो विधानको व्याख्या गर्ने अन्तिम अधिकार कार्यसमितिलाई हुनेछ ।

३०. गोप्यता भङ्ग गर्न नहुने ः
यस संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यहरुले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन । कार्यसमितिका पदाधिकारी वा सदस्य तथा साधारण सभाका सदस्यहरुले बैठक वा सभामा असभ्य र अश्लील शब्दको प्रयोग गर्नु हुँदैन ।

३१. राजनीतिमा संलग्न नहुने ः
यस संस्थाले आफ्नो कार्यहरु कुनै पनि राजनीतिक गतिविधिबाट बिल्कुलै अलग्गै रही सञ्चालन गर्नेछ ।

३२. नियम बनाउने ः
यो विधानको अधिनमा रही कार्यसमितिले सदस्यहरुको योग्यता, आचार संहिता तथा सदस्यता प्रदान गर्ने विधि सम्बन्धी तथा अन्य आवश्यक विषयमा नियम वा कार्यविधिहरु बनाई लागू गर्न सक्नेछ ।

३३. कर्मचारी सम्बन्धी व्यवस्था ः
संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनमा कर्मचारी दरबन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

३४. ऐन अनुसार हुने ः
यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम प्रचलित कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

३५. निर्देशनको पालना ः
नेपाल सरकार स्थानीय अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको प्रमुख कर्तव्य हुनेछ ।

३६. तदर्थ समिति ः
१) यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितिको निर्वाचन गराउने छ र सोको जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।
२) प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा कार्य समितिले गरेका काम कारवाहीहरु यसै बिधान बमोजिम भए गरेको मानिनेछ ।

३७. हामी “भद्रपुर सरोकार समाज, काठमाडौं” का निम्न संस्थापकहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीहरुको रोहबरमा विधानमा सहीछाप गर्दछौं ।