Wednesday, January 6, 2016

Dr. Mahat is honored!

अन्नपूर्ण मेरो जिल्लामा पर्दैन तर एक इजरायलीले सन्सार कै सबै भन्दा राम्रो ट्रेकिङ्ग रुट भनेर प्रशंसा गरे, कति धेरै खुसी लाग्यो । मैले स्वामी प्रपन्नचार्यको धर्म अबलम्बन गरेको छैन, मसँग यो कथित जात पनि मिल्दैन, एकजना जर्मनले उहाँको अद्भुत विद्वताको प्रसंशा गर्दा मलाई मेरै प्रसंशा गरे जस्तो गर्व लाग्यो । भारतीय नेता सरद यादवले पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको तारिफ र सम्मान गरेको सुन्दा मलाई “आफ्नो पार्टीको हो होईन” सँग कुनै मतलब भएन, आफु नै सम्मानित भए जस्तो लाग्यो । देश भन्ने कुरा भुगोल, जात, धर्म, राजनीति भन्दा फरक रहेछ । सँधै नकारात्मक कुरा सुन्ने र भोग्ने बानी परेको म भित्र हाम्रो देशमा कुनै राम्रो कुरा नै छैन भन्ने मनोरोग विकास भई सकेको रहेछ । कमसे कम अरु देशले देखिदिएको राम्रो कुराले ज्यादै खुसी दिन्छ । एक वर्षको कार्यमूल्यांकनका आधारमा डा. रामशरण महतलाई विश्वको उत्कृष्ट अर्थमन्त्री ठहर गरेकोमा बेखुसी हुनु पर्ने कारण नै देख्दिन